निर्मलाका बावुआमाले भने ‘न्याय दिन नसके छातीमा गोली हान !’ (भिडियोसहित)

Facebook Debugger

काठमाडौँ । बलात्कारपछि हत्या गरिएका १३ वर्षीया बालिका निर्मला पन्तको बावुआमाले न्याय दिन नसके आफूहरुलाई पनि छातिमा गोली ठोकेर मार भन्दै आक्रोस पोखेका छन् । रिपोर्टर्स क्लब नेपालद्वारा आयोजना गरिएको साक्षात्कारमा पन्तका बावुआमाले निर्दोष छोरी निर्मलाको हत्यारालाई कडा कारवाही गर्न माग गरेका हुन् ।

निर्मलाका बुबा यज्ञराज पन्तले हत्यारा पत्ता लगाउन प्रहरीले आवश्यक सहयोग नगरेको गुनासो गरे । ‘प्रहरी मेरो साथी भनेर नारा लगाइन्छ तर दुःख पर्दा प्रहरीबाट असहयोग हुन्छ,’ पन्तले भने । छोरी हराएपछि तत्काल प्रहरीलाई खबर गर्दा प्रहरीले घटनाका बारेमा अनुसन्धान गर्न आलटाल गरेको उनले आरोप लगाए ।
निर्मलाकी आमा दुर्गादेवी पन्तले हत्या भएको ५० औँ दिन पुग्दा पनि दोषी पत्ता नलागेपछि न्यायको खोजीमा काठमाडौँ आएको बताए । ‘जसरी पनि हामीलाई न्याय चाहिएको छ, कञ्चनपुरमा न्याय नपाएर हामी यहाँ आएका हौँ,’ निर्मलाकी आमाले भने ।
मानवअधिकारकर्मी शारदा चन्दले घटनाको छानबिनका लागि बनाइएको समितिमा सरकारी मान्छे मात्र राखेर घटनाको प्रमाण नष्ट गर्न खोजिएको आरोप लगाए । उनले पीडित परिवारलाई समेत ज्यानको खतरा रहेको भन्दै सुरक्षाको माग गरे । अर्का अधिकारकर्मी मीना भण्डारीले सरकारले अपराधीलाई जोगाउन खोजेको आरोप लगाए ।
मानवअधिकारकर्मी माया नेगी, अधिवक्ता पुष्पराज पौडेलले सरकारले घटनाको अनुसन्धान गर्न तीन÷तीन वटा समिति बनाउँदा पनि अहिलेसम्म दोषी पत्ता लगाउन नसक्नु दुःखद भएको बताए । निर्मला साउन १० गते हराएको र ११ गते मृत भेटिएपछि उक्त घटनाबाहिर आएको थियो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस । 

Published On:  174पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार