दिवङ्गत पितृको स्मृतिमा दमक नगरपालिकालाई जग्गादान

182 Shares

दमक । नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआर्ईजी) अमरसिंह शाहले आफ्ना दिवङ्गत पितृको स्मृतिमा दमक नगरपालिकालाई बहुउद्देश्यीय कभर्डहल निर्माणका लागि १० कठ्ठा जमीन निःशुल्क दान दिएका छन् । दिवङ्गत पिता नारायणसिंंह र माता ज्योतिकुमारी सिंहको स्मृतिमा शाहले करिव एक करोड ५० लाखको दमक नगरपालिका–९ स्थित १० कठ्ठा जमीन दान दिएका हुन् ।

खेलकूदमा रुचि राख्ने उनी दमक–९ का स्थायी बासिन्दा हुन । नगरप्रमुख रोमनाथ ओलीका अनुसार दाता शाहले दिएको जग्गामा ‘नारायण–ज्योति मल्टिपल कभर्डहल’ नामाकरण गरिने र यसै आर्थिक वर्षबाट काम शुरु गरिनेछ । सुविधासम्पन्न हुने उक्त कर्भडहल आगामी पाँच वर्षभित्रमा पूरा गरिने लक्ष्य लिइएको र जग्गादान, नामाकरण तथा निर्माणसम्बन्धी व्यवस्थापकीय विषयमा समेत दाता परिवारसँग सहमति भई हस्ताक्षार भइसकेको उनले बताए ।
यसैबीच नगरपालिकाको बोर्ड बैठकले कभर्डहल निर्माणका लागि नगर खेलकूद विकास समितिका अध्यक्ष केन्द्र प्रसाईंको संयोजकत्वमा निर्माण समिति र जग्गादाता शाहको संयोजकत्वमा अनुगमन तथा सल्लाहकार समितिसमेत गठन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार