भिभो मोवाइलको तीन जिल्लाको डिलर ओखलढुंगामा

भिभाे किन्दा  अफरै अफर

Facebook Debugger

ओखलढुंगा । भिभो मोवाइलको आधिकारिक डिलर ओखलढुंगामा विनोद इलेक्ट्रिकल सेन्टरले पाएको छ । लामो समयदेखि इलेक्ट्रिकल कारोबार गर्दै आएको सेन्टरले यस अघि सामसङ, एमआइ, आइटेल, लाभा मोवाइल र हिमस्टार लगायतको डिलरसिप लिएको थियो ।

भिभोको डिलरले ओखलढुंगा, खोटाङ र सोलुखुम्बुमा कारोबार गर्ने प्रोपाइटर विनोद खत्रीले बताए । उनले भने, ‘युवालाई लक्षित गरेर अत्याधुनिक फिचरसहितको नयाँ ब्राण्ड कारोबार शुरु गरिएको छ, पूर्वी पहाडका तीन जिल्लामा डिलरका रुपमा कारोबार हुन्छ ।’ खत्री अाेखलढु‌ंगामा सफल युवा व्यवसायीका रुपमा परिचित पनि छन् ।

भिभो विभिन्न मूल्यमा उपलब्ध छ । यसको न्यूनतम १४ हजार ६ सय ९० देखी ४९ हजार ४ सय ९० रुपैंया सम्म मूल्यका मोवाइलहरु छन् ।  याे माेवाइल खरिद गर्दा विभिन्न अफर पनि कम्पनीले दिएकाे ५ ।  ग्राहक प्रत्येक सेटको खरिदमा एनसेल डाटा ३ हजार देखी ६ हजार एम्बी सम्म फ्रि पाउने छन् । भिभोमा अहिलेसम्मकै क्यामेरा क्वालीटी रहेको बताइएको छ । दशैं तिहारको उपलक्ष्यमा  डिलरबाट खरिदमा आकर्षकष छुट समेत रहेको खत्रीले बताए ।

Published On:  288पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार