चार नेपाली राजदूतले लिए सपथ

182 Shares

काठमाडौं । विभिन्न चार देशका राजदूतले सोमबार सपथ लिएका छन् । संयुक्त अरब इमिरेट्सका राजदूत कृष्णप्रसाद ढकाल, मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे, कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी र फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएका हुन् ।

सपथ कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत सरकारका उच्च पदस्थ अधिकारीहरु सहभागी थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार