‘भ्यालेन्टाइन डे’मा कृष्णले मुखैले रूपालाई गुलाफ दिंदै भने ‘आइ लव यु काली’

322 Shares

काठमाडौं । कलियुगका एक उदाहरणीय जोडी रुपा मगर ओली र कृष्ण ओलीले आफ्नो प्रेम दिवस मनाएका छन् । कृष्ण ओलीले रूपालाई मुखैले गुलाबको फुल दिँदै प्रेम दिवस मनाएका हुन् ।

यो दृश्य रुपा र कृष्णको लागि भाग्यदाता बनेर आएका शिशिर भण्डारीले क्यामेरामा कैद गरि रहेका थिए । अहिले रुपा र कृष्णको लागि धेरै नै सहयोग रकम जुटेको छ, भने धेरैले सहयोग गरिरहेका छन् । अब कृष्णको खुट्टा र हात कृतिम लगाईने भएको छ । रुकुमको सानीभेरी गाउँपालिका–९ सिम्लीका कृष्ण ओली विद्युत प्राविधिक हुन् । आफ्नो घर खर्च चलाउनको लागि प्राविधिकको रुपमा कार्यतर उनी विगत ७ महिनादेखी थला परेका छन् । कृष्णका अहिले दुवै हात र बायाँ खुट्टा छैन् ।
२१ वर्षीय कृष्णको अनुहारमा झट्ट हेर्दा निकै स्वस्थ्य देखिन्छन् । तर, उनी आफ्नो उपचारको लागि नेपाल तथा भारतका विभिन्न अस्पतालमा धाउने गरेका छन् । विद्युत प्राविधिक पढेका उनी दाङ्को तुल्सीपुरमा विद्युत विस्तारको काम गर्दै आएका थिए । गत जेठ २५ गते विद्युत लाइने विस्तार गर्ने क्रममा उनलाई ११ हजार भोल्टेज क्षमताको करेन्ट लागेर कृष्णले सधैका लागि दुवै हात र एउटा खुट्टा गुमाउनु पर्याे ।

दाङ्को तुलसीपुर उपमहानगरपालिका–१४ बखरिया भन्ने ठाउँमा ग्राहकलाई विद्युतको लाइन प्रवाह गर्न पोलमा चढेको बेला करेन्ट लागेको उनि बताउँछन् । ‘एउटा पोलमा लाईन काटेर म लाइन विस्तार गर्नको लागि अर्काे पोलमा चढेर करिब–करिब तार जोड्ने काम सकिएको थियो,’ कृष्णले भने,’ ‘लाइन काटिएको ठाउँमा एक जना स्थानीय मिल सञ्चालकले विद्युतको लाइन जोडिदिएछन् एक्कासी आएको ११ हजार भोल्टेजको करेन्टले मलाई बेहोस हुँदै जमिनमा पछारिदियो ।’ उनलाई विद्युतको झड्काले जमिनमा पछारिएनन् मात्र, करेन्टले मृत्युको मुखमा लगेर छोड्यो ।
करेन्ट लागेर उनको शरिरका विभिन्न ठाउँमा गहिरो चोट लागेको थियो । त्यहाँबाट उनलाई उपचारको लागि तत्काल नेपाजगन्ज लगिएपनि त्यहाँका कुनै पनि अस्पतालमा उपचार सम्भवन भएन् । त्यसपछि उनका आफ्न्तले कृष्णलाई भारतको लखनउमा पुर्याएका थिए । लखनउमा उनको १८ दिनसम्म उपचार भयो। त्यसपछि काठमाडौं ल्याएको थियो । लखनउमा ५० लाख र नेपालका विभिन्न अस्पतालमा गरेर २० लाख गरेर ७० लाख रुपैयाँ खर्च भएको कृष्णले बताए ।

उनी सानै हुँदा बुवाआमाको मायाबाट अलग भएका थिए । कृष्णको बुबाले अर्की श्रीमती ल्याएर लामो समयदेखी भारतमा बस्दै आएका छन्, भने आमा पनि अर्कैसँग विवाह गरेर गएपछि उनी मामा घरकी हजुरआमासँग बस्दै आएका छन् । घरको आर्थिक अवस्था निकै कम्जोर रहेका कृष्णलाई अहिलेसम्म ६० लाख ऋण लागेको छ । आफ्नो उपचारको लागि अझै पनि ६० लाख रुपैयाँ चाहिने उनको भनाई छ ।
कृष्णले एक वर्ष पहिले मात्र विवाह गरेका थिए । उनको त्यो घटना विवाह भएको ठिक वर्ष वितेको दिनमा भएको हो । अहिले कृष्ण आफ्नी पत्नी रुपाको सहायताले खाना खाने तथा शौच गर्दै आएका छन् । सुन्दर जीवन र सपनाका चाङ बोकेका २१ वर्षीय कृष्णको दैनिकी जेठ महिलादेखी बेडमा सुस्ताएको छ । उनले आफ्ना हात र खुट्टा जोड्नको लागि सबैसँग सहयोग मागिरहेका छन् ।
ऋण सापट गरेर इलेक्ट्रिक सबइञ्जिनियर पढेका कृष्णको सपना आफु विद्युत प्राविधिक बनेर पैसा कमाई पत्नी रुपालाई स्टापनर्स बनाउने थियो । ‘मेरो लागि नै उहाँले काम सुरु गर्नुभएको हो, मलाई स्टापनर्स बनाउको लागि आवश्यक पर्ने पैसा कमाउनको लागि एक महिना अघि मात्र काम सुरु गर्नुभएको थियो,’ रुपाले भनिन्, ‘तर हामीलाई भगवानले नै हाम्रो सपना पुरा हुन दिएनन् ।’

‘ग्रान्डी इन्टरनेशनल हस्पिटलका डाक्टरले हात खुट्टा जोड्न मिल्छ भन्नुभएको छ तर आर्थिक अभावले गर्दा समस्या भएको छ,’ उनले थपिन, अब ५० लाख भए हात खुट्टा जोड्न मिल्ने थियो तर मुश्किल छ ।’ कृष्णको यस्तो अवस्थाको बारेमा रुपाका माइतीमा जानकारी पाएपछि उनलाई अब अरुसँग विवाह गर भन्दै दवाव समेत आउने गरेको उनले बताइन् ।
‘म कृष्णलाई अजम्बरी साथ दिने वाचा गरेर आएको हुँ,’ उनी भक्कानिदै भनिन्, ‘म उहाँलाई छोडेर कतै जान्न, उहाँलाई अब झन मेरो अवश्यकता छ’ गाउँलेहरुले गर्ने कुरा, माइतीबाट आउने दवाव र कृष्णको अवस्था सबैका सामुपनि रुपा जसोतसो सम्हालिने प्रयास गर्छीन् । अहिले यिनै मायालु प्रेम जोडिको मायाका कारण सबैले गरेको आर्थिक सहयोगले कृष्णको हात र खुट्टा लगाउन पुग्ने पैसा जम्मा भैसकेको छ । कृष्णको उपचारको लागि पुग्ने रकम भएपछि उनीहरुले हाललाई आर्थिक सहयोग लिन बन्द गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार