अनौठो सर्प : सर्पले सर्प खादै गरेको देखेपछि गाँउले त्रसित

385 Shares

पर्वत । पर्वतको कुश्मा नगरपालिका १० पिपलटारीस्थित सिमखेतमा अनौठो सर्प भेटिएको छ । त्यो सर्पले अर्को सर्पलाई खाँदै गरेको कारुणीक दृष्य देखेपछि गाउँलेहरु त्रसित भएका हुन् ।

फाईल तस्वीर ।

साना र सामान्य खालका सर्पमात्र देखिने गरेको पर्वतमा ठूलो प्रजातिको सर्प गाउँमा पसेर पशुचौपायालाई समेत आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित बनेका हुन् । सर्पले दुईवटा भैँसी र एक गोरुलाई समेत घाइते बनाएको छ ।
झण्डै साढे चार मिटर लम्बाइ रहेको कालो रङ्गको सर्प शनिबार दिउँसो देखिएको थियो । स्थानीय युवा राजेश सुवेदीका अनुसार ठूलो सर्पले अर्को सर्पलाई झण्डै चार घण्टा लगाएर खाएको थियो । त्यसलगत्तै झाडीमा पसेको सर्प फेरि देखिएको छैन । गाउँमा अहिलेसम्म यत्रो ठूलो सर्प नदेखिएको र त्यसले अर्को सर्पलाई पनि खाएका कारण स्थानीय उक्त सर्पले बालबालिका र चौपायालाई पनि आक्रमण गर्छ की भन्ने डरले चिन्तित भएका छन् ।
स्थानीयले सर्पको खोजी गरी नियन्त्रण गरिदिन जिल्ला वन कार्यालय र प्रहरी प्रशासनसँग माग गरेका छन् । विषालु सर्प गाउँमा भित्रिएपछि जुनसुकै बेला पनि मानिस र पशु चौपायालाई आक्रमण गर्नसक्ने खतरा बढेको भन्दै नियन्त्रणका लागि माग गरिएको स्थानीय रामचन्द्र सुवेदीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार