शहीद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा विजयी

182 Shares

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितअन्तर्गत आजको खेलमा हिमालयन शेर्पा क्लबले न्यूरोड टिम (एनआरटी)लाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा हिमालयन शेर्पाले एनआरटीलाई १–० गोलअन्तरले हराएको हो । जितसँगै १४ अङ्क जोडेको हिमालयन शेर्पा अङ्क तालिकाको छैटांै स्थानमा उक्लेको छ । हिमालयनको जितमा विश्वास श्रेष्ठ नायक बने । उनले खेलको ४५औँ मिनेटमा गोल गरेका थिए । प्रतियोगितामा एनआरटी अहिलेसम्म जितविहीन छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार