गायक राज चाम्लिङको नयाँ म्यूजिक भिडियो सार्वजनिक

Facebook Debugger

काठमाण्डौ । गायक तथा निदेंशक राज चाम्लिङको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘म रुदैछु विरानो परदेशमा’ बोलको गीत सङ्गस नेपालले यूट्युब मार्फत सार्वजनिक गरेको हो ।
गायक राईकै शब्द संगीत र भियियो निर्देशन समेत रहेको गीतमा गायिका करुणा राईले साथ दिएकी छिन् ।


परदेशिन बाध्य श्रीमानले गाउँमा रहेकी श्रीमतीलाई सम्झना गरेको भाव बोकेको यस गीतको भिडियोमा देबेन्द्र नेम्बाङ, दिपिका लिङ्देन र विष्णुकुमार लावतीको अभिनय रहेको छ ।
लाकुरी भञ्ज्याङ लगायत काठमाण्डौ उपत्यकाको विभिन्न रमणीय स्थलहरुमा छायाँङ्कन गरिएको गायक राईले जानकारी दिए ।
म्यूजिक भिडियोको छायाँकन तथा सम्पादन देवजंग थापाले गरेका हुन भने ड्रोनमा मेघराज मगरातीले साथ दिएका छन् । ग्रेस रेकर्डिङ

डियोमा रेकर्ड गरिएको यस गीतमा जोनी योञ्जनको एरेञ्ज रहेको छ

 

Published On:  78पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार