‘कुल्फीवाला’ मनकुमार दुलही खोज्दै, चाँडै विवाह गर्ने योजनामा

Facebook Debugger

काठमाडौं । ‘कुल्फीवाला’ मनकुमार राई चाँडै विवाह बन्धनमा बाँधिने भएका छन् । पछिल्लो समय सामाजिक सञ्जालमा ‘कुल्फीवाला’ उपनामले भाईरल भएका मनकुमार आफन्तहरुसँगको भेटघाटसँगै विवाह गर्ने योजनामा पुगेका हुन् ।

वि.सं. २०४९ सालमा काठमाडौं छिरेका मनकुमार २६ वर्षपछि जन्मघर सोलुखुम्बु पुगेका थिए । नेपाली नागरिकको प्रमाणपत्र लिन सोलुखुम्बु पुगेपछि राईको आफन्तहरुसँग भेटघाट भएको थियो । केहि समय सोलुखुम्बु बसेर काठमाडौं फर्किएका राईको काठमाडौंमा पनि धेरै आफन्तहरु छन् । आफन्तहरुसँगको भेटघाट बाक्लिदै गएपछि उनी विवाह गर्ने योजनामा पुगेको एक आफन्तले बताए ।
काठमाडौंको गल्लीगल्लीमा भौतारिदै बाँच्नको लागि संघर्ष गरिरहेका बेला उनको मन कसैप्रति आकर्षित भएको थियो । तर उनको आकर्षण केहि समयसम्म मात्र रह्यो । उनले देखाएको बनावटी मायाले राईलाई धेरै दिनसम्म पिरोलिरह्यो । जत्तिगर्दा पनि राईले उनलाई भुल्न सकेनन् । केहि समयपछि उनले अर्कौसँग विवाह गरे । त्यसपछि उनले एक्लिएका महशुस गरे । केहि समयपछि उनको जीवनले पहिलाकै गतिमा संघर्ष गर्न थाल्यो ।
‘मायाप्रेम भन्ने कुरा त कुनबेला हुन्छ, त्यो त थाहा हुँदैन, तर म त रोगी भएपछि आफ्नै शरीरको चिन्तामा डुबेर बस्थे’ कुल्फीवाला राईले भने, ‘कुन खानेकुरा खाँदा शरीरलाई फाईदा हुन्छ, बिरामी भएपछि माया, प्रेम, विवाहतिर ध्यान गएन, अर्काको छोरी ल्याएर दुःख हुन्छ होला, धेरै कुराहरुको आवश्यता हुने भएकाले मैले अहिलेसम्म विवाह नगरेको हो ।’
उनलाई बुबा र आमालाई केहि गर्न नपाएकोमा धेरै दुःख लागेको छ । उनी केहि समय भावुक भएर कुरा गरे पनि विवाहको कुरा निकालेपछि रोमान्टिक बनेका थिए । ‘विवाह गरेर ल्याएपछि उनको आवश्यकता पुरा गर्न सक्दिन होला की भन्ने कुरा मेरो मनमा खेलिरहन्थ्यो’ राईले भने, ‘अहिले त पहिलेको जस्तो सोच आउँदैन, मेरो स्वास्थय अवस्था पनि राम्रो छ, अब चाँहि विवाह गर्ने योजनामा छु ।’
छोटो समयमै सामाजिक सञ्जालमा मनकुमार दुईवटा उपनामले भाईरल भएका छन् । गाउँदै, शिलशीलेवार रुपमा कुल्फीको प्रचार गर्दै हिड्ेने उनलाई ‘कुल्फीवाला’ उपनामले भाईरल भएका थिए । त्यत्ति मात्र होइन कुल्फी बेच्दै हिड्दा आफैले बनाएको गीत गाउँने र कुल्फीको प्रचार गर्ने मात्र होइन छमछमी नाँचेर ‘कुल्फीडान्स वा कुल्फीडान्सर’ले पनि सामाजिक सञ्जालमा उनी भाईरल भएका छन् ।
उनको ‘कुल्फीडान्स’लाई उनकै ‘आयो कुल्फी आयो’ बोलको गीतमा विल्सनबिक्रम राई ‘तक्मेबुढा’सँग स्क्रिन शेयर गर्दै छमछमी नाँचेका छन् । उनले नाँचेको ‘कुल्फीडान्स’ युट्युबमा भाईरल भएको छ । भखर्रै उनले अर्को म्युजिक भिडियोमा पनि ‘कुल्फीडान्स’ नाँचेका छन् । भिषण मुकारुङको आवाजमा रहेको पूर्वेली लोकभाका ‘खोर्सानी डल्ले’मा उनले छमछमी ‘कुल्फीडान्स’ नाँचेका छन् । ब्ल्याकहर्स सुजको विज्ञापनमा पनि उनको ‘कुल्फीडान्स’ हेर्न पाईने छ । आजभोली ‘कुल्फीडान्स’ले गर्दा उनको दिनप्रतिदिन व्यस्तता बढिरहेको छ ।

Published On:  694पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार