‘कुल्फीवाला’को टिप्स : सुखी र स्वस्थ्य रहन, मासुभन्दा सागपात धेरै खानुस

  बुद्धवीर बाहिङ
735 Shares

काठमाडौं । समाजिक सञ्जालबाट ‘कुल्फीवाला’ उपनामले चर्चित भएका मनकुमार राईले सुखी, स्वास्थ्य र खुशी हुने केहि टिप्सहरु बताएका छन् । ‘सुखी र स्वास्थ्य रहन मासुभन्दा सागपात धेरै खानुपर्छ’ उनले जीवनमा अनुभव गरेको यो उपयोगी टिप्स हो ।
मानिसहरु सुखी, खुशी र स्वास्थ्य रहन धेरै समय र पैसा खर्च गर्छन् । एकपछि अर्को गर्दै सयौं सामानहरु खरिद गर्छन् । त्यत्तिले मात्र नपुगेर मन लागेको ठाउँमा लाखौं खर्च गरेर घुम्न जान्छन् । अनि समय समयमा तिर्थधाम पनि धाउने गर्दछन् । तर उनीहरुको मुहारमा खुशीको रंग देखिदैन । उनीहरुले शान्तिको महशुस गरेको देखिदैन । उनीहरुको दैनिकीमा केहि फरक आउँदैन । आउँछ त चिन्ता र अशान्ति । हो हामीहरु पनि उनीहरुको जस्तै बेचैनी, चिन्ता र अशान्तिको भुमरीमा फसिरहेका छौं ।

तर ‘कुल्फीवाला’ मनकुमारले भने जीवन उपयोगी सिद्धान्त अपनाएर खुशी हुने प्रयासको शुरुवात गरे । केहि समयपछि उनको जीवनोपयोगी सिद्धान्तले काम ग¥र्यो । सायद उनी संसारको सुखी, खुशी र सन्तुष्टी महात्महरुभन्दा कम छैनन् । ‘मासुभात खाएर मात्र बलवान हुँदैनौं, मांशाहारीहरु कमजोर हुन्छन्, मासु खानेले एकैछिनको तुजुकमात्रै देखाउँछन्, तर अन्ततः शाहाकारीहरु बलियो हुन्छन् है’ मनकुमारले भने, ‘त्यहि भएर तपाईहरु गरिब हुनुहुन्छ, कमजोर हुनुहुन्छ ? मिठो खाना खान पाइन भनेर निराश नहुनुस, दुःखी पनि नहुनुस, सागपात मज्जाले खानुहोस, अनि मासु, मिठोमिठो खानेसँग तुलना गर्नुहोस, तपाई उनीहरुभन्दा हरेक कुरामा अब्बल हुन सक्नु हुन्छ ।’
सानो वस्तुको महत्व अमूल्य हुन्छ । साहित्यकार लक्ष्मीप्रसाद देवकोटाको ‘के नेपाल सानो छ’ भन्ने निबन्धमा भने जस्तै आकारमा सानो भएपनि त्यसको महत्व अमूल्य हुन्छ । त्यसैले हामी हाम्रै परिवेशमा रमाउन सकियो भने अवश्य सुखी, खुशी र सन्तिुष्टि हुन्छौं । ‘मासु कम खायो भने अलि पैसा पनि जोगिन्छ, हुन त तरकारी, सागपातमा पनि धेरै विषादी छरिन्छ, तर केहि मात्रामा भएपनि शरीरलाई आवश्यक हुने पौष्टिक तत्व पाइन्छ’ कुल्फीवालाले भने, ‘त्यहि भएर मासुभन्दा सागपात धेरै खानुस, सागपात खाएर थोरै पैसामा खुशी रहनुहोस, एक कीलो बोइलर कुखुराको मासु ल्यायो भने ३ सय ७५, झनै खसीको ल्यायो भने त एक हजारै जाला, त्यसैले एक हजारको सागपातले त कमसेकम एक हप्तासम्म त पुग्छ नी हैन ? त्यही भएर थोरै कुरामा रमाउनुस, खुशी भएर जीवन चलाउनुस, तपाईको परिवार सुखमय हुनेछ ।’
‘कुल्फीवाला’ भन्छन् – कुनै बेला मासु खान मन लाग्यो भने म थोरै मात्र खान्छु । भरसक धेरैभन्दा धेरै सागपात नै खाने गरेको छु । पहिला बिरामी हुँदा त झन मलाई मासु खानु हुँदैनथ्यो । मलाई डाक्टरले चिल्लोपीरो, मासु नखानु भन्नुभएको थियो । त्यो समयमा मैले ३ सय रुपीयाँले एक महिना तरकारी पु¥याए । त्यत्तिबेला रायोसाग मात्रै बढी खाए । उसिनेको रायोसागमा नुन हालेर खाए । भोक लागेपछि त मिठो हुँदो रहेछ । त्यसैले मासु खाएकाहरुकोभन्दा मेरो स्वास्थ्य धेरै राम्रो छ । मिठो मिठो खाएको भए त म त सिद्धिन्थे होला !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार