काठमाडौं टोखामा गर्भवतीको घाँटी थिचेर हत्या, ४ पक्राउ

231 Shares

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका-८, मिलन टोलमा एक महिलाले गएराति सौताको हत्या गरेकी छन् । अन्य आफन्त समेतलाई संलग्न गराएर मुगुको सोरू गाउँपालिकाकी २६ वर्षीया विष्णुमाया मल्लले मुगुको टोरु गाउँपालिका-८ घर भएकी २३ वर्षीया अजिता मल्ल शाहीको हत्या गरेकी हुन् ।

अजिता ६ महिनाकी गर्भवती थिइन् । हत्या आरोपमा प्रहरीले उनीसहित बहिनी भगवती मल्ल, भदा गन्डिपराज मल्ल र भदाको गर्लफ्रेण्ड रिता केसीलाई पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार उनीहरुमाति कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान थालिनेछ ।
स्रोतका अनुसार श्रीमान धर्मराज शाही भने मुगुमा छन् । उनी सोमबार नै काठमाडौं आउँदैछन् । उनीहरु त्यहाँ डेरामा बस्दै आएका थिए । आफूमाथि सौता हालेको आवेग र खान लाउन नदिएपछि हत्या गरेको उनीहरुले बयान दिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार