खोटाङमा वडा सदस्यको संलग्नतामा २ वर्षदेखि महिला बन्धक

  प्रदिप राई
3k Shares

खोटाङ । खोटाङ जिल्लाको दिप्रुङ्ग चुईचुम्मा गाउँपालिका वडा न. ६ छितापोखरी बास्थलामा एक महिला २ वर्षदेखि बन्धक जीवन बिताइरहेका छन् । वडा सदस्य युवराज तामाङ र उनका श्रीमान्ले रमिला तामाङलाई २ वर्षदेखि बन्धक बनाएर खोरमा थुनेर राखेका हुन् ।

स्थानीय चक्रबहदुर तामाङको जन्तरे छोराको श्रीमति रमिला तामाङ्ग विवाह बन्धनमा बाँधिएको ७ वर्षपछि बहुलाएको आरोप लगाउँदै खोरमा बन्धक बनाएका हुन् । स्थानीय सरकार आएपछि झन पीडित महिलाको उद्धार हुनको सट्टा वडा सदस्य युवराज तामाङकै संलग्नतामा खोरमा थुनेर राखेका छन् ।
बन्दी जीवन बिताई रहेकी रमिला तामाङ्गको अवस्था हेर्दा र कुराकानी गर्दा उनलाई त्यसरी बन्दक बनाउनु पर्ने कुनै कारण देखिदैन । उनी नजिक कोहि मान्छे जादा स्पस्ट बोल्ने को मान्छे हो ? सबै छिमेकिहरु सबैलाई स्पस्ट चिन्छन् । यदि कोहि मान्छे तामाङ्गलाई थुनेको ठाउँ जादा उद्धारको लागि आग्रह गर्छिन् । उनी भन्छन् ‘यो चिसो मौसमको समय लगाउने कपडा छैन, समयमा खाना दिदैन्, दिशा पिसाब एकै ठाउँ गर्नु पर्छ, कयौ पटक मैले आग्रह गर्दा पनि श्रीमान् भनाउदाले न सुन्छ ? न कुनै समाज पक्षले ? मेरो जिन्दगी माथी ठूलो अन्याय गरेका छन् ।’
हरेक मान्छे हेर्न जादा उनको मुखबाट उद्धारको आवाज निस्कन्छ । अनि रुदै गुनासो गर्छिन्, मेरो संसारमा कोहि भएन, म बहुलाईनि हैन मलाइ त यो समाजले बहुलाईनी बनायो । पहिला-पहिला मलाई यहि समाजले कयौं पटक-पटक मानसिक यातना दिएको हो । यो अपराध यहि वडाको ठूला ठालू समाज भनाउदाको हो । मेरो यो समाजले पटक पटक चरित्र हत्या गरेको छ । त्यसपछि श्रीमान लगायत समाजको यातनाले मेरो अवस्था नाजुक बनेको हो । तर यो समाजले मलाई पागलनि बनायो । २ वर्षदेखि आमानविय व्यावहर गर्दै कस्टकर बन्दी जीवन बिताउन विवश बनायो । यो नरकीय जीवनबाट बाहिर निस्कन चाहन्छु । मलाई यस्तो अवस्था बनाउने । श्रीमान्, वडा अध्यक्ष र समाजलाई कारबाही गर्न अपिल गरेकी छिन । (यसभन्दा अघि प्रकाशित समाचारमा वडा सदस्य हुनु पर्नेमा अन्यथा भएकोमा सच्याइएको छ । सम्पादक)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार