लम्जुङमा सडक अबरुद्ध हुँदा पर्यटकलाई सास्ती

  केशर श्रेष्ठ ।
105 Shares

केशर श्रेष्ठ, लम्जुङ । लम्जुङ जिल्लाको अर्खलेदेखि स्यागेसम्म ५ किलोमिटर लामो पहिरो गएपछि सडक अबरुद्ध हुँदा पर्यटकलाई सास्ती भएको छ । पहिरोले सडक अवरुद्ध गरेपछि स्थानीय र पर्यटकलाई आवतजावत गर्न समस्या भएको हो ।
पहिरोले लाखौको धनमाल नस्ट भएको छ । धेरै घरहरु पुरिएका छन् । पहिरोमा परि १ जनाको मृत्यु भएको छ भने केही घाइते भएको स्थानीयले बताएका छन । पहिरोले मनाङ जोड्ने सडक पुर्णरुपले क्षति हुँदा सडक आवरुद्ध भएको हो । अवरुद्ध सडक मर्मत गर्न केही समय लाग्ने भएको छ ।
सडक अवरुद्ध भएपछि मनाङ जिल्लामा खाद्यान्न अभाव हुन थालेको स्थानीयको भनाई छ । पर्यटनको मुख्य सिजनको सुरुवातमा आएको भयानक पहिरोले सिजनमा कसरी पर्यटकलाई सेवा दिने भन्ने चिन्ता यस क्षेत्रका होटेल व्यवसायीलाई हुन थालेको छ । यस क्षेत्रमा सम्पुर्ण सामान ढुवानीको एकमात्र विकल्प यहि सडक भएकाले व्यवसायीहरु चिन्तित बनेका हुन् । सडक अवरुद्ध भएका कारण अन्नपूर्ण राउन्ड तथा मनासलु लगायतका क्षेत्रमा घुम्न आउने पर्यटक तथा पर्यटन कामदार एवं स्थानीयले निक्कै सस्ती व्यहोर्नु परेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार