दश महिनामा ७ बलात्कार, २ हत्या र १५ घरेलु हिंसाका घटना

Facebook Debugger

ओखलढुंगा । ओखलढुंगामा वर्षेनी बलात्कारका घटना बढेको तथ्यांकले देखाएको छ । तीन वर्षको अवधिमा बलात्कारका घटना बढेका बढ्यै छन् । इन्सकेको तथ्यांक अनुसार सन् २०१६ मा दुई, २०१७ मा ५ र सन् २०१८ को १० महिनामा ७ ओटा बलात्कारका घटना भएका छन् । नेपाल मानवअधिकार वर्ष पुस्तकमा समावेश गरिने ओखलढुंगाको मानवअधिकारको स्थित सुचकमाथिको छलफलमा यस्तो तथ्यांक सार्वजनिक भएको हो ।

१० महिनाको अवधिमा सबैभन्दा धेरै घरेलु हिंसाका १५ घटना भएका छन् । बलात्कार तथा बलात्कार प्रयासका घटनाबाट ८ जना बालबालिका तथा महिला पीडित भएको पाइएको दुई जनाको हत्या र चार जना बोक्सीको आरोपमा पीडित भएका छन् । इन्सेकका प्रदेश नं. १ का संयोजक सोमराज थापाले द्वन्द्व कालमा हुने हत्या र विष्फोटनका घटना जस्तै शान्तिकालमा घरेलु हिंसा र बलात्कार बढीरहेको बताउनुभयो । उहाँले इन्सेकको अभिलेख नेपालमा मानवअधिकारको स्थिति के रहेछ भनेर जानकारी दिने मात्र नभइ मानवअधिकारको रक्षा गर्नका लागि बाटो देखाउने अभिलेख पनि भएको बताउनुभयो । प्रदेश नंं. १ को सामाजिक विकास मन्त्रालयका मानवअिधकार तथा कानून विज्ञ कोषराज निरौलाले समाजमा मानवअधिकार हनन् तथा ज्यादतीका घटना घटिरहने बताउँदै राज्यका निकायले निरोधात्मक उपाय अपनाउनु पर्ने बताउनुभयो । उहाँले अहिले प्रदेश सरकारले घरेलु हिंसा न्यूनिकरणका लागि छुट्टै कानुन निर्माण गरेर लागू गरेको पनि जानकारी दिनुभयो । सबै निकाय जिम्मेवार बनेमा समाज हिंसामुक्त बनाउन सकिने उहाँको भनाइ छ ।

महिला मानवअिधकार रक्षक सञ्जालकी प्रदेश ईञ्चार्ज मञ्जिता उपाध्यायले मानवअधिका हनन् र अपराध गर्नेलाई दलीय संरक्षण नभए कानुनी उपचारमा पीडितलाई सहज हुने बताउनुभयो । इन्सेकको अभिलेख अनुसार बाबुले छोरी बलात्कार गरेको र विदेशदेखी आएर ओखलढुंगाको हर्कपुरमा हत्या गरेको घटना वर्षभरिको चर्चित अपराधिक घटना भएको बताइएको छ ।

Published On:  127पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार