निवासको कप्तानीमा साफ यू-१५ टोली घोषणा

Facebook Debugger

काठमाडौँ । आगामी कात्तिक ८ गतेदेखि १७ गतेसम्म काठमाडौँमा हुने साफ यू–१५ च्याम्पियनसिपका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आज साफ यू–१५ का लागि निवास फुयालको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीमा जान लिम्बु, प्रमेश गुरुङ, रोशन थापा, श्रीजन दानी, रोजित परियार, सुशील अधिकारी, हृदेश ठकुरी, प्रदीप लम्साल, मनाग्य नकर्मी, दिपेश गुरुङ र प्रविन मगर राकेश विक, शशाङ्क बोहरा, निराजन मल्ल, धिरज बलायर, नमास थापा, सोनम गुरुङ, रोहित शुब्बा, दिपेश राई, रोशन नेपाल, रोशन मगर र विनय श्रेष्ठ छन् । टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सनोज श्रेष्ठलाई दिइएको एन्फाले जनाएको छ ।

Published On:  94पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार