‘घरआँगन नेपाल’द्धारा जाजरकोटकी गर्भवतीको हेलिकप्टरबाट निःशुल्क उद्धार

119 Shares

जाजरकोट । सुत्केरी हुन नसकेर गर्भमै बच्चाको मृत्यु भएपछि एक महिलाको जीवन बचाउन हेलिकप्टरद्धारा उद्धार गरिएको छ । बारेकोट गाउँपालिका–२ रोकायगाउँकी ४२ वर्षीया मैसरी थापाको सोमबार दिउँसो उद्धार गरिएको हो ।

सोमबार जाजरकोटको विकट भेक वारेकोट गाउँपालिकाको लिम्सावाट सुत्केरी वेथा लागेर गर्भमै बच्चाको मृत्यु भएर जीवन र मरणको दोसाधमा लडिरहेकी ४२ वर्षीया मैसरा थापालाई उपचारका लागि हेलिकप्टरमार्फत पोखरास्थित मणीपाल अस्पतालमा लैजादैं । 

लिम्सास्थित स्वास्थ्य चौकीले सुत्केरी हुने मिति मङ्सिर ८ गते तोकेको थियो । तोकेको मितिमा बच्चा नजन्मेपछि मङ्सिर २३ गते लिम्लास्थित स्वास्थ्य चौकीमा ल्याएर जाँच गर्दा बच्चा पेटमै मृत्यु भएको पाइएको थियो । गर्भमै बच्चाको मृत्यु भएपछि थापाको जीवन बचाउनका लागि बारेकोट गाउँपालिकाको समन्वय र घरआँगन संस्थाको आर्थिक सहयोगमा उनलाई हेलिकप्टरमा लिम्साबाट पोखराको मनिपाल अस्पताल भर्ना गरिएको संस्थाका दीपक सिलवालले जानकारी दिए ।

सोमबार जाजरकोटको विकट भेक वारेकोट गाउँपालिकाको लिम्सावाट सुत्केरी वेथा लागेर गर्भमै बच्चाको मृत्यु भएर जीवन र मरणको दोसाधमा लडिरहेकी ४२ वर्षीया मैसरा थापालाई उपचारका लागि हेलिकप्टरमार्फत पोखरास्थित मणीपाल अस्पतालमा लैजादैं ।

थापा पाँचौँ पटक सुत्केरी हुँदै थिइन् । दुई चिकित्सकको दरबन्दी भएपनि लिम्सा स्वास्थ्य चौकी अहिले चिकित्सकबिहीन छ । चिकित्सक नहुँदा उपचारका लागि यहाँका बासिन्दा अन्यत्र जानुपरेको स्थानीयवासी कालीप्रसाद थापाले बताए ।
यो पनि पढ्नुहोस ।

सोलु सोताङकी सुत्केरी महिलाको हेलिकोप्टरबाट निःशुल्क उद्धार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार