काश्मिर पुलवामा आत्माघाती विष्फोट, ४४ सि.आर .पि सैनिकको मृत्यु

91 Shares

नयाँ दिल्ली । भारत प्रशासित काश्मिरमा सरकारी सुरक्षा फौजलाई लक्षित गरी बिहीबार स्थानीय समय अनुसार ३.१३ मिनेटमा गरिएको आक्रमणमा परी कम्तिमा ४४ जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ ।

काश्मिरको प्रमुख शहरबाट करिब २० किलोमिटर टाढा पुलवामा राजमार्गमा भारतीय पसि.आर.पि.जवान सवार गाडीलाई लक्षित गरि स्करपओि कारले सैनिक जवान सवार गाडीमा ठक्कर दिंदा सो गाडी बिस्फोट भई गाडी क्षत विक्षत भएको थियो । सो राजमार्गमा ७८ वटा सैनिकमा गाडीमा २५ सय भन्दा बढी भारतीय सैनिकहरू गाडीमा सवार थिए । सो बिस्फोटमा थप १२ जनभन्दा सैनिकहरु घाईटे भएको भारतीय मिडियाहरुले प्रत्यक्ष प्रसारण गरेको छ । सो विस्फोट,मोहम्मद इस्लामिक समूहले अहमद खानले जिम्मेवारी लिएको छ भारतीय गुप्तचर संस्थाले एएफपीलाई बताए ।

भारतीय समाचार संस्था पीटीआईले उक्त आक्रमणबाट ४४ जना सुरक्षाकर्मीको मृत्यु भएको बताएको छ ।

आक्रमणमा परी केही सुरक्षाकर्मी घाइते भएका भएपनि उनीहरूलाई घटनास्थलबाट तत्काल उपचारका लागि अस्पताल पठाइएको छ ।

स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार घटनाको पाकिस्तानमा सक्रिय जैस–ए– मोहम्मद इस्लामिक समूहले जिम्मेवारी लिएको छ । समूहका प्रवक्ताले घटनाको पुष्टि गर्दै “भारतीय सैनिकलाई लक्षित गरी भएको आत्मघाती आक्रमणमा आफ्नो वाकास कमाण्डो भनिने आदिल अहमदले गराएको उनी जैस–ए– मोहम्मद इस्लामिक समूहका लडाकू रहेको” स्थानीय सञ्चारमाध्यमलाई पठाइएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यो भारतीय सुरक्षाकर्मीमाथि विगत दुई बर्षमा भएको सबैभन्दा ठुलो आक्रमण हो । भारतको काश्मिरमा करिब पाँच लाख सैनिक कार्यरत छन् भने उक्त स्थानमा सन् १९४७ मा बेलायत भारतबाट फर्केपछि पाकिस्तान र भारतबीच सीमा विवादका कारण भएको विवादका कारण प्राय अशान्त रहँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार