नेविसंघमा रोशन महतराको चर्चा

280 Shares

ओखलढुंगा- नेपाल विद्यार्थी संघको जिल्ला अधिवेशनको तयारी पुरा भएको छ । जिल्लाका आठ स्थानीय तह र स्ववियु निर्वाचन भएका क्याम्पसबाट विद्यार्थीको सहभागीता हुने छ । गाउँपालिकाभरिका शिक्षण संस्थामा गठित इकाइ समितिबाट गाउँपालिका समिति बनाइसकिएको छ ।
गाउँपालिका समिति र क्याम्पसबाट गरि ३ सय प्रतिनिधी तथा पर्यवेक्षक सहभागी हुने नेवि संघका नेता रोशन महतराले बताए । उनले तयारी पुरा भएकाले माघ ७ गते उद्घाटन हुने बताए । अधिवेशन अघि जिल्लाभर संघले संगठन विस्तार अभियान चलाएको थियो । अभियानमा अगुवाइ गरेका महतरा जिल्ला सभापतिका मुख्य दावेदार हुन् । उनलाई पार्टी जिल्ला सभापति प्रदिप सुुनुवार, नेता रामहरि खतिवडा लगायतको समर्थन रहेको छ ।
महतराले आफु संगठन विस्तारमा कार्यक्षेत्रमा खटेकाले सभापतिको स्वभाविक दावेदार भएको बताए । उनले सहमति गरेर आफ्नो नेतृत्वमा सर्वसम्मत गर्न तयार रहेको बताउँदै उनले फिल्डमा काम नगर्ने कुरा गर्नेहरुलाई नेतृत्व दिन नसकिने जिकिर गरे । ‘म सहमति नभए निर्वाचनमै जान तयार छु ।’ महतराले सगरमाथा अनलाइनसँग भने ।
नेपाली कांग्रेसभित्र रहेको दुई खेमाले फरक फरक व्यक्तिलाई सभापति बनाउने तयारी गरेका छन् । संस्थापन पक्षका नेताहरुको भने महतरालाई अघि सार्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार