सुदूरपश्चिमको भ्रमण गर्न पाउँदा गौरव लाग्छ, शुक्लाफाँटा र महाकाली पुलमा उपराष्ट्रपति [फोटोफिचर]

  मनोज घर्तीमगर
98 Shares

कञ्चनपुर । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले बाह्रसिंगे जनावरको विश्वमै ठूलो बथान देखिने शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र एशियाकै दोस्रो लामो महाकाली झोलुङ्गे पुलको भ्रमण गरेका छन् । उपराष्ट्रपति पुनले बुधबार विश्वकै ठूलो घाँसेमैदान समेत मानिने शुक्लाफाँटा र महाकाली नदि माथि बनेको झोलुङ्गे पुलको भ्रमण गरेका हुन् ।

बिहीबारदेखि पर्यटकीय क्षेत्र बेदकोट ताल परिसरमा सुरु हुने बेदकोट धार्मिक पर्यटन मेला–२०७५को उद्घाटन समारोहमा सहभागी हुन कञ्चनपुर पुग्ने क्रममा उपराष्ट्रपति पुनले विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गरेका हुन् । बेदकोट नगरपालिकाले बेदकोट भ्रमण वर्ष २०७५ अन्तर्गत बेदकोट धार्मिक पर्यटन मेला आयोजना गरेको छ ।

सुदूरपश्चिमकै पर्यटनको केन्द्र बनिरहेको झोलुङ्गे पुल भ्रमणको क्रममा उपराष्ट्रपतिलाई भीमदत्त नगरपालिकाले अभिनन्दन गरेको छ । उपराष्ट्रपति पुनले झालेङ्गे पुल वारपार गरेका थिए । झोलुङ्गे पुलले भीमदत्त र महाकाली नगरपालिकालाई जोड्ने गर्दछ ।

झोलुङ्गे पुलको अवलोकनपछि आयोजित अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले सुदूरपश्चिमको भ्रमण गर्न पाउँदा गौरव लागेको बताए । उनले शुक्लाफाँटा, महाकाली माथिको झोलुङ्गे पुल, खप्तड, घोडाघोडी यसै प्रदेशमा रहेको उल्लेख गर्नुहुँदै यी सबै सुदूरपश्चिमको समृद्धिको आधार भएको बताए । अघिल्ला समयहरुमा सुदूरपश्चिम पिछडिएको बताउनुहुँदै उनले अब सुदूरपश्चिमले समृद्ध बनेर अरु प्रदेशहरुलाई सन्देश दिनुपर्ने बताए । उनले सुदूरपश्चिमको समृद्धिका लागि सबै पक्षले हातेमालो गर्नुपर्ने बताए ।

उनको भ्रमणको क्रममा सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्ल, प्रदेशसभा सभामुख अर्जुनबहादुर थापा, प्रतिनिधिसभा सदस्य दिपक भट्ट लगायत सहभागी थिए ।

भीमदत्त नगरपालिकाले अभिनन्दन गरेपछि संबोधन गर्नुहुँदै उपराष्ट्रपति ।

स्वागत तथा अभिनन्दन कार्यक्रममा सांस्कृतिक झाँकी प्रस्तुत गर्दै राना थारु महिलाहरु ।

भीमदत्त नगरपालिकाबाट झोलुङ्गे पुलमार्फत महाकाली नगरपालिका जाँदै उपराष्ट्रपति पुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार