ओखलढुङ्गामा अग्नि ग्रुपको नयाँ शोरुम तथा सर्भिस सेन्टर स्थापना

133 Shares

काठमाडौं । अग्नि ग्रुपले हालै आफ्नो महिन्द्रा गाडीहरुका लागि ओखलढुङ्गामा आफ्नो आधिकारिक नयाँ शो रुमको स्थापना गरेको छ । कम्पनीको आधिकारिक शोरुमका रुपमा स्थापितरुम्जाटार अटो मोबाइल्सले यस आसपासका क्षेत्रहरुमा आफ्नो गुणस्तरीय एवं आधिकारिक सेवा प्रदान गर्ने छ ।

शो रुमको समुद्घाटन कम्पनीका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ, १ नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राई, प्रदेश नं १ का सभासद अम्बिरबाबु गुरुङ्गले गरे । उक्त समारोहमा नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, सरकारी, गैरसरकारी प्रतिनिधी एवं स्थानीय व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।
हालै स्थापना गरिएको रुम्जाटार अटोमोबाइल्सबाट जेन्यून पार्ट पाइनुका साथै, विक्री एवं विक्री पछिको सेवा प्रदान गरिने कुरा शोरुमका प्रबन्ध निर्देशक राज घलेले बताए । स्थापना गरिएको शोरुमबाट आफ्ना सम्पूर्ण रेन्जका फोरह्वील सवारी, सर्भि्सिङ्ग तथा जेन्यून स्पेयर पार्ट उपलब्ध हुने छन् । ओखलढुङ्गा स्थित नयाँ शोरुम तथा सर्भिस सेन्टरले ओखलढुङ्गा तथा आसपासका वासिन्दाहरुलाई न्यूनतम मूल्यमा कम्पनीको गुणस्तरीय सेवातथा सुविधा पाउनुहुने विश्वास कम्पनीले लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार