भोजपुरमा फ्रिवाइफाइ जोन

56 Shares

भोजपुर । भोजपुर क्याम्पसमा फ्रिवाइफाइ जोनको उद्घाटन गरिएको छ । क्याम्पस प्रशासन तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा इन्टरनेट जडान गरी क्याम्पसलाई फ्रिवाइफाइ जोन घोषणा गरिएको हो ।

आइतबार सरस्वती पूजाको अवसर पारेर जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण खड्काले इन्टरनेट फ्रि जोन उद्घाटन गरेका हुन् । क्याम्पसमा स्ववियुको सक्रियतामा भोजपुरे हातेमालो समाज बहराइन, नेपाल बैंक लिमिटेड, क्याम्पस प्रशासनको सहयोगमा इन्टरनेट सेवा विस्तार गरिएको हो ।
क्याम्पसमा इन्टरनेट सेवा जडान गरिएपछि अध्ययन अध्यापनसँगै प्रशासनिक गतिविधि सञ्चालन गर्न सहज भएको भोजपुर बहुमुखी क्याम्पस सहायक क्याम्पस प्रमुख उत्तमसिं राईले जानकारी दिए । पछिल्लो समय विश्व प्रविधिमय बनिरहेको बेला पहाडि जिल्ला भोजपुर क्याम्पसमा फ्रिवाईफाई सेवाले प्राध्यपकसँगै विद्यार्थीहरुलाई ईन्टरनेटको माध्यमबाट विभिन्न ज्ञानवद्र्धक जानकारी हासिल गरिने पनि प्रमुख राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार