त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ९० लाख खर्चिएर कार्पेट बिछ्याइयो

203 Shares

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ९० लाख रुपीयाँ खर्चिएर विमानस्थलको प्रस्थान कक्ष र अध्यागमन चेकजाँच कक्षामा कार्पेट बिछ्याइएको छ । विमानस्थल अस्तव्यस्त र फोहोर भएको भएको गुनासो चर्को भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तरगतको विमानस्थल कार्यालयले सुधारको काममा ९० लाखको कार्पेट बिछ्याईएको हो ।

‘विमानस्थलको प्रस्थानतर्फ अहिले धमाधम कार्पे्िटङ भइरहेको छ,’ विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले भने, ‘मौलिक तवरले विमानस्थललाई व्यवस्थापन गरेर सुधारका प्रयास भइरहेको छ ।’ यस्तै विमानस्थल विमानस्थलले यात्रु र विमानस्थलको सुरक्षालाई ध्यानमा राख्दै आन्तरिक उडानतर्फ अन्तर्राष्ट्रयस्तरको नयाँ सुरक्षा जाँच केन्द्र स्थापना गरेको छ । विमानस्थलको आन्तरिक टर्मिनलको गेटबाट भित्रने स्थानमा सुरक्षा जाँच केन्द्रको स्थापना गरिएको छ । यसले विमानस्थलको सुरक्षालाई प्रभावकारी बन्ने क्षेत्रीको भनाई छ ।
यसअघि आन्तरिकतर्फ प्रस्थानमा मात्रै सुरक्षाजाँच हुन्थ्यो । अब विमानस्थल प्रवेशस्थलमै अन्तराष्ट्रिय स्तरको सुरक्षा जाँच केन्द्र स्थापना गरिएको छ । यहाँ पास रिर्डर, लगेज एक्स–रे र वाक थ्रो एक्स–रे छन् । अहिलेसम्म प्रहरीले हातले जाँच गर्दैमा अब विश्वसनीय प्रविधिको प्रयोग सुरु भएको छ ।

विमानस्थलका प्रमुख क्षेत्रीले विमानस्थलको पार्किङ व्यवस्थापनसहित भित्री भागहरु सजाउने काममा पनि लागेको बताए । ‘हाम्रो टर्मिनल पुरानो भइसक्यो । तर, अब यसलाई बुटिक वा एन्टिक बनाउन सकिन्छ,’ उनले भने,’ विभिन्न भागमा त्यस्ता सामग्रीहरु सजाएर हामीले मौलिक रुप दिने प्रयत्न गरेका छौं ।’ विमानस्थलले अहिले आगमनतर्फ घडाहरु राखेको छ । ताउलोमा पानी भरेर फूलहरु सजाएर राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार