मानसिक स्वास्थ्य सेवाको पहुँच १५ प्रतिशत जनतामा

84 Shares

काठमाडौँ । नसर्ने रोगमध्ये मानसिक रोगको हिस्सा १८ प्रतिशत रहेको छ । मानसिक स्वास्थ्य सेवाको पहुँच केवल १५ प्रतिशत जनतासम्म पुगेको छ ।
पछिल्लो जनगणनाअनुसार १६ देखि ४० वर्ष उमेर समूहका व्यक्ति ४० प्रतिशत छ । तीमध्ये कति जना मानसिक स्वास्थ्य समस्याबाट प्रभावित छन् भन्ने यकिन तथ्याङ्क कुनै निकायसँग छैन । विश्व स्वास्थ्य सङ्गठनले नेपालमा करीब २२ लाख ती समूहका व्यक्ति मानसिक स्वास्थ्य समस्याबाट प्रभावित रहेको प्रक्षेपण गरेको छ । सङ्गठनका अनुसार चारमध्ये एक युवा र पाँचमध्ये एक बालबालिका कुनै न कुनै मानसिक स्वास्थ्य समस्यबाट पीडित रहेका छन् ।
अर्काेतर्फ मानसिक स्वास्थ्यको प्रत्यक्ष असर उदासिन (डिप्रेशन)ले पारेका छ । यही कारण १५ देखि २९ वर्ष समूहका व्यक्ति आत्महत्यासम्म गर्ने गर्दछन् । नेपाल प्रहरीका अनुसार गत आर्थिक वर्षमा ५ हजार ३ सय ४६ व्यक्ति आत्महत्या गरेको थियो । ‘बदलिँदो विश्व परिवेशमा युवा र मानसिक स्वास्थ्य’ भन्ने मूल नाराकासाथ २६ औँ मानसिक स्वास्थ्य दिवस आज नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइयो । स्वास्थ्य सेवा विभागद्वारा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले हरेक प्रदेशमा मानसिक अस्पताल स्थापना गर्न र सबै वडामा स्वास्थ्य सेवा पु¥याउने गृहकार्य सरकारले गरिरहेको जानकारी दिए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सल्लाहकार डा. कृष्णकुमार राईले मानसिक स्वास्थ्य सेवा पाउने संविधानप्रदत्त अधिकारलाई कार्यान्वयन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए । स्वास्थ्य सेवा विभाग मानसिक स्वास्थ्य शाखाका डा. वासुदेव कार्कीले मानसिक स्वास्थ्यको पहुँच केवल १५ प्रतिशत जनतासम्म पुगेको बताए । मानसिक स्वास्थ्य विशेषज्ञ डा. अरुणराज कुँवरले मानसिक स्वास्थ्यमा लगानी बढाउन आग्रह गरे ।
सो अवसरमा मानसिक स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएबापत प्रा. डा. देशराज कुँवर, डा. देवरत्न जोशी, भगवी भट्टराई, यमुना कटुवाल, दिवाकर गौतम तथा सञ्चारकर्मी रामप्रसाद न्यौपाने, सरोज ढुङ्गेल तथा हाम्रो डक्टर डट कमलाई सम्मान गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार