कपुरीको समाचार, कुलुङको कलंकहरु र सत्यको जित हुने त्यो दिन

  निनाम कुलुङ ‘मंगले’
322 Shares

गत माघ १३, २०७५ को मितिमा धरानबाट प्रकाशित हुने अनलाइन पोर्टल ‘कपुरी न्युज’मा ‘धरान घोषणा जारी गर्दै कुलुङ राईहरुको महाधिवेशन सकियो, राई जातिभित्रकै एक थरी भाषी भएको स्वीकार’ शीर्षकमा कुलुङ राई संघ ! को दोस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको सम्बन्धमा बिना बाईलाइन (कपुरी न्युज आपैmको !) को समाचार छापिएको रहेछ । जे होस्, समाचारमा जनाइएअनुसार उक्त महाधिवेशनले ११ बुँदे घोषणापत्र पनि जारी गरेछ । त्यस्तै १३ सदस्यीय केन्द्रीय कार्यसमिति पनि निर्विरोध रुपमा चयन गरिए छ । जुन समाचार सुन्दा/पढ्दा राम्रो हो भन्न सकिन्छ ।
तर, सो समाचारले कुलुङ समुदायमा भ्रम छर्ने काम गरेको देखिन्छ भने अरु खासगरी कुलुङ विरोधी वा भनौं जातीय स्वपहिचान भए पनि राई हुने, संभव भएसम्म राईको नाममा व्यक्तिगत रुपमा फाइदा लिने, कथित् राई जातिको नामममा भेटेसम्म विदेशी दातहरु र आइएनजिओको पैसा खाने जस्तै जाइका, सिसिओ, डिफिड, जिटिजेड, नर्वेजियन फन्ड, युएस एड, युके एड आदि अनि आदिवासी जनजाति प्रतिष्ठान, त्यस्तै किराती मूलका र, विदेशी सेनामा कार्यरत तथा भूपू सेना, विदेशीमा रगत पसिना बगाउन गएका किराती मूलका कामदार दाजुभाई तथा दिदीबहिनीहरु नेपाल सरकारको निजामती सेवामा कार्यरत किराती मूलका कर्मचारीहरु, प्रा. डा.हरु, शिक्षक लगायत अन्य किरातीहरुसँग कथित् राई जातिको नाममा पैसा उठाएर खाने र मोजमस्ती गर्ने केही राई सर राईनी म्याडमहरु त खुसी मात्रै होइन, धेरै नै खुसी भए होलान् ! खासगरी कथित् राई जातिको नाममा खुलेको राई यायोक्खा नामक एनजिओ, समाज कल्याण परिषद दर्ता नम्बर २६५६ का हर्ताकर्ता राई सर राईनी म्याडमहरु । निश्चय नै उनीलाई भने माथिको कपुरी अनलाइनको समाचारले ‘मुतको न्यानो’ दिलायो ।
हुन त कथित् राई जातिको नाममा खुलेको राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर २६५६) का हर्ताकर्ता राई सर राईनी म्याडमहरुले चलाएको वा उनीहरु नजिक रहेका व्यक्तिहरुले चलाएको अनलाईन पोर्टलमध्ये लयाँ पेजमा पनि आएको छ । त्यसो त नयाँ पेज अनलाइन चलाउने राजेश राई कमरेड पनि … हुन् । त्यसैले कुलुङ समुदायको इतिहासमा बन्ने क्रममा यी राई कमरेडको पनि मूल्यांकन होला नै । यी बाहेक अन्य अनलाइनमा आजका मिति (२०७५, माघ २२ गते) सम्म छापिएको छैन ।
जे सुकै होस्, अन्तिममा मकरध्वज,दोर्पध्वज, डिबी, राजेश, भुपध्वोज लगायत अन्य राई हौं भन्ने कपुतहरुले नबुझे पनि … कथित् राई जातिको नाममा कुलुङ समुदायमा फुट ल्याउन सकिन्छ कि ? भनेर कन्धनी कसेर लागेका र, भेटेसम्म राईको नाममा पैसा खान र बेलायती सेना, सिंगापुर प्रहरी, ब्रुनाइको राजप्रासाद आदिमा सेवारत रहेका र भूपू भएका किरातीहरु र, वैदेशिक रोजगारीमा गएर पसिना बगाइरहेका अन्य किरातीहरुसँग कथित् राई जातिको नाममा पैसा उठाएर मोजमस्ती गर्न पल्केका राई यायोक्खा नामक एनजिओ समाज कल्याण परिषद दर्ता नम्बर २६५६ का (केही सबै राई भन्नेहरु होइनन्) हुन पनि जानी नजानी वा भनौं थाहा भएर वा नभएर हाल धेरै भन्दा धेरै किरातीहरु राई भन्न वा भनौं भनिन चाहने छन् । तर, त्यस्ता राई सर राईनी म्याडमहरुले राई जात वा जाति नभएर पदवी वा पगरी मात्रै हो भन्नेमा सहमत हुनै पर्ने दिन एक दिन अवश्य आउँछ भन्ने थाहा पाएका छन् कि छैनन् कुन्नी ?
हुन सम्बन्धित अनलाइन (कपुरी न्युज) मा नै १५ गते यो पंक्तिकारले यो लेख पठाएको हो । तर, १८ माघसम्म पनि नछापिएपछि उक्त अनलाइनका अध्यक्ष तथा प्रबन्धक निर्देशक कमरेड मातृका प्रसाद नेपाललाई यसबारेमा सूिचत गरिएपछि मात्रै १९ माघमा बल्ल छापियो । त्यसमा पनि आपूm अनुकूल बनाउँदा धेरै कुरोहरु छुट्यो । सायद भन्न खोजिएको कुरो पनि पाठकले बुभ्mनेन् । पाठकहरुमाझ प्रस्ट भएन । हुन त कुलुङ समुदायका अगुवाहरुले विसं २०५७÷२०५८देखि सुरु गरेको कुलुङ जातिको सूचीकराको आन्दोलन, पछि बाहिङ लोहोरुङ, चाम्लिङ, नाछिरिङ (बाकुलोचाना) पाँच किरातीहरुको संयुक्त आन्दोलन आदिको बखान त्यसै पनि लामो हुने भो । त्यसैले कपुरीको लेख रचना पेजको स्थान अभाव र छाँटकाँट गर्नै पर्ने वाध्यताहरु पनि थिए होलान् । तसर्थ, लामो लेखलाई छोटो बनाउँदा यस्तो हुने नै भो । त्यसैले सगरमाथा अनलाइनमा फेरि पठाएको छु आशा प्रकाशित हुने छ । जे भए पनि ‘कपुरी न्युज अनलाइन पोर्टल’का अध्यक्ष तथा प्रबन्धक निर्देशक कमरेड मातृका प्रसाद नेपाललाई धेरै धेरै धन्यवाद छ । किनभने, यो पंक्तिकारले त्यसबारेमा सूचीत गरेपछि ‘–म हेर्छु । छलफल गर्छु । आज वा भोलि छापिन्छ । बहस, छलफल हुनु राम्रो हो । फटाहाहरुको कुनै जात र वर्ग हुँदैन …. ’ भनेर वचन दिनु भो । र, छापियो पनि । तापनि ‘कपुरी न्युज अनलाइन पोर्टल’का अध्यक्ष तथा प्रबन्धक निर्देशक कमरेड मातृका प्रसाद नेपाल एक्लै आर्य समूहका पर्नुभो । बाँकी सबै राई ! नै राई राई !! त्यस्तो राईहरुको जंगलभित्रबाट धन्य नेपाल कमरेडले त्यति भए पनि गर्नसक्नु भो (यो मेरो अनुमान मात्रै हो) । त्यसैले राज्य, राई यायोक्खा नाम एनजिओ लगायत तीन–चारतिरबाट उत्पीडित तथा बहिस्कृत र राईकरणमा पर्न वाध्य कुलुङ लगायत सम्पूर्ण किरातीहरुको तर्पmबाट मातृका प्रसाद नेपाल कमरेडलाई धेरैधेरै धन्यवाद छ ।
किनभने सो लेखले कुलुङ के हो राई के हो ? भनी वास्तवमै नबुझेका विज्ञ पाठकहरुका साथै राई के हो ? कुलुङ के हो ?, बाहिङ के हो, बान्तावा के हो ? याम्फु के हो ?, आठपहरिया के हो ? समाम्पाङ के हो ?, मेवाहाङ के हो ? भनी नबुझेका वा भनौं प्रस्ट नभएका अरु राई भनिने समुदायका साथी भाईहरुले पनि केही न केही बुझे भन्ने लाग्छ । वा भनौं राई के हो ? भन्नेबारेमा थोरै भए पनि बुभ्mने मौका पाए ।
तर, साँच्चै वैज्ञानिक अध्ययन गर्दा न राईको छुट्टै मातृभाषा भेटिन्छ, न ऐतिहासिक भूमि भेटिन्छ, न प्रमाणित र भर पर्दो इतिहास भेटिन्छ, न राईको आप्mनै मौलिक भेषभुषा भेटिन्छ, न राई आप्mनै मौलिक संस्कार र संस्कृति भेटिन्छ । अझ राई वंश भेटिने त कुरै भएन । अहिलेसम्म राई भनिनेहरुले राईको भन्दै बान्तावा जातिको भेषभुषा र संस्कार, संस्कृति अपनाएको देखिन्छ । खासगरी काठमाण्डौको टुँडीखेल लगायत अन्य सहर बजारका सार्वजनिक ठाउँमाहरुमा चण्डी नाच भन्दै उफ्रीपाप्m्री गर्ने राईहरुले (बान्तवा, चाम्लिङ लगायत केही किरातीहरुले साकेवा÷साकेला÷साकेन्वा भन्छन्) बान्तावा र चाम्लिङ जातिको भेषभुषा र संस्कार, संस्कृति अपनाएको देखिन्छ । मैले भनेको कुरा सही हो, होइन भनी परिक्षण गर्नलाई जो कोही जिज्ञासुले राई भनी काठमाण्डौको टुँडीखेल लगायत अन्य सहर बजारका सार्वजनिक ठाउँमाहरुमा उफ्रीपाप्m्री गर्ने राईहरुलाई सोध्नु होला ।
त्यसैले कथित् राई जातिको नाममा पैसामा उठाएर मोजमस्ती गर्न पल्केका राई यायोक्खा नामक एनजिओ समाज कल्याण परिषद दर्ता नम्बर २६५६ का केही राई सर र राईनी म्याडमहरुको ताहुर माहुर गर्ने दिन अब धेरै छैन ।
अनि यो ताहुर माहुर कहिलेसम्म हो ? किनभने राई यायोक्खा नामक एनजिओले जत्ति नै पैसा पेलेर कुलुङ समुदायका अगुवाहरुलाई सिध्याउने सपना देखे तापनि भोलि पैसा खानका लागि राई बनेका कुलुङका कपुतहरु जिल्ला–जिल्ला, क्षेत्र–क्षेत्र, गाउँ–गाउँ, वडा–वडा, टोल–टोलमा गएर आप्mनो संगठन बनाउन सक्ने होइन । प्रचारप्रसार गर्न सक्ने होइन । त्यसैले कथित् राई जाति र राई संघवालाहरुले आगामी जनगणना (विसं २०७८) मा राई लेख्ने अभियान पनि पानीको फोका मात्रै हुन्छ । बरु विसं २०६८ मा थोरै देखिएका आठपहरिया, बाहिङ, खालिङ, मेवाहाङ, चाम्लिङ, साम्पाङ, लोहोरुङ, थुलुङ, नाछिरिङ, याम्फु लगायत किरातीहरुको जनसंख्या बढ्ने पक्का छ । कुलुङ जातिको त त्यसै पनि बढ्ने नै छ । किनभने, २०६८ को जनगणनामा नै कुलुङ जातिको जनसंख्या २८ हजार ६ सय ३३ र कुलुङ मातृभाषा बोल्नेहरुको वक्तासंख्या ३३ हजार १ सय ७० जना रहेको छ । हो, यही कारणले पनि माथि नै भनेभैंm साँच्चै वैज्ञानिक अध्ययन राईको फेद न टुप्पो हुने स्थिति भएका तापनि राई यायोक्खाले निभ्ने बेलाको बत्तीको आभभास दिन छाडेको छैन ।
यहाँ सुरुमा किरातीहरुमा नामको पछाडि राई लेख्न कसरी सुरु भयो ? भन्ने बारेमा केही चर्चा गरिने छ । खासगरी भूमिसुधार ऐन र नागरिकता ऐन आएपछि हामी कुलुङहरुले मात्रै नभएर प्रायः सबै किरातीहरुले असली वा भनौं तालुकदार ‘राई !’ भन्दा ठूलो हुन नामको पछाडि राई लेख्न तँछाडमछाड गरेर लाग्यौं । यसरी जानी–नजानी हामी आपैm राईकरणको मारमा पर्याैं । अथवा भनौं त्यो बेला असली राईहरु, जसलाई त्यो बेला जिम्मावाल÷तालुकदार भनेर पनि चिनिन्थ्यिो उनीहरुभन्दा पनि ३ बित्ता अगाडि उफ्रेर नामको पछाडि “राई !” लेख्न हामफालेर लाग्यौं ! अनि अहिले आएर जातीय स्वपहिचानको संकटमा आपैm फस्यौं । नत्र भने कुनै पनि एक जाति राई ! को २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१ वटा मातृभाषा हुन्छ ? कोही पनि राई त्यस्तो छ, जसले २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१ वटा भाषामा खररर … बोल्न सकोस् ? (किराती भाषाका सम्बन्धमा एक मत नभएर भाषाविद वा भनौं विषय विज्ञपिच्छे फरकफरक तथ्यांक हुने भएकोले माथिको संख्या उल्लेख गरिएको अझ केही भाषा विज्ञले त ३३ वटासम्म किरातीहरुको भाषा रहेको मान्छन्, हाल राई भनी चिनिने) अनि राई जात र ओम्बुले÷वाम्बुले, दुमी, कोयु, देवास आदि आदिचाहिँ थर हो भने कसरी ओम्बुले÷वाम्बुले÷ओम्बुले÷वाम्बुलेबीच विवाह हुन्छ ? , दुमी÷दुमीबीच विवाह हुन्छ ? , कोयु÷कोयुबीच विवाह हुन्छ ? के राई जातै हो, जसले राई होइन भन्दैछ, उसको नागरिकतामा मात्रै होइन, तीनपुस्तेमा समेत राई छ ! भन्ने राई बमरेडहरु पशु समान हुन् ? उनीहरुले चित्त बुभ्mदो जवाफ देलान् नै ।
जे भए तापनि विसं २०२१ सालको भूमिसुधार ऐन आएपछि र, खासगरी यो ऐन विसं २०२८÷२०२९ देखि विसं २०३४÷२०३५ ताका जोडतोडका साथ गाउँ–गाउँमा लागू भयो भने, विसं २०५१ मा पूर्ण रुपमा लागू भयो । र, यसरी भूमिसुधार लागू हुने अन्तिम जिल्लाहरुमा संखुवासभा लगायतका केही जिल्लाहरु थियो । स्मरण रहोस्, भूमिसुधार ऐन लागू हुनु अघिसम्म तालुकवाला ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ ‘देवान’ आदिको मातहतमा रहेको जग्गा–जमीन अब रैती÷ढाक्रेहरुको नाममा नामसारी हुन थाल्यो । यसरी जग्गा–जमीन रैती÷ढाक्रेहरुको नाममा नामसारी गर्दा उनीहरुको नामको पछाडि के लेख्ने ? भनी ठूलो गलफत्ती भयो ।
यसै सन्दर्भमा यहाँ भोजपुरका डाक्टर शिवकुमार राई, जो विसं २०६४ को पहिलो संविधानसभाको निर्वाचनपछि बनेको माओवादीको सरकारको पालामा राष्ट्रिय योजना आयोगको सदस्य पनि भएका थिए, उनका अनुसार (उनले मलाई यो कुरो सन् २००७ को आदिवासी दशकको अवसरमा काठमाण्डौस्थित होटल मल्लमा भएको कार्यक्रममा औपचारिक कार्यक्रम सकिएर ‘प्mलोर डिस्कसन ओपन’ भएपछि मैले “राई जात होइन राईलाई जात मान्दा २२÷२३ भन्दा बढी किराती जातिहरुको जातीय अस्तित्व र स्वपहिचान संकटमा परेको छ” भनी कुरो उठाएको थिएँ । त्यसपछिको लन्च ब्रेकमा म बसेको ठाऊँमा शिवकुमार राई स्वयम् आएर माथि उल्लेखित कुरो उनले मलाई तपाईँले साह्रै राम्रो प्रश्न उठाउनु भो भाई तर, … भनी बताएका थिए) बुबा पनि ठूला राई थिए भनी बताएका थिए । उनका अनुसार उनका बुबाले आप्mना रैती÷ढाक्रेहरुलाई कुनै हालतमा राई ! लेख्न दिन्न !! भनी अड्डी कसेका थिए रे । ६÷७ दिनसम्म त पञ्च–भलाद्मीहरुको बैठक÷भेला नै बस्यो । अन्तमा केही सीप नलागेपछि ती ठूला राई ! ले आप्mना रैतीहरुलाई पनि राई लेख्न दिन सहमत भए !!! विचरा ठूलो राई भनेर के गर्नु ? आपूm जत्ति ठूलो राई ! भए पनि भूमिसुधार ऐन आएसँगै आप्mनो हुँदाखाँदाको राई ! पदवी÷पगरी खुस्केको पत्तै भएन् !!!
यसरी खाईपाई आएको राई पदवी÷पगरी खुस्केको राई केवल एकजना डाक्टर शिवकुमार राईका बुबा मात्रै नभएर संखुवासभा जिल्लाको पाङ्मा गाउँका भवानी लोहोरुङका बुबा गंगाप्रसाद राई ५२ पगरीको राई (ठूलो राई !) पनि थिए भने, संखुवासभाकै धुपु गाउँका डम्बर लोहोरुङका बुबा जुद्घबहादुर राई अमाली राई (कानुन हेर्ने राई !) पनि थिए । त्यस्तै हाल नेपाली साहित्य तथा गीत–संगीतमा नाम चलेका मुकारुङ खलकका बाबु–बाजे परशुराम राई पनि ५२ पगरीको ठूलो राई ! थिए । तर, दुःखको कुरा भोजपुर जिल्लाको नागी÷अन्नपूर्ण क्षेत्रका यी मुकारुङ खलकका कुनै पनि सन्तानले खुलेर यो कुरो भन्दैनन्÷बताउँदैनन् । जबकि, त्यो बेला (आपूm केटाकेटी छँदा) कहिले परशुराम राई ! को घरमा आप्mनो हजुर बा सत्यनारायणको पूजा लाउन जानु हुन्छ र, फर्केर आउँदा ठूलो–ठूलो र नरम सेल रोटी, केरा÷कोला, दही, घिऊ, चिउरा, फलफुल लगायतका कोशेली पात २÷४ जना भरियाले बोकेर ल्याउँछ अनि खान पाइएला ? भनी पर्खन्थ्यौं÷कल्पना गथ्र्यौं भनी बताउने नेपाल बाहुनहरु मैले नै काठमाण्डौमा भेटेको छु । अरु जिल्लामा पनि यस्ता राईहरु थिए । खासगरी नेपालको भगौलिक एकीकरणपछि वल्लो किरातका सुनुवारहरुले ‘मुखिया’, माझ किरातका कुलुङ लगायत अन्य किरातीहरुले ‘राई’ र पल्लो किरातका लिम्बु र लाप्चाले ‘सुब्बा’ पदवी÷पगरी पाएका थिए ।
विसं २०३३÷२०३४ पछि त अरु जात वा जातिले पनि ‘मुखिया’, ‘राई’, ‘सुब्बा’ पदवी÷पगरी पाउन थालेको देखिन्छ । मैले राई के हो ? भन्नेबारे अरु बढी प्रष्ट होस् भनेर माथि केही बढी बखान गरेँ । अब कुरो रह्यो, पैसा खाएर वा पैसा खानलाई राई ! बन्ने कुलुङे कपूतहरुको चर्चा ।
के कुलुङबाट राई बन्ने यी कपूतहरुले राईको मातृभाषा, ऐतिहासिक भूमि, संस्कार, संस्कृति, रहनसहन, भेषभुषा, चाडपर्व, पाछा, सामेइ आदि के हो ? भन्न वा भनौं नयाँ बनाउँन सक्छन् ? कि फोटोमा देखाइए जस्तै खालि राई यायोक्खा नामक एजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६) को पैसा खानलाई मात्रै राई बनेका हुन् ? तर, त्यसरी पैसा खानलाई मात्रै राई ! बनेका हुन् भने उनीहरुले आप्mनो नाम वा संस्थाको नामको अगाडि कुलुङ लेख्न पाउँदैनन् । यसका लागि अब कुलुङ समुदायका पूर्खा, अगुवा, विद्घत वर्ग, युवा, विद्यार्थी, महिला, लगायत सचेत कुलुङ जनसमुदायले डटेर लाग्नु पर्छ ।
हुन त राई भइ टोपल्ने भुपध्वज, द्रुपध्वज, मकरध्वज, डिबी सरोज, राजेश, …, …, अरु अरु कुलुङका कपूतहरुले भुपध्वज भन्ने कुलुङको कपूतलाई जसले यो पंक्तिारलाई कुलुङ समुदाय राई होयन, राई भनेको पदवी वा पगरी मात्रै हो भनेर सम्झाउने र बुझाउने गर्थे । पछि गएर उनै भुपध्वजले आची खाएर राई भए । यसरी भुपध्वज राई हुने बित्तिकै राई यायोक्खा नामक एनजिओ समाज कल्याण परिषद दर्ता नम्बर–२६५६ का हर्ताकर्ता राई सर र राईनी म्याडमहरुले मदनेश्वरी–मदनश्वरी राईको नाममा सम्मान गरेर १० हजार नगद रुपैँया पनि दिए । तर, अहिले ती भुपध्वज राईको हालत के–कस्तो छ ? ! स्वयम् राई यायोक्खा नामक एनजिओका हालका हर्ताकर्ताहरुmलाई पनि थाहा छैन होला ! यसरी सुरुमा सिक्किम भारतमा विलय गराउने क्रममा भारतीय एजेन्टहरुले जसरी काजी लेन्डुप दोर्जे (एलडी काजी) लाई चाहिनेभन्दा बढी मानसम्मान र सेवा सत्कार दिएका थिए, त्यसरी नै भुपध्वज राईलाई पनि राई यायोक्खा नामक एनजिओले मदनेश्वरी–मदनश्वरी राईको नाममा सम्मान गरेर १० हजार नगद रुपैँया पनि दिए । तर, अहिले ती भुपध्वज राईको हालत के छ ? भनी रहनु परोइन । जसरी एलडी काजीलाई भारतीय एजेन्टहरुले मिल्काए । त्यसरी नै भुपध्वज राईलाई पनि … त्यसपछि त भुपध्वज राई कुलुङ जनसमुदायमा खासगरी कुलुङु समुदायको बाक्लो वस्ती भएको ठाउँमा जाँदा त्यहाँका कुलुङ युवाहरुले लखेट्न थाले । उनले आप््mनै गृह जिल्ला सोलुखुम्बु, संखुवासभा, मोरङ, तेह्रथुम, धनकुटा, सुनसरी, (काठमाण्डौमै पनि) आदि जिल्लामा घुम्ने–डुल्ने क्रममा राम धुलाई खाए । रगतपच्छे हुनेगरी कुटाई खाए । कुटाई नखाएको ठाउँमा पनि बहिस्कृत भए । ती राई बनेका भुपध्वजको कर्तुत थाहा पाएपछि कुलुङ समुदायले छिः छिः र दूर–दूर गर्दै कतिपय ठाऊँबाट लखेटे । कतिपय ठाउँमा लछारपछार गर्दै खेदे । त्यसैले हाल राई यायोक्खाको पैसा खान राई भएका यी मकरध्वज, द्रुपध्वज, डिबी सरोज …, … , अरु राई हौंं (बुझीबुझी) भन्ने कुलुङहरुलाई स्वयम् भुपध्वजले यसबारेमा बताइ दिए राम्रो हुन्थ्यो कि !
त्यसैले क्षणिक रुपमा (फोटोमा देखाइए जस्तै) खालि राई यायोक्खा नामक एजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६) को पैसा खानलाई राई बनेकाहरुले अभैm पनि ठण्डा दिमागले सोच्दा हुन्छ । अबेला भएको छैन । हुन त डिबी सरोज भन्ने मान्छे कुलुङ संघको कार्यलय डिल्लीबजारमा हुँदा आइरहन्थे । तर, उनले कुलुङ बस्दा÷हुँदा पैसा खान नपाइने बुझेपछि राई भए । जो फोटोमा देखाइएको छ र, तस्बीरले नै धेरै कुरो बोलेको पनि छ । (हालसम्म प्रायः धेरै कुलुङ महानुभावहरुले उल्टै आप्mनै खल्तीबाट पैसा हालेर र, निशुल्क खटेर कुलुङ संघ र कुलुङ समुदायको गतिविधि चलाइरहेका छन्) यी डिबी सरोज भन्ने राई ! को त ज्ञानको भण्डार पनि अथाह नै छ ! जस्तो कि, विसं २०६९ मा संविधानसभा भंग भएपछि र आदिवासी जनजाति मूलका नेताहरुले छुट्टै राजनैतिक दल गठन गर्ने क्रममा, सामाजिक लोकतान्त्रिक पार्टी र संघीय समाजवादी पार्टी बन्ने क्रममा सुकेधारा नजिकको एसआर बैंकेटमा भएको छलफलको क्रममा उनले ‘नेपालमा ३० प्रतिशत आदिवासी जनजाति रहेको !’ भनी बोलेका थिए । मैले तत्कालै उनलाई बधाई छ है राई सर ! तपाईँको बृहद् ज्ञानको लागि भनेँ । उनले किन सर ? भनी प्रश्न गरे । मैले नेपालमा ३० प्रतिशत आदिवासी जनजाति छन् होइन त राई सर ? भनी प्रति प्रश्न गरेपछि ए … हो र ? मैले त्यसो भनेँ ? भनेर उनले प्रश्न गरेका थिए । मैले पनि तत्कालै भनेको थिएँ ‘कार्यक्रममा सबैले बोलेको रेर्कड गरिएकै छ, आप्mनो भाषण आपैmले फेरि सुने भैगो नि ! भने । त्यसपछि डिबी सरोज राई ! ले कुर्सीमै नबसी सुइँकुच्चा ठोकेका थिए ।
त्यसो त राई यायोक्खा नामक एजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६) का हर्ताकर्ता राई सर÷राईनी म्याडमहरुले पनि के गर्न खोजेका हुन् ? थाहा छैन । पक्कै पनि ‘नबजे बाँसुरी नरहे बाँस !’ गर्न त खोजेका होलान् नि ? त्यही भएर अन्तिम घिटी–घिटी हुँदासम्म पनि कुलुङेहरुको सेखी झार्न लागि परेका छन् । तर, ‘झिँगाको सरापले डिँगा मर्दैन !’ भन्ने कुरोचाँिह त्यत्रो पढालेखा हौं ! भन्ने राई सर÷राईनी म्याडमहरुले बिर्से जस्तो छ । किनभने, विसं २०६८ को राष्ट्रिय जनगणनाको तथ्यांकमा पनि कुलुङ लगायत १२ वटा किराती जातिहरुलाई अलग्गै जातिको रुपमा आउन नदिन राई यायोक्खा नामक एजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६) का हर्ताकर्ता राई सर÷राईनी म्याडमहरुले कन्धनी कसेरै लागेको होइन र ? अनि कान्तिपुर दैनिक जस्तो पत्रिकाबाट केन्द्रीय तथ्यांक विभागले पत्रकार मगाउँदा हत्त न पत्त राई यायोक्खाका हर्ताकर्ताहरुले विभिन्न ठाऊँमा लबिङ र भनसुन गरेर गणेश राईलाई पठाउन सफल भए । जो त्यो बेला राई यायोक्खाको केन्द्रीय सचिव थिए । फलतः उनले रिपोर्टिङ गर्दा केतविले कथित् ५९ जातिको मात्रै तथ्यांक बाहिर ल्याउनुपर्ने आशयको समाचार दिइरहे । त्यस्तै समाचारमा स्रोत व्यक्ति र कसैको भनाइ राख्नु परेमा पनि खालि राई यायोक्खाका मान्छेहरु र कथित् राई ! जातिको पक्षमा बोल्ने÷राई जातिको पक्षमा रहेका मान्छेहरुको मात्रै भनाइ छाप्थे । यसबारेमा म तत्कालीन महानिर्देशक उत्तमनाराण मल्ल सरलाई यो के हो सर ? यस्तो एकपक्षीय समाचार आइरहेको छ, तपाईँहरुले खण्डन गर्नु पर्दैन र सर ? भनी एकपटक सम्झाउन गएको थिएँ । उहाँले पनि लाचार हुँदै भन्नु भो, अब होस्, कुलुङजी उहाँहरुले जत्ति नै डिस्टर्ब गर्न खोजे पनि तथ्यांकमा तपाईँहरु छुट्नु हुन्न, ढुक्क हुनुहोस् । के गर्नु पाठक धेरै भएको आधारमा कान्तिपुर दैनिकबाट पत्रकार मगाएको हो । यस्तै भो … यसपटकलाई चित्त बुझाउनुस्, अर्को पटक त्यस्तो हुँदैन । फेरि आप्mनै समाचार आपैm कसरी खण्डन गर्नु …. भन्नु भएको थियो ।
जे होस्, चेतना पछाडि फर्केन भने, विसं २०७८ को १२ औं राष्ट्रिय जनगणनामा कथित् राई ! जातिवालाहरुको हालत के हुन्छ ? देखिने छ । किनभने, विसं २०६८ को जनगणनामै कम्तिमा ७ लाख ७० हजार चानचुन हुन हुनुपर्ने कथित् राई जातिको जनसंख्या २०५८ को भन्दा १५ हजार चानचुन घटेर माइनस भएको छ । त्यसैले राई यायोक्खाको पैसा खानलाई राई बनेका द्रुपध्वज, मकरध्वज डिबी सरोज, राजेश, …, …, अरु अरुहरुलाई राई बन्न दिऊँ । तर, हामी कुलुङहरुले मात्रै नभएर बाहिङ, मेहावाङ लगायतले पनि आ–आप्mनो जातीय स्वपहिचानले स्थापित हुनका लागि चिया र बिस्कुटसम्म खान नपाए पनि निरन्तर लागि रहौं, निरन्तर लागि रहौं निरन्त … निरन्तर …. नि ….
चिन्ता नगरौं कुलुङ लगायत किराती बन्धुहरु, किनकि अन्ततः जीत हाम्रै हुने छ । किनभने, पैसाका लागि राई बन्ने÷भन्ने १÷२ जना गुईये राई ! जो कुलुङको नाममा कपूतहरु हुन्, हरुलाई त्यो बेलाका महान दार्शनिक सुकरातले सत्यको पक्षमा वकालत गर्दा ‘हेमलक’ नामक विष पिएर मर्नु वाध्य भएको थाहा नपाए तापनि पैसा खुवाएर÷दिएर कुलुङ समुदायमा ‘ब्लन्डर’ गर्न सकिन्छ कि ? भन्ने ‘राई यायोक्खा !’ का राई सर राईनी म्याडहरुलाई भने अवश्य नै दार्शनिक सुकरातको विषयमा थाहा छ । त्यस्तै हो, कुलुङले सुरु गरेको जातीय स्वपहिचानको आन्दोनल पनि । जसरी सुकरातले विष पिएर मर्नुपरे पनि उनले भनेको (पृथ्वी गोलो छ भन्ने) कुरो पछि आएर सही सावित भयो, त्यस्तै कुलुङ समुदायले सुरु गरेको जातीय स्वपहिचानको आन्दोलन पनि स्थापित भएरै छाड्छ । सबैलाई चेतना भया !!!

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार