सोलुखुम्बु बहुमुखी क्याम्पसको ५ वर्षे अभियान, गिनिज बुकमा नाम लेखाउने (भिडियोसहित)

Facebook Debugger

काठमाडौं । सोलुखुम्बु बहुमुखी क्याम्पसले ५ वर्षे महत्वकांक्षी योजना सार्वजनिक गरेको छ । काठमाडौंमा एक विशेष कार्यक्रम गरी क्याम्पस प्रमुख उद्धवकुमार शर्माले ५ वर्षे महत्वकांक्षी योजना सार्वजनिक गरेका हुन् ।

आगामी ५ वर्षभित्र ५ लाख नागरिक, ५ हजार सरकारी तथा गैरसरकारी संघसंस्था, कार्यालयहरु र कम्तीमा विश्वका २५ राष्ट्रका नागरिकलाई अभियानमा सहभागी गराएर विश्वको सबैभन्दा बढी जनसहभागीतामा सञ्चालित क्याम्पसको रुपमा गिनिज बुकमा नाम लेखाउने लक्ष्य रहेको प्रमुख शर्माले बताए । बढीभन्दा बढी जनसहभागीताका लागि मेचीकाली विश्व अभियान समेत सञ्चालन गरिने क्याम्पस प्रमुखले बताए । क्याम्पस स्थापनाको २५ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा मेचीकाली विश्व अभियान शुरु भएको घोषणा गरिएको हो ।
सगरमाथा चढाउदै सोधपत्र लेखाउने
सोलुखुम्बु बहुमुखी क्याम्पसको ५ वर्षे अभियानकै क्रममा ट्राभल, टुरिजम् र माउन्टेनियरिङ कोर्स पढाउने कार्यक्रम छ । यस कोर्षका लागि ७७ जिल्लाबाट गरिब तथा जेहेन्दार १ छात्र र १ छात्रा गरी १५४ जना (एकवर्षमा) र तीन वर्षे कार्यक्रमका लागि ४६२ तथा विभिन्न राष्ट्रका २५ जना र अति पिछाडिएका समुदायबाट १३ जना गरी ५ सय जनालाई निःशुल्क उच्च प्राविधिक शिक्षा प्रदान गर्ने कार्यक्रम छ ।
ट्राभल, टुरिजम् र माउन्टेनियरिङ कोर्सको लागि प्रथम वर्षमा नाम्चेबजार, दोस्रो वर्षमा सगरमाथा आधारशिविर र तेस्रो वर्षमा आधारशिवीर भन्दा माथि उक्लिदै थेसिस लेखाउने क्याम्पस प्रमुख शर्माले जानकारी दिए । एक वर्षमा २५ जना विदेशी सहित ५०० जनालाई निःशुल्क उच्च प्राविधिक शिक्षा दिइने छ ।
सोलुखुम्बु बहुमुखी क्याम्पसलाई विश्वको शैक्षिक हव बनाउने
अभियान अन्तर्गतले क्याम्पसले सोलुखुम्बु बहुमुखी क्याम्पसलाई विश्वको शैक्षिक केन्द्र बनाउने गरी कार्यक्रमहरु अगाडि बढाउने भएको छ । क्याम्पसले स्नातक र स्नातकोत्तर तहमा ट्राभल, टुरिजम् र माउन्टेनियरिङ कोर्स गराउने र यसमा विश्वका २५ देशका एक एक जनालाई निशुल्क शिक्षा दिइने भएको छ ।
यसले क्याम्पसको माध्यमबाट सोलुखुम्बु र नेपाललाई नै विश्वमा चिनाउने र क्याम्पसलाई विश्वको शैक्षिक केन्द्रको रुपमा विकास गरी पर्यटन क्षेत्रमा समेत सुधार ल्याउने क्याम्पस प्रमुख शर्माले बताए ।

‘सोलुखुम्बु बहुमुखी क्याम्पस विश्वको शिक्षाको केन्द्रको रुपमा विकास गरी पर्यटन क्षेत्रमा समेत थप सुधार ल्याई विदेशी मुद्राको आर्जनबाट देशलाई थोरै भएपनि आर्थिक टेवा पुुग्नेछ’ प्रमुख शर्माले भने । क्याम्पसले राखेका शैक्षिक योजनाहरु पूरा गर्नका लागि करिब एक अर्ब रुपैयाँ रकम आवश्यक पर्ने र उक्त रकम चन्दादाताबाटै संकलन गरेर पुु¥याइने लक्ष्य लिएको छ ।
सोलुखुम्बु बहुमुखी क्याम्पस २०५० सालमा स्थापना भएको पब्लिक क्याम्पस हो । समुन्द्र सतहदेखि २ हजार ३०९ मिटरको उचाईमा अवस्थित क्याम्पसमा हाल १० जोड २, ४ वर्षे बि.एड, १ वर्षे बि.एड, तीन वर्षे बी.ए, ४ वर्षे बी.बी.एस. र एम.एडको पढाई भइरहेको छ । साविकको माथिल्लो सगरमाथाको तीन जिल्ला सोलुखुम्बु, ओखलढुंगा र खोटाङमध्ये सबैभन्दा पहिला उच्च शिक्षा स्नातकोत्तरको पढाइ यस क्याम्पसबाट शुरु भएको थियो ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Published On:  907पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार