यसरी मारिएका थिए टिम्बुरवोटे सोलुखुम्बुमा कांग्रेस कार्यकर्ता

  वावुराम आचार्य
2.3k Shares

सोलुखुम्वु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वाडं नं. ११ मा टिम्बुरवोटे पर्दछ । समुद्रि सतहवाट करिव ८ हजार फिट भन्दा माथी रहेको टिम्बुरवोटे घना जगंल भित्र एक ओडार छ । जुन ओडारको महत्व वि.सं. २०३१ सालपछि मात्र थाहा भयो । नेपाली प्रजातान्त्रिक आन्दोलनका चार दशक लामो कालखण्डमा टिम्बुरवोटेको इतिहास पृथक रहन पुगेको छ । नेपाली कांग्रेसद्धारा सञ्चालित शसत्र आन्दोलनको आखिरिमा टिम्बुरवोटे ओडारमा १६ जना सपुत सहिद बन्न पुगे, भने सोही घटनासँग जोडिएर अझ २६ जनाले शहादत प्राप्त गरेको इतिहास भेटिन्छ । नेपाल भारत सिमानाको जयनगरवाट क्रान्तिको सपना वोकेर कमल नदिको वाटो हुदै नेपाल पसेका योद्धाहरुमध्ये कोहि भाग्ने र छोड्ने गर्दै १८ जना १ महिना लगाएर टिम्बुरवोटे पुगेका थिए । ओखलढुगा र सोलुखुम्वु कव्जा गरी प्रजातान्त्रिक आन्दोलनको आधार किल्ला वनाउन नेपाली कांग्रेसले सो टोलीमा ५१ जना योद्धहरुलाई पठाएको थियो ।
तत्कालीन ओखलढुङ्गा जील्लाको विष्णुदल गुल्मलाई वि.सं. २०३१ मंसिर १६ गते विहान ३ः०० वजे आन्दोलनकारीहरु हात हतियार सहित ओखलढुगां प्रवेश गर्न टोक्सेल घाटको वाटोहुदै आएको भएपनि विशेष सुत्रवाट मंसिर १७ गते नै खवर प्राप्त भएको थियो । त्यसपछि सेनाले आन्दोलनकारी पत्ता लगाउन ठूलो संख्यामा सिभिल पोशाकमा सेना र प्रहरी परिचालन गरेको थियो ।
विष्णुदल गुल्मका गुल्मपति सहसेनानि इन्द्रवहादुर सिजापतिको कमान्डमा सोलु पुगेको टोलीले उचित ठाँउ छानी डिफेन्सको लागि कडा सुरक्षा व्यवस्था तयार गरी विभिन्न श्रोतवाट सूचना संकलन गरिरहेको थियो । यही क्रममा स्थानीय तिङगलाका तत्कालीन उप प्रधानपञ्च दिपवहादुर कार्कीले आतंककारी जगंल पसेका छन्, भनि सुराक पुर्याए । त्यस पछि सो स्थानसँग परिचित केहि स्थानीयहरुलाई समेत साथ लिएर हतियार सहित केहि प्रहरी र सेनालाई सादा पोसाकमा सुराकीका लागि खटाएको थियो । त्यो टोलीले वि.सं. २०३१ मंसिर ३० गते आन्दोलनकारीका एक सदस्य प्रहरीका पूर्व हवल्दार शमसेर व. लाई खसी किन्न जाने निहु गरी सल्लेरीको अवस्थीति वुझ्न जादै गर्दा बीच वाटोमै प्रकाउ गरी ल्यायो । त्यसपछि निजले आन्दोलन र आन्दोलनकारीको वारेमा सवैकुरा सेनालाई सुनाएको हो भनि टिम्बुरवोटे सहिद स्मृती प्रतिष्ठानले प्रकासन गरेको शहिद अभिलेखमा उल्लेख छ ।
प्राप्त खवरको विश्लेषण पछि आन्दोलनकारी सबैको हत्या गर्ने योजना तयार गरी विल्दारको एक टोली लिई सोलुखुम्वुको साल्मे पुलमा एम्वुस थाप्न पठाइयो, सुवेदार तपवहादुरलाई डिफेन्स क्याम्प लास लाईट पछि स्टान्टुमा राख्ने आदेश दिईयो । ३१ साल मंसीर ३० गतेको दिउसो साढे ३ वजे पक्राउ परेका समसेर बहादुरलाई समेत लिएर सोलु वाट साल्मे हुदै टिम्बुरवोटे ओडार तर्फ सेनाको टोलि मुभ गर्यो । सोलुखुम्वुको सल्लेरी कब्जा गर्ने उद्देश्यका साथ क्या. यज्ञबहादुर थापा नेतृत्वको टोलि टिम्बुरवोट ओडारमा वास वसिरहेका थिए । हिउँ परेकाले अत्यन्तै चिसो भई योद्धाहरुले आगो वालेर तापि रात बिताएका थिए ।
टिम्बुरवोटे ओडार भन्दा करिव २०० मिटर अगाडि पुगेर रोकिएको सेनाको टोलिले निकै वेरसम्म वस्तोस्थितीको जानकारी लिए । सेनाले रिकन्सेन्स गर्ने जादा कुनै पनि प्रतिकार नदेखिएको र आगो वालेको उज्याले मात्र देखियो । केहि वेर वसेर पुन हेर्दा मानिसको छाया चलेको सेनाले पत्ता लगाए । उप्त स्थानबाट फर्केर आई आवश्यक सल्लाह पछि सेनाले ओडार माथिपटि रहेको प्वाल बाट आक्रमण गर्ने निर्णय भई सो स्थानवाट ग्रिनेट बम फ्याकि दाँया वाँयावाट फायर गर्दै सेनाको टोलि ओडार भित्र प्रवेश गर्यो । एक्कासि अन्दाधुन्द ग्रिनेट र गोलिको फायर हुदाँ क्रान्तीकारीहरुले कुनै प्रकारको प्रतिकार गर्न पाएनन्, वम र गोली थाप्न बाध्य भए । यस प्रकारले वि.सं. २०३१ साल पुुस १ गते विहान ५ वजेको समयमा टिम्बुरवोटे ओडारमा आक्रमणगरी सो स्थान सेनाले कव्जामा लियो । सो स्थानमा शहादत पाप्त गर्ने काङ्ग्रेसीमा महेश कोइराला, राम उपाध्याय, लक्ष्मण उपाध्याय, पदमप्रसाद पुरी, मानवहादुर लिम्वु, माईला राई, नेत्रबहादुर कार्की, अम्वरबहादुर खड्का, लालबहादुर तामाङग, प्रजालाल राई, श्यामबहादुर गुरुङ, रामप्रसाद राई हुनुहुन्छ । वम र गोलीको वर्षा पछि तितरवितर भएर भागेकाहरुलाई पक्रउ गर्न तत्कालै जिल्लाका सबै नाकाहरुमा सेना र प्रहरी तैनाथ गरियो । उक्त घटनामा परि टिम्बुरवोटे ओडारबाट केही काङ्ग्रेसी योद्धाहरुभाग्न सफल भए । भागेतापनि सेनाको योजना अनुसार कटअफको रुपमा राखिएको प्रहरि इनिस्पेक्टर भक्तबहादर प्रधानको नेतृत्वमा रहेको प्रहरी टोलीले ठाडेमा भेटि अगमणि राई, मानबहादुर थापा, चन्द्रबहादुर तामाङ, कृष्णप्रसाद लिम्वु लगायतलाई गोलि हानि हत्या गरियो ।
टिम्बुरवोटे ओडारवाट भाग्न सफल भई कमाण्डर यज्ञवहादुर थापा आफनो घर गए । सो कुरा पत्ता लगाई सेना कुईभिरको वाटो हुर्दै पिछा गर्दै जादा ओखलढुगाको चिसैखुंमा परालको टौवामा लुकि वेसेको अवस्थामा राति ३ः४५ वजे सहसेनानी पछि (प्रधान सेनापति) रुक्मागत कटुवाल नेतृत्वको टोलीले पक्राउ गरी ल्यायर पछि हत्या गरियो । सो घटनाबाट भाग्न सफल रुमम्जाटारका एल. वि. गुरुङ, तिङलाका केशर थुलङु र दत्तसिहं कार्की अझैपनि जिवित हुनुहुन्छ ।
टिम्बुरवोटे घटनाको समयमा भारत निर्बासनमा रहनुभएका विपि कोईरालाले उक्त घटनाको परिणमपछि सशस्त्र क्रान्तिको वाटो परिमार्जन गरी विज्ञप्ती मार्फत देश बासीलाई सम्वोधन गर्दै मेलमिलाप नीति अवलम्वन गरी नेपाल फर्कनु भएको थियो । (लेखकः नेपाल विद्यार्थी संघ सोलुखुम्बुका नेता हुन् ।)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार