सोलुखुम्बुको लोखिमलाई जातिय छुवाछुत मुक्त वडा घोषणा गरिदै

231 Shares

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका वडा नं. ९ लोखिमलाई जातिय छुवाछुत मुक्त वडा घोषणा गरिने भएको छ । एक्काईसौं शताब्दीमा पनि जातिय छुवाछुत घट्नुको सट्टा झन मौलाउन थालेपछि गाउँपालिकाको वडा नं ९ लोखिमलाई जातिय छुवाछुत मुक्त वडा घोषणा गरिन लागेको हो ।

वडा कार्यालय लोखिम र हिमालयन भिजन फाउन्डेसनको संयुक्त आयोजनामा जातिय छुवाछुत मुक्त वडा घोषणा गरिनुका साथै अन्तर जिल्ला वडा स्तरीय खुल्ला फुटबल प्रतियोगीताको आयोजना गरिएको वडा अध्यक्ष भूपालसिं राईले बताए । कार्यक्रमको प्रमुख अतिथि नेकपाका युवानेता तथा थुलुङदुधकोशी गाउँपालिका अध्यक्ष असिम राईलाई आमन्त्रण गरिएको समेत वडा अध्यक्ष राईले बताए ।
‘स्थानीय स्तरमा खेलकुदको दिगो विकास, सामाजिक सद्भाव र सौहार्दता कायम हाम्रो विस्वास’ भन्ने मुल नाराका साथ यहि कात्तिक ७ गतेदेखि अन्तर जिल्ला वडा स्तरीय खुला फुटबल प्रतियोगिता शुरु गरिने छ । कार्यक्रममा प्रदेश १ कै पहिलो सामुदायिक रेडियो सोलु एफ.एमको सहभागीतामा बालबिबाहको अन्त्य र महिला हिंसाको न्यूनीकरण चेतनामूलक नाटक पनि प्रदर्शन गरिने अध्यक्ष राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार