अमेजनले ठग्यो सोनाक्षी सिन्हालाई ! यसरी खाइदियो १८ हजार

266 Shares

मुम्बइ । बलिउड अभिनेत्री सोनाक्षी सिन्हालाई आलाइन शपिङ कम्पनीले ठगेको घटना सार्वजनिक भएको छ । अनलाइन शपिङ कम्पनी अमेजनले सोनाक्षीलाई ठगेको उनी आफैंले बताएकी हुन् ।

सोनाक्षीले केही दिनअघि अनलाइन शपिङ कम्पनी अमेजनमा १८ हजार भारतीय रुपैयाँ मूल्य पर्ने हेडफोन अर्डर गरेकी थिइन् । तर, जब उनीकहाँ सामान डेलिभरी भयो प्याकेटभित्रबाट फलामको टुक्रा निस्कियो । सोनाक्षीले आफूकहाँ डेलिभरी गरिएको पार्सलको तस्वीर आफ्नो अफिसियल ट्वीटरमा सार्वजनिक गरेकी छिन् ।
सोनाक्षीले ट्वीटमा लेखेकी छिन् ‘अमेजन, मैले तपाईकहाँबाट आफ्नो लागि हेडफोन मगाएकी थिएँ । तर, यो हेर्नुहोस् मैले के पाएँ । पूर्ण रुपमा प्याक गरिएको र खोलिएको पनि छैन । हेर्दा पूरै परफेक्ट छ, तर बाहिरबाट मात्र । अनि तपाईको ग्राहक सेवा केन्द्रले मद्दत पनि गर्न चाहँदैन जसका कारण स्थिति अझै खराब भएको छ ।

सोनाक्षीले ट्वीटमा ग्राहक सेवा केन्द्रले सहयोग गर्न पनि नचाहेको लेखेपछि अमेजनले तत्काल यसको जवाफ दिएको छ । ‘ओहो, यो अमान्य हो । तपाइँको भर्खरैको शपिङ अनुभव र हाम्रो सहयोगी टिमसँग सम्पर्क गर्दाको अनुभवको लागि हामी माफी चाहन्छौं । कृपया आफ्नो जानकारी यहाँ शेयर गर्नुहोस् हामी तपाईसँग सिधा सम्पर्क गर्नेछौं ।’ स्मरणीय छ अमेजन संसारका सबैभन्दा धनी व्यक्ति जेफ बेजोसको कम्पनी हो । बेजोस अहिले १३०.५ बिलियन डलर सम्पत्तिसहित संसारका सबैभन्दा धनी व्यक्तिको सूचीमा शीर्ष स्थानका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार