शेयर बजार सामान्य अङ्कले घट्यो

Facebook Debugger

काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्य पुनः सामान्य बिन्दुले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २ दशमलब ५९ बिन्दुले घटेर एक हजार २ सय १७ दशमलब ९३ विन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ० दशमलव ३३ विन्दुले घटेको छ । कारोवार मापक नेप्से परिसूचकसँगै कारोवार रकममा समेत गिरावट आएको स्टकले जनाएको छ । कूल १ सय ६० कम्पनीको १० लाख १८ हजार ७९ कित्ता शेयर ३४ करोड ३२ लाख ९४ हजार ४ सय ३० मूल्यमा खरीद बिक्री भएको छ ।
कारोवार भएका दश उपसमूहमध्ये आज एक उपसमूहको मात्रै शेयर कारोवारमा वृद्धि भएको छ । अन्य समूह ११ दशमलव ६९ बिन्दुले बढ्दा नौ उपसमूहको शेयर भने ओरालो लागेको छ ।
बैंकिङ ३ दशमलव ८९, होटल २१ दशमलव ४३, विकास बैंक १ दशमलब ३८, जलविद्युत् १२ दशमलव ८२, वित्त १ दशमलव १, निर्जीवन बीमा ३७ दशमलव ६४, उत्पादन ११ दशमलव ८३, माइक्रोफाइनान्स ७ दशमलव ६२ र जीवन बीमा १८ दशमलव ६३ विन्दुले घटेको छ ।
स्टकका अनुसार नेपाल सेवा लघुवित्त वित्तीय संस्था, इलोवल आइएमइ लघुवित्त वित्तीय संस्था र पोखरा फाइनान्सका शेयरधनीले कमाएका छन् भने नेपाल इन्स्योरेन्स कम्पनी, महिला सहयात्रा माइक्रो फाइनान्स वित्तीय संस्था र प्रोग्रेसिभ फाइनान्स लिमिटेडका लगानीकर्ताले भने आज गुमाएका छन् ।

Published On:  88पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार