काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनका लागि नयाँ स्थान

Facebook Debugger

काठमाडौँ । लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनबारे समस्या रहँदै आए पनि अब समाधान हुने भएको छ । आगामी शुक्रबारसम्ममा तत्कालका लागि अल्पकालीन फोहर व्यवस्थापन गर्ने स्थानको टुङ्गो लागिसक्ने काठमाडौं महानगर पालिकाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए ।

उनका अनुसार हालका लागि विपल्पका रुपमा आत्पकालीन र त्यसपछि दीर्घकालीन फोहर व्यवस्थापन गर्ने स्थान तय गर्नका लागि कामपा निरन्तर लागिरहेको छ । यसै साताभित्र आत्पकालीन फोहर व्यवस्थापन गर्ने स्थानको तय भइसक्छ । हाल काठमाडौँ उपत्यकाको फोहर नुवाकोटस्थित ककनी गाउँपालिकाको सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । १३ वर्ष अघि दुई वर्षका लागि भन्दै प्रयोग गर्दै आए पनि यतिका वर्ष भइसक्यो । अब उक्त स्थानमा फोहर राख्न मिल्ने अवस्था पनि छैन । त्यसैले व्यवस्थापनका लागि विकल्प खोज्न लागिएको हो ।
हरेक दिन उपत्यकाबाट १२ सय मेट्रिक टन फोहर सङ्कलन हुन्छ । त्यस्तै दैनिक निजी र महानगरको गरी २०० गाडी फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । अघिल्लो साता शुक्रबार नै फोहर व्यवस्थापन गर्न भन्दै कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा उपत्यकास्तरीय नगरपालिका फोरम स्थापना गरिएको थियो । उक्त फोरमकै अगुवाईमा छिटो वातावरण विभागसहित भएर फोहर फ्याक्ने स्थानको तय गर्नका लागि लागीपरेका हुन् ।
फोरममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन उपाध्यक्ष, मध्यपुरथिमि नगरका प्रमुख मदनसुन्दर जगुलु श्रेष्ठ सचिव छन्, भने सदस्यमा काठमाडौँका चन्द्रागिरी, कागेश्वरी मनोहरा, कीर्तिपुर, गोकर्णेश्वर, टोखा नगरपालिका, ललितपुरको गोदावरी र भक्तपुरको चाँगुनारायण नगरपालिकाका प्रमुख र उपप्रमुख छन् ।

Published On:  157पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार