विष्ट बा किन मुलधारका मिडिया र बुद्धिजीवीको नजरमा परेनन ?

  निनाम कुलुङ ‘मंगले’
133 Shares

गएको माघ ४ गते शुक्रबार नेपालका प्रथम मानवशास्त्री भन्न सकिने वा नेपालका प्रथम मानवशास्त्री भन्दा फरक नपर्ने डोरबहादुर विष्टको ९२ औं जन्म-जयन्ती हो । तर, दुःखको कुरो उनी विगत २३ वर्षदेखि वेपत्ता छन् । उनी जिउँदै छन् कि ? बितिसके ? कसैलाई अत्तोपत्तो छैन । स्मरणीय छ, विसं २०५२, चैत १ मा जुम्ला जिल्लाको चौधविशा क्षेत्रमा खस जातिका सम्बन्धमा अध्ययन गर्न गएका डोरबहादुर विष्ट विसं २०५३ पुसदेखि हालसम्म वेपत्ता छन् । उनको कुनै अत्तोपत्तो छैन । यो समय भनेको एउटा बच्चाको जन्म भएर पनि वयस्क उमेर वा भनौं लक्का जवान हुने समय हो । भनिन्छ, त्यो बेला केही समयको जुम्ला बसाइपछि विष्ट बाबै काठमान्डौ आउन भनी नेपालगन्जसम्म आएका थिए । उनले तत्कालीन नेकोन एयरको टिकट पनि काटेका थिए । तर, उनले फेरि काठमान्डौ नआएर दुई महिना धनगढीमा गएर बिताउन चाहन्छु भनी घर परिवारमा खबर गरेका थिए अरे ! त्यसपछि वेपत्ता भएका विष्ट कता छन् ? के गर्दैछन् ? जिउँदै छन् कि मरे ? ंकसैलाई अत्तोपत्तो छैन । विगतमा विष्टका बारेमा दुई पटकसम्म नयाँ पत्रिका दैनिकले खोजमुलक ढंगले लेख/फिचर प्रकाशित गरेको थियो ।
यस वर्ष पनि विसं २०७५, माघ ४ गते नयाँ पत्रिका दैनिकमै गौरव केसी र प्रणव खरेलको बाइलाइनमा ‘दृष्टान्तमा डोरबहादुर विष्ट र उनका आलेख’ शीर्षकको लेख छापिएको छ । त्यस्तै समाजशास्त्री एवम् प्राध्यापक डाक्टर कृष्ण भट्टचनको ‘डोरबहादुरका डोबहरु’ शीर्षकको लेख पनि सोही दिन कान्तिपुर दैनिकमा छापिएको छ । प्रा. डा. भट्टचनले मानवशास्त्री डोरबहादुर विष्टबारे लेखेका छन्, ‘बाहुनवादलाई खलनायक र आदिवासीलाई नायकको रुपमा प्राज्ञिक र व्यवहारिक रुपमा व्याख्या गर्नु डोरबहादुर विष्टको ठूलो योगदान हो ।’ त्यस्तै माघ ५ गते सौर्य दैनिक र गोरखापत्र दैनिक लगायत केही अनलाइन मिडियहरुमा पनि वेपत्ता विष्टका बारेमा फिचर/समाचार/एङ्कर न्युज छापिएको छ ।
डोरबहादुर विष्टका बारेमा के भनिन्छ भने, जब डोरबहादुर विष्टले ‘प्mयाटालिज्म एन्ड डेभलपमेन्ट’ (भाग्यवाद र विकास) नामक किताब लेखे, अनि त्यो किताब सन् १९९१ प्रकाशित भएर बजारमा गयो, तब नेपाल लगायत विदेशका ठूलठूला विद्घान भनाउ“दाहरुको पनि दिमागको बत्ती जलेको थियो ! (नकारात्मक अर्थमा) अझ विष्टको उक्त किताबकै कारण नेपालका आदिवासी जनजाति, मधेसी, दलित, महिला, मुस्लिम, पिछडिएको र उत्पीडित क्षेत्रका अगुवाहरुको पनि दिमागमा बत्ती जल्यो ! (सकरात्मक अर्थमा) अर्थात् माथि उल्लेखित जातजाति, वर्ग, क्षेत्र, लिंग आदिको अगुवाहरुले जब विष्ट बाको उक्त किताब पढे, राज्यले विगत लामो समयदेखि नियम कानुुनको पेटारो बनाएरै गरेको विभेद, खासगरी राज्यको आड भरोसामा एकल जातीय ढंगले एकपक्षले गर्दै आएको अनेक खाले विभेद, थिचोमिचो र शासनाहरुका बारेमा नेपालका आदिवासी जनजाति, मधेसी, दलित, महिला, मुस्लिम, पिछडिएको र उत्पीडित क्षेत्रका अगुवाहरु प्रष्ट भए ! यता राज्यमा एकल जातीय बर्चस्व राख्ने वर्ग र परम्रागत धारणा राख्ने राज्यपक्षका बुद्धिजीवीहरु अनि हिन्दु धर्मको आडमा पण्डित्याईँ गरेर खाने बाहनुहरुचाहिँ आगो भए । हुन त माघ ४ गते नयाँ पत्रिका दैनिकमा आलेख/लेख लेख्ने गौरव केसी र प्रणव खरेलले पनि कताकता विष्टप्रति असन्तुष्टि जनाएका हुन् कि ! भन्ने भान पार्छ । हुन सक्छ, यस विषयमा यो लेखको लेखकको बुझाईको कमीको कारणले पनि होला ! त्यस्तै बेपत्ता विष्टका बारेमा समाजशास्त्री एवम् प्राध्यापक डाक्टर कृष्ण भट्टचनको ‘डोरबहादुरका डोब’ शीर्षकको लेख पनि सोही दिन कान्तिपुर दैनिकमा छापिएको छ । उता माघ ५ गते सौर्य दैनिक र गोरखापत्र दैनिकले पनि बेपत्ता विष्टका बारेमा समाचार छापेको छ भने केही अनलाईन मिडियामा पनि विष्टका बारेमा समाचार छापिएको छ ।
विष्टको प्mयाटालिज्म एन्ड डेभलपमेन्ट नामक किताब पढेरै नेपालका आदिवासी जनजाति, मधेसी, दलित, महिला, मुस्लिम, पिछडिएको र उत्पीडित क्षेत्रका अगुवाहरु नेपालमा रहेको जातीय, भाषिक, क्षेत्रीय, लिंगीय, धार्मिक, वर्गीय आदि विभेदका विरुद्ध बुलन्द आवाज उठाउन थाले ! त्यस्तै नेपालका अनुदारवादी बाहुन क्षेत्रीहरु पनि विष्ट आपूm कालिकोटे क्षेत्री भएर पनि हिन्दु जाति प्रथा, हिन्दु धर्म, धर्मकै आधारमा गरिआएको विभेद, ऊँच–नीचको व्यवस्था र छुवाछूत, हिन्दु-हिन्दुबीचमै मन्दिर प्रवेश निषेध, आदिवासी जनजाति र दलितमा पनि मासिने र नमासिने, छोइछिटो हाल्न पर्ने र नपर्ने आदिको व्यवस्था, यही कारणले नै नेपालपछि परेको वास्तविक तस्वीर किताबमा उतारेकोमा रुष्ट थिए । ती अनुदारवादी बाहुन क्षेत्रीहरुको भाषामा भन्ने हो भने, विष्टले प्mयाटालिज्म एन्ड डेभेलोपमेन्ट किताब लेखेर नेपालमा कलहको बिऊ रोपे !

त्यसो त डोरबहादुर विष्टले त्यसअघि नै सन् १९६७ मा ‘पिपल अफ नेपाल’ (नेपालका मानिस÷मान्छेहरु) नामक किताब लेखेर प्रकाशित गरीसकेका थिए । उक्त किताबले नै डोरबहादुर विष्टको क्षमता र विद्धता विश्वभरि फैलिसकेको थियो भने उनको अगाडि मै हु“ भन्ने गोरा, खासगरी नेपालीहरुले केही गर्नै सक्दैनन् भन्ने मानसिकता बोकेका पश्चिमाहरु (जसरी हाल नेपालमा बाहुनबाहेक अरुले केही गर्नै सक्दैनन् । किनभने उनीहरुमा क्षमतै छैन !? भन्ने एक खालको अतिवादी र जबरजस्त सोचाई भएका बाहुन कमरेडहरु जो छन्, उनीहरु आफूलाई मात्रै अति जान्ने सुन्ने (अजासु) ठान्छन् ।) त्यसरी नै पश्चिमा गोराहरुले पनि नेपालीहरु केही गर्न सक्दैनन् भन्ने ठान्दथे÷ठान्छन् । तापनि डोरको उक्त किताब पढेपछि पश्चिमा ठूला विद्घान भनाउँदाहरु पनि पानीपानी भएका थिए !
विष्टले लेखेको ‘सबै जातको फूलबारी’ नामक किताबको परिचय लेख्ने क्रममा स्वर्गीय डाक्टर हर्क गुरुङले त्यो बेला ‘पिपल अफ नेपाल’ प्रकाशित हुनु दुई कारणले नौलो संस्कार भएको लेखेका छन् । उनका अनुसार ‘पहिलो, त्यस किताबको प्रकाशक सूचना विभाग थियो । त्यस बेला श्री ५ को सरकारको नीति नै ‘एक देश, एक भेष, एक धर्म, एक भाषा’ भन्ने थियो । त्यस्तो एकलौटी संस्कृतिको पैरवी गर्ने राज्य व्यवस्थाले पनि जातीय विविधता दर्शाउने सो किताब छाप्नु एउटा उदेकको कुरा थियो । दोस्रो, लेखक आपूm कालीकोटे छेत्री भएर पनि नेपालका आदिवासी जनजातिबारे अति संवेदनशील हुनु अनौठो धारणा थियो ।’ प्रस्टसँग भन्दा ‘सबै जातको फूलबारी’ नामक किताब नै सायद पहिलो होला, जहा“ प्रस्टैसंँग लेखकले ‘पा“चौं संस्करणसम्म प्रकाशित हुँदा पनि आपूmले नेपालका खसहरु सबै नै बाहुन, छेत्री र ठकुरीभित्र समावेश भइसकेको ठहर्याएर खस बाहुन/खस छेत्री संयुक्त शब्दलाई चलनचल्तीमा ल्याइएछ । खसानतर्फको अनुसन्धानमा गएको बेला भेटिएका खसहरुले आफूहरुलाई मतवाली छेत्री भनी परिचय दिंँदा बिना छलफल त्यस शब्दलाई उतारेर बाहुन/छेत्रीको अध्यायभित्र हुलेपछि काम पूरा भएको ठान्ने अपराध गरिएछ । खसहरुलाई अलग अध्यायमा राखेर पूरा विवरण दिनुपर्ने आवश्यक्ता नभएको ठानिएछ ।’ भनी आपूmबाट खसहरुमाथि भएको अन्याय/गल्तीलाई लेखक डोरले क्षमायाचना शीर्षकमा अलग्गै कलम चलाएर स्वीकारेका छन् । साथै छैठौं संस्करणदेखि खसहरुका सम्बन्धमा ‘हामी खस’ भनी अलग्गै शीर्षक (पान-११) राखेर खसहरुबारे लेखेका छन् ।

वास्तमै ‘सबै जातको फूलबारी’ नामक किताब दलित, खस लगायत नेपालका धेरै आदिवासी जनजातिहरुका लागि संजीवनी बुटी नै सावित भएको छ । त्यस्तै मध्ये एक हो, हाल कथित् राई जाति भनी चिनिएका र, एक पक्षले जबरजस्ती अझै पनि राई भनेरै चिनाउन खोजिएको २८ भन्दा बढी किराती जातिहरुका बारेमा डोरले लेखेको ‘हामी किरा“ती-राई’ शीर्षकको लेख, पाना-५ । उक्त लेखमा लेखक डोरले लेखेका छन्, ‘राई भन्ने खास गरी कुनै जातिको नाम भने होइन । यो त गाउ“का ठालू वा मुखिया जनाउने शब्द मात्र हो । माझ किरा“तमा धेरैजसो राईहरु आपूmलाई जिमी वा जिमीनदार भन्ने गर्दछन्, तापनि राई शब्द बढी प्रचलनमा आउ“दैछ । सुरुमा बाहुनलाई पण्डित, नेवारलाई साहुजी, राणा र ठकुरीलाई बाबुसाहेब, अरु छेत्रीलाई काजी, लिम्बु र थकालीलाई सुब्बा, तामाङ र हिमालीलाई लामा, आदि शब्दले सम्मानपूर्वक सम्बोधन गरेजस्तै मात्र थियो ।’ भनी लेखेका छन भने, पाना-९ मा ‘यहा“को सबै जग्गा केही वर्षअघिसम्म राईको किपट थियो । यहाँ“का किपटिया राईबाहेक अरु ठाउ“बाट बस्न आएका राई हुन् वा अरु जोसुकै जातका हुन् तिनलाई ‘रैती’ भन्ने चलन थियो । किपटिया राईहरुले जग्गाको नापअनुसारको तिरो नतिरी सबैले बराबरी घरधुरीको तिरो तिर्ने चलन थियो । त्यसले गर्दा थोरै जग्गा हुने किपटिया ‘राई’लाई मर्का परेको थियो । त्यसैले ‘राई’ पद खारेज हुँदा ‘राई’हरु नै खुशी थिए ।’ भनी लेखेका छन् । आज देशमा डोरबहादर विष्ट जीवितै भएको भए ! वा वेपत्ता नभएको भए नेपालको वर्तमान डावाँडोल राजनीतिलाई सही दिशामा डोर्याउन अवश्य नै केही न केही भूमिका खल्थे कि ? भन्ने यो लेख लेख्ने लेखकको आशय हो । kehinajannekulung@gmail.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार