अनौठो कम्पनी : जहाँ निर्वस्त्र तस्वीर धितो राखेर ऋण लिन्छन्

231 Shares

एजेन्सी । चीनको एउटा कम्पनीले धरौटीको रुपमा कर्जा लिने महिलाका निर्वस्त्र तस्वीर लिएर ऋण दिने गरेको छ । व्ष्भमबष्दबय नामको कम्पनीले ग्राहकलाई अनलाइन मार्फत कर्जा प्रदान गर्दछ । यस कम्पनीले धरौटीको रुपमा लालपुर्जा तथा जिन्सी सामानको सट्टा महिलाको निर्वस्त्र तस्वीर राखेर ऋण दिने गरेको हो ।

अहिले यस कम्पनीको बारेमा धेरै चर्चा चुलिएको छ । दुनियामै नभएको नौलो धरौटीको व्यवस्था गरेको भन्दै यस कम्पनीको चर्चा चुलिएको हो । कम्पनीबाट कर्जा लिनका लागि ठूलो लाइनमा बसेर फाराम भर्नु पर्दैन, न कुनै एजेन्टको आवश्यकता नै हुन्छ ? मात्र आफ्नो निर्वस्त्र तस्वीर धितो राख्न दिने शर्तको पालना गर्नुपर्दछ ।
धरौटी राख्ने तस्वीरमा महिलालाई निर्वस्त्र बनाएर आफ्नो परिचयपत्रसँगै फोटो खिचेर कम्पनीलाई दिनुपर्दछ । तर लिएको ऋण निश्चित समयमा चुक्ता गर्न नसकेमा कम्पनीले निकै कडा कदाम चाल्ने नियम पनि उल्लेख गरिएको छ ।
ऋण समयमा चुक्ता नगरेको खण्डमा कर्जा लिने महिलाको नग्न तस्वीर उनीहरुका परिवार तथा आफन्तकाबीच भाइरल गराइदिने शर्त राखिएको हुन्छ । साथै कम्पनीले कर्जा लिएर नतिर्ने महिलाको नग्न तस्वीर र पहिचानको पूर्ण विवरण सहित सोसल साइटमा पनि सार्वजनिक गरिदिने नियम उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार