दोलखाको जीरीमा गाउँपालिका महासंघको अधिवेशन शुरु

77 Shares

जिरी । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल प्रदेश नं ३ को अधिवेशन सोमबारबाट शुरु भएको छ । अधिवेशनको उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले दोलखाको तामाकोशी गाउँपालिकास्थित किर्नेटारमा उद्घाटन गरेका थिए ।

कार्यक्रममा रक्षामन्त्री पोखरेले छिटो कानून बनाएर सरकार अघि बढेको बताए । “कानून बनाउने विधि छ, त्यसको आफ्नै प्रक्रिया पनि रहेका छन्,” मन्त्री पोखरेलले भने, “सरकारले कानून बनाएर प्रस्तुत गर्ने मात्र हो, त्यसलाई संसद्ले अनुमोदन गर्नुपर्छ ।”
उनले स्थानीय, प्रदेश र सङ्घ गरी तीन तहका ७५३ वटा सरकारका बारेमा संविधानले अनुसूचीमा प्रस्टसँग काम, कर्तव्य किटान गरिदिएको भए पनि किटान गरिएका कामलाई कार्यान्वयन गर्न कानून नबनेका कारण सबै तहलाई सन्तुलनमा राख्न समस्या परेको बताए ।
अधिवेशनमा प्रदेशका १० जिल्लाका ७४ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र गाउँसभा सदस्य गरी २२२ प्रतिनिधि सहभागी छन् । अधिवेशनले नेतृत्व छनोट प्रक्रियाको निरन्तरता दिने क्रममा सहजीकरण समितिबाट नवनिर्वाचित पदाधिकारीको घोषणा र तामाकोशी घोषणापत्र जारी गर्ने कार्यक्रम रहेकोे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार