रामग्राम नगरपालिकामा मेलमिलाप इजलास स्थापना

Facebook Debugger

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले मेलमिलाप इजलास स्थापना गरी न्यायिक समितिमा परेका मुद्दालाई फैसला गर्न थालेको छ । स्थानीय तहमा दर्ता भएका मुद्दाको मेलमिलाप पद्धतिबाटै निरूपण गर्न कार्यालयमा मेलमिलाप इजलास स्थापना गरी सेवाग्राहीलाई सेवा दिन थालेको हो ।

न्यायिक समितिकी संयोजक तथा उपप्रमुख रम्भा कुँवरका अनुसार न्यायमा विपन्न समुदायको पहुँच बढाउन र न्यायिक समितिमा परेका मुद्दालाई किनारा लगाउन मेलमिलाप इजलास स्थापना गरिएको छ । सबै विवाद र मुद्दाको निकास मेलमिलापबाट सम्भव नभएपछि नगरपालिकाले इजलास नै निर्माण गरेर वादी र प्रतिवादी (दुवै पक्ष) को सुनुवाइ गरिने व्यवस्था मिलाइएको छ ।
नगरपालिकाको न्यायिक समितिमा परेका मुद्दालाई फैसला गर्न इजलासमा बसेर वादी र प्रतिवादीका कुरा सुनेर सकभर मेलमिलापबाटै समस्या समाधान गर्ने प्रमुख दायित्व रहेको न्यायिक समितिकी संयोजक तथा उपप्रमुख कुँवरले बताए । रामग्राम नगरपालिकामा पछिल्लो एक वर्षमा २० जग्गा र साँध विवादका निवेदन दर्ता भएकामा सबै विवाद मेलमिलापबाट किनारा लगाइएको छ । रामग्राम नगरपालिकाका उजुरी प्रशासक रामजी सहनीका अनुसार अधिकांश मुद्दा लेनदेन, साँध–सिमाना, श्रीमान–श्रीमती र परिवारबीचको झगडा र सार्वजनिक जग्गासम्बन्धी दर्ता हुने गरेका छन् ।
नगरपालिकामा स्थापना भएको इजलासको बनोट र काम गर्ने शैली अदालतको भन्दा कम छैन् । न्यायिक समिति गठन भइसकेपछि रामग्राम नगरपालिकामा समस्या समाधान लागि भनी करीब १०० भन्दा बढी निवेदन परेका छन ।

Published On:  153पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार