देश समृद्ध बनाउन स्थानीय तहको विकासमा जोड

182 Shares

काठमाडौँ । सात सय ५३ स्थानीय तहलाई समृद्ध बनाउन नसक्दासम्म समृद्ध राष्ट्र निर्माण गर्ने सपना पूरा नहुने बताइएको छ । विकास पत्रकार मञ्च र गाउँपालिका राष्ट्रिय महासङ्घले बुधबार आयोजना गरेको स्थानीय सरकारका सवालमा आमसञ्चार विषयक कार्यशालामा महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठले देशको विकास गर्ने हो सबै स्थानीय तहको विकासको लागि एक भएर लाग्नुपर्ने बताएका हुन् ।

श्रेष्ठले सञ्चारमाध्यम पछिल्लो समय नकारात्मक विषयमा मात्र केन्द्रीत भएको भन्दै सकारात्मक समाचारको खोजी गर्नतर्फ लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा वरिष्ठ पत्रकार मोहन मैनालीले सानासाना समाचारमा भन्दा पनि समाजमा सकारात्मक परिवर्तन ल्याउने किसिमका खोजी समाचार गर्नतर्फ पत्रकार केन्द्रीत हुनुपर्ने धारणा राखे ।
अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक हरिबाहदुर थापाले देश विकासको मुख्य खम्बा विद्यालयको स्तर उन्नतिमा वृद्धि र सबै जनतामा स्वास्थ्यको पहुँच हुने हो भने विकासले गति लिने सुझाव दिए ।
कार्यक्रममा सहभागीले विकासको काम गर्दा जनताको सहभागितामा गरिनुपर्ने, जनप्रतिनिधि र कर्मचारीबीच सहकार्यको भावना हुनुपर्नेसँगै सुशासन र विकासलाइ आत्मसात् गरिनुपर्ने धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार