दुधकोशीमा हिम पाइप राखेपछि वाकुवामा गाडी पुग्यो

469 Shares

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको साविक वाकु गा.वि.स.लाई जिल्लाकै टापुको रुपमा चिनिथ्यो । सो गाविसलाई अहिले माप्यदुधकोशी गाउँपालिकाको वडा नम्बर ६ र ७ वनाइएको छ । सोही गाविस अर्थात अहिलेको माप्यदुधकोशी गाउँपालिका वडा नम्बर ६ मा २००७ सालमा जन्मेका टम्बरवहादुर राई २०७४ सालको स्थानीय निर्वाचन सहभागि भई हाल गाउँकार्यपालिका सदस्य समेत छन् ।

राई आफु विगतदेखि नै सामाजिक कार्यमा लागेको तथा शिक्षण पेशामा अधिकाशं जीवन विताएको हुनाले गाउँको एक असल र सक्षम व्यत्तिकै रुपमा परिचित छन । उनले आफ्नो पालामा घर छेउछाउ सडक आउला र गाडी चढ्न पाइएला भन्ने कल्पना समेत गरेका थिएनन् । गाउँघरकै जान्ने बुझ्ने तथा विकास निर्माणमा सहभागि हुनु पर्छ भनेर लागि पर्ने व्यक्तिले नै आफ्नो पालामा घरै घेउबाट गाडी चड्न पाइन्छ भनेर कल्पना समेत गरेन्न भने अन्य सर्वसाधरणले त गाउँमा गाडी आउँछ भन्ने सपना नै देखेका थिएन्न ।
वाकुकै नरवहादुर रेग्मीमगर भन्छन् स्थानीय चुनावको समयमा हाम्रा अहिलेको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले आफु जिते लगतै वाकुमा सडक सञ्जाल विस्तार गर्ने प्रतिवद्धता सहित आश्वसन दिदा हामी वाकुवासी कोही पनि पत्याएका थिएनौ । किनकी विगतमा हामीलाई थुप्रै आश्वसनहरु दिएर भोट बटुल्ने काम थुप्रै नेताहरु गरेको तितो यर्थाथ हामीमा ताजै रहेको अनुभव हामीलाई मगरले सुनाए । सोही गाउँकी चेली जुनितामाया मगर गाउँपालिकाको उपाध्यक्ष छिन । उनले पनि गाउँमा सडकसञ्जालसंगै खानेपानी लगायतका विकास निर्माणमा लागि पर्ने प्रतिवद्धता जनाउदै आएकी थिइन । तर यत्तिको छिटो वाकुमा गाडी पु¥याउन सकिन्छ भन्ने कुरा उनी आफै विश्वस्त थिइन्न । किनकी अन्य क्षेत्रको तुलनामा वाकुमा सडक मात्रै नभएर खानेपानी, विद्युत लगायतको पहुँच सबै समुदायमा पुगिसकेको छैन ।
एउटा उखान स्थानिय तहमा प्रचलित छ “वाकुको पानी जार मात्रै” वाकुमा पानीको अभाव छ, त्यसैले यहाँ पानी माग्दा बरु जार अर्थात छ्याङ दिने चलन विगतमा थियो रे । तर देशमा संघियता लागु भएपछि वाकुमा क्रमश विकास निर्माणको गतिले तिव्रता लिएको छ । अहिले विद्युत विस्तारको क्रम जारी छ । गाउँपालिकाकै लगानीमा स्थानिय स्तरमा १५ किलोवाटको लघुजलविद्युत सञ्चालनमा आएको छ, भने वाकी छिमेकी खुम्बु पासाल्हमु गाउँपालिकाको वडा नम्बर १ खरिखोलाबाट विद्युत खरिद गरी साविकको वडा नम्बर ५ मा वाहेक अन्य क्षेत्रमा विद्युत वलिसकेको छ । त्यस्तै खानेपानीको लागि पनि केही ठाउँमा समस्या समाधान भैसकेको छ भने केही ठाउँमा यो बर्षदेखि काम गर्ने गरी तयारी गरिदै छ ।

आर्थिक वर्ष ०७४∕०७५ मा वाकुमा सडकको ट्राक खोल्ने काम शुरु भएको थियो भने आर्थिक वर्ष ०७५∕०७६ को करिव शुरुवातदेखि नै सो सडकलाई निरन्तरता दिइदै आएका छ । यसरी गाउँमा सडकको ट्राक खुलेपनि यत्तिका छिटो गाडी चड्न पाइन्छ भन्ने आश वाकुवासी जोकोहीले पनि गरेका थिएन्न । कारण हो वाकुलाई टापुको रुपमा छुटाउने काम दुधकोशी नदीले गरिरहेको थियो र छ । तर गत शुक्रवार गाउँपालिकाको वडा नम्बर ६ को कार्यालय नजिक आधा दर्जन वोलेरो गाडी तथा ट्राक्टर र दर्जनौको संख्यामा मोटर साइकल पुग्दा वाकुवासी फुलमाला लिएर खुसी साट्न एकआपसमा जम्मा भएर खुसी साटासाट गरे ।
वडा नम्बर ६ र ७ का वडाअध्यक्षद्धय दिनेशकुमार राई र सगुजीत राईको विशेष पहलमा दुधकोशी नदीमा गाउँपालिकाले १८ वटा हिम पाइप १० दिनभित्र विछ्याई अस्थायी भएपनि बाटो निर्माण गरिदिए छ । यसरी कल्पना नै नगरेको स्थानिवासीले आफ्नो घरआगानमा गाडी आइपुग्दा खुसीसंगै अब आगामी जेठ महिनासम्म सदरमुकाम सल्लेरी हुदै प्रदेश तथा संघिया राजधानी जान आउन सिधै घरछेउबाट गाडी चढेर यात्रा गर्न पाउने भएका छन भने विगतमा खच्चड लगायत ढाकरमा आफैले वाकेर उपभोग गर्दै आएको खाद्यन्न लगायतका सामाग्रीहरु पनि अब सुलभ मुल्यमा घर छेउमै आइपुग्ने भएपछि अझ सुविधाको महसुस गर्ने नै छन । तर यत्तिले मात्र वाकुवासी सुविधाभोगी हुनेवाला छैन्न । ह्युम पाइप अस्थायी भएकोले छिटो भन्दा छिटो स्थायी पुलको माग गरिरहेका छन । ह्युम पाइपको विधिवत उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष बुद्धि किरण राईले वाकुवासीको मागलाई यही बर्ष बेलिब्रिज निर्माण लागि आवश्यक प्रक्रियालाई अगाडी बढाउने वताए ।

वाकुवासीको गाडी चढ्ने सपना विपनामा जसरी परिणत भयो । त्यसरी नै अब छिट्टै सडकको स्तर उन्नती र दुधकोशी नदीमा स्थायी पुलको ब्यवस्था होस भन्ने चहाना वाकुवासी आम समुदायको रहेका छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार