राई यायोक्खा नामक एनजिओको तुजुक र १६ बुँदमा नपरेको कुरो

Facebook Debugger

यो पंक्तिकारले गत फागुन १८, १९ र २० गते सुनसरी जिल्लाको धरानमा कथित् राई जातिको नाममा खुलेको ‘राई यायोक्खा नामक एनजिओ’ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६) को १० औं महाधिवेशन सुरु नहुँदै राई यायोक्खाले आप्mनो (राई ! को) मौलिक भाषामा नाम तय गरोस् भनी यसै सगरमाथा अनलाइनमा २०७५, फागुन १८ गते मेरो ‘हराएका ९ लाख किरात र राई यायोक्खा नामक एनजिओको १० औं महाधिवेसशन’ शीर्षकको लेखमा आग्रह गरेको थियो ।
तर, राई यायोक्खा नामक एनजिओको १० औं महाधिवेशनपछि जारी गरिएको १६ बुँदे घोषणापत्र हेर्दा नयाँ चुनिएर आएका राई सर राईनी म्याडमहरुले आप्mनो (राई यायोक्खा नामक एनजिओको (राई ! को) मौलिक भाषामा नाम तय गरेन भन्ने देखियो । यसले भोलि गएर राई यायोक्खालाई नामको ठूलो संकट आउने देखिन्छ । किनभने, हालसम्म त बान्तावा जातिहरुले आप्mनो भाषाको शब्द ‘यायोक्खा’ कथित् राई जातिको नाममा खुलेको राई यायोक्खा नामक एनजिओलाई प्रयोग गर्न दिएको छ । तर, भोलिका दिनमा बान्तावा जातिका अगुवा वा कोही ए, बी, सी, डी, … बान्तावाले अबदेखि हाम्रो भाषाको शब्द ‘यायोक्खा’ तिमीहरुको नामको रुपमा प्रयोग गर्न दिन्नौं भनेमा राई यायोक्खाका हालका हर्ताकर्ताहरुले के गर्ने हुन् ? हुन पनि आजको जस्तो जातीय स्वपहिचान, भाषा, लिपि, साहित्य, मौलिक भेषभुषा, रहनसहन, चाडपर्व आदि प्रति विश्वमै जनचेतना बढी रहेको के हो ? कसो हो ? भनी खोजी भैरहेको अवस्थामा ‘राई जात वा जाति नै हो । जसले राई जात होइन भन्दैछ, उसको नागरिकतामा मात्रै होइन, तीनपुस्तेमा समेत राई छ !’ भन्दै हिँड्ने राई सर राईनी म्याडमहरुले भने राईको भन्दै बान्तावा जातिको भाषा, भेषभुषा, रहनसहन र चाडपर्व आदिलाई अपनाएको वा अरुलाई पनि अपनाउन लगाएको देखिन्छ । खासगरी भेषभुषा र चाडपर्वको कुरोमा यो कुरो प्रस्टसँग देखिन्छ ।
तर, यो कुलुङे ढाक्रेको सल्लाह वा सुझाव मानेर महाधिवेशनले कथित् राई जातिका बारेमा वैज्ञानिक अध्ययन गरेर राईको छुट्टै मातृभाषा, ऐतिहासिक भूमि, प्रमाणित र भर पर्दो इतिहास, राईको आप्mनै मौलिक भेषभुषा, मौलिक संस्कार र संस्कृति पत्ता लगाउन वा भनौं राईको ‘युनिक’ पहिचान यो हो ! भनी भन्न सक्नु पथ्र्याे । अझ राईको वंश को हो ? किन अहिलेसम्म राई भनिनेहरुले राईको भन्दै बान्तावा जातिको भेषभुषा र संस्कार, संस्कृति अपनाएको हो ? खासगरी काठमाण्डौको टुँडीखेल लगायत अन्य सहरबजारका सार्वजनिक ठाउँहरुमा उफ्रीपाप्m्री गर्दा यही देखिन्छ । र, यो उप्रीपाफ्री कहिलेसम्म हो ? भोलि बान्तावा जातिले हाम्रो भेषभुषा, संस्कार, संस्कृति कथित् राई जातिलाई प्रयोग गर्न दिन्नौं भनेमा के गर्ने दीर्घकालीन सोच राखेर महाधिवेशन हलमा प्रस्तुत गर्नु पथ्र्यो । तर, राई यायोक्खा नामक एनजिओका हर्ताकर्ता राई सर सर राईनी म्याडमहरुले यो कुलुङे ढाक्रेको सुझावलाई खेलाची ठाने । तर, राई यायोक्खाका हर्ताकर्ता राई सर राईनी म्याडमहरुलाई यो संकट एक दिन अवश्य नै आउने छ ।
अर्को भनेको विसं २०४७ देखि संस्था दर्ता ऐन–२०३४ अन्तर्गत खुलेको ‘राई यायोक्खा नामक एनजिओ’को १० औं महाधिवेशनले सर्वप्रथम किराती समुदायभित्रका कुलुङ लगायत २८ (राई यायोक्खाका हर्ताकर्ताहरुका भनाइअनसुार भाषिक संस्था) भन्दा बढी किराती जातिहरुलाई विगत २८÷२९ वर्षदेखि कथित् राई जातिको नाममा भाषिक, सांस्कृतिक, मानवअधिकार, मौलिक हक, भेषभुषा, सहभागिता, सूचना र सञ्चार, शिक्षा आदि क्षेत्रमा सहभागी हुनबाट वञ्चित र दलनमलन गर्दै आएकोमा सबैभन्दा पहिले क्षमायाचना गर्नुपर्ने थियो । तर, सम्मेलनपछि राई यायोक्खाले जारी गरेको १६ बुँदे घोषणापत्रमा सो कुरो कतै उल्लेख भएको देखिएन । उल्टै बुँदा नम्बर–५ मा उल्लेख भएअनुसार ‘आगामी विसं २०७८ को राष्ट्रिय जनगणनामा पनि विसं २०६८ मा जस्तै कुलुङ, बाहिङ, मेवाहाङ, चाम्लिङ, साम्पाङ, लोहोरुङ, नाछिरिङ, आठपहरिया, खालिङ, थुलुङ, बान्तावा, याम्फु लगायत किरातीहरुको टाउकामा राईको सिङको भारी बोकाउने प्रयास गर्ने अरे ! अर्थात् राई लेखाउने अरे ।’
माथिको ‘आगामी विसं २०७८ को राष्ट्रिय जनगणनामा पनि विसं २०६८ मा जस्तै कुलुङ, बाहिङ, मेवाहाङ, चाम्लिङ, साम्पाङ, लोहोरुङ, नाछिरिङ, आठपहरिया, खालिङ, थुलुङ, बान्तावा, याम्फु लगायत किरातीहरुको टाउकामा राईको सिङको भारी बोकाउने प्रयास गर्ने अरे ! अर्थात् राई लेखाउने अरे’ भन्ने शब्द किन प्रयोग गरिएको हो भने, विसं २०६८ को राष्ट्रिय जनगणनामा केन्द्रीय तथ्यांक विभागले नेपालबाट प्रकाशित हुने सबै दैनिक पत्रपत्रिकाका पत्रकार राख्न खर्चका कारण राख्न नसक्ने भएपछि देशमा धेरै बिक्री हुने कान्तिपुर दैनिकसँग एकजना पत्रकार माग गर्यो । यो थाहा पाएर राई यायोक्खाले कूटनीतिक चाल चालेर कान्तिपुर दैनिकबाट गणेश राईलाई पठाउन सफल भयो । जबकि गणेश राई त्यो बेला शुद्घ पत्रकार नभएर राई यायोक्खाका केन्द्रीय सचिव पनि थिए, उनै पत्रकार केन्द्रीय तथ्यांक विभागमा रिपोर्टरका रुपमा छिर्न सफल भए । उनले आप्mनो बुताले भ्याएसम्म कुलुङ, बाहिङ, मेवाहाङ, चाम्लिङ, साम्पाङ, लोहोरुङ, नाछिरिङ, आठपहरिया, खालिङ, थुलुङ, बान्तावा, याम्फु लगायत किरातीहरुलाई अलग्गै जातिको रुपमा नआऊन्, ती जातिहरुलाई राईमै गाभ्न सकियोस् सकेको गरेका पनि हुन् । जस्तो उनले जनगणना सम्बन्धी समाचार लेख्दा केन्द्रीय तथ्यांक विभागले ५९ जातिको तथ्यांक मात्रै बाहिर ल्याउनुपर्ने आशयको समाचार लेख्थे । हुन पनि केतविले गणेश राईले भने÷लेखेअनुसार नै विसं २०६८ को जनगणनाको तथ्यांक बाहिर ल्याएको भए लगभग ६५ जातजातिहरु छुट्थे । यी राईले कतिसम्म गर्थे भने, जनगणना सम्बन्धी कसैको भर्सन राख्न परेमा पनि खालि राई यायोक्खाका हर्ताकर्ता र राईहरुको फेबरका मान्छेहरुको भर्सन मात्रै राख्थे । कुलुङ, बाहिङ, मेवाहाङ, चाम्लिङ, साम्पाङ, लोहोरुङ, नाछिरिङ, आठपहरिया, खालिङ, थुलुङ, बान्तावा, याम्फु लगायत किरातीहरुले किन राई भनेर जातको महलमा आप्mनो जात राई लेखेनन् ? किन राई भाषा भनेर भाषाको महलमा आप्mनो भाषा राई भनी लेखेनन् ? कहिल्यै कुनै कुलुङ वा अन्य जातिका अगुवा वा बुद्घिजीवीहरुसँग सोधीखोजी गरेनन् । उनीहरुको भर्सन राखेनन् । यो कुरो साँचो हो, होइन ? भनी पुष्टि गर्नका लागि विसं २०६८/०६९ ताकाको कान्तिपुर दैनिक हेर्न सकिन्छ ।
त्यसैले राई सर राईनी म्याडमहरुले सबैभन्दा पहिले आप्mनो संस्थाको मौलिक नाम कै राख्ने बहस र छलफल गरेर पारित गरेको भए धेरै राम्रो हुने थियो । किनभने, हालसम्म त बान्तावा जातिका अगुवाहरुले थाहा पाएर वा नपाएर आप्mनो भाषालाई कथित् राई जातिको नाममा खुलेको राई यायोक्खा नामक एनजिओलाई प्रयोग गर्न वा भनौं नाम राख्न दिएको छ । तर, भोलि गएर अब हामी हाम्रो शब्द वा भनौं भाषा कथित् राई जाति हौं भन्ने–भनिनेहरु ! लाई प्रयोग गर्न–लेख्न दिँदैनौं भनेमा राई सर राईनी म्याडमहरुले राईको मौलिक शब्द खोजेर नाम राख्नुपर्ने दिन अवश्य नै आउँछ । यो विषयमा अहिलेदेखि नै उनीहरुले आप्mनो फेसबुक वालमा पनि बहस र छलफल चलाएमा राम्रो हुने देखिन्छ ।
होइन भने, कथित् राई जातिको नाममा भेटेसम्म विदेशी दाता र आइएनजिओको पैसा खान र बेलायती सेना, सिंगापुर प्रहरी, ब्रुनाइको राजप्रासाद आदिमा सेवारत रहेका र भूपू भएका किरातीहरु र, वैदेशिक रोजगारीमा गएर पसिना बगाइरहेका अन्य किरातीहरुसँग कथित् राई जातिको नाममा पैसा उठाएर मोजमस्ती गर्न मात्रै हामीले राई यायोक्खा नामक एनजिओ चलाएर बसेका हौं, हाम्रो जात वा जातीय स्वपहिचान त कुलुङ, बान्तावा, दुमी, कोयु, चौरासे–ओम्बुले–वाम्बुले, तिलुङ, याम्फु, आठपहरिया आदि नै हो भन्नु पर्यो ।
नभए वैज्ञानिक अध्ययन गरेर राईको छुट्टै मातृभाषा, ऐतिहासिक भूमि, प्रमाणित र भर पर्दो इतिहास, राईको आप्mनै मौलिक भेषभुषा, मौलिक संस्कार र संस्कृति पत्ता लगाउन वा भनौं राईको ‘युनिक’ पहिचान यो हो ! भनी भन्न सक्नु पर्यो, देखाउन सक्नु पर्यो । अझ राईको वंश को हो ? किन अहिलेसम्म राई भनिनेहरुले राईको भन्दै बान्तावा जातिको भेषभुषा र संस्कार, संस्कृति अपनाएको हो ? खासगरी काठमाण्डौको टुँडीखेल लगायत अन्य सहरबजारका सार्वजनिक ठाउँहरुमा उफ्रीपाप्m्री गर्दा यही देखिन्छ । यो उप्रीपाफ्री कहिलेसम्म हो ? भोलि बान्तावा जातिले हाम्रो भेषभुषा, संस्कार, संस्कृति तिमीहरुलाई अपनाउन दिन्नौं ! भनेमा के गर्ने ?
त्यसैले राई यायोक्खाका हर्ताकर्ता राई सर राईनी म्याडमहरुले राईको छुट्टै मातृभाषा, ऐतिहासिक भूमि, प्रमाणित र भर पर्दो इतिहास, आप्mनै मौलिक भेषभुषा, मौलिक संस्कार र संस्कृति पत्ता लगाएर राईको ‘युनिक’ पहिचान यो हो ! भनी भन्न सक्नु पर्यो । नत्र भने कथित् राई जातिको नाममा पैसामा उठाएर मोजमस्ती गर्ने र ताहुर माहुर गर्ने दिन धेरै बाँकी नरहला कि ? किनभने मान्छेको चेतनास्तर पछाडि फर्केको इतिहास बिरलै मात्रै भेटिन्छ ।
हो, सुरुमा कुरो नबुभ्mदा वा इतिहास के भन्ने थाहा नहँुदा किरातीहरुमा नामको पछाडि राई लेख्न तँछाड, मछाड भएकै हो । खासगरी भूमिसुधार ऐन र नागरिकता ऐन आएपछि हामी कुलुङहरुले मात्रै नभएर सबै किरातीहरुले असली अथवा तालुकदार ‘राई !’ भन्दा ठूलो हुन नामको पछाडि राई लेख्न तँछाडमछाड गर्याैं । यसरी जानी–नजानी हामी आपैm राईकरणको मारमा पर्याैं । अथवा भनौं त्यो बेला असली राईहरु, जसलाई त्यो बेला जिम्मावाल÷तालुकदार भनेर पनि चिनिन्थ्यिो उनीहरुभन्दा पनि ३ बित्ता अगाडि उफ्रेर नामको पछाडि “राई !” लेख्न हामफालेर लाग्यौं ! अहिले आएर जातीय स्वपहिचानको संकटमा आपैm फस्यौं ।
राई सर÷राईनी म्याडमहरुले जानीबुझी ‘नबजे बाँसुरी नरहे बाँस !’ भनेभैंm नगर्नु नै समग्र राई सर राईनी म्याडमहरु राई यायोक्खा नामक एनजिओको भलाइ होला । सुरुमा कुलुङे ढाक्रेहरुले जातीय स्वपहिचानको आन्दोलन गरे, त्यसैले अन्तिम घिटी–घिटी हुँदासम्म पनि कुलुङेहरुको सेखी झार्नका लागि मात्रै भए पनि राई ययोक्खा नाक उनजिओ जीवित राखिने छ ! भन्ने हो भने ठीकै छ । किनभने, माथि नै उल्लेख भएको छ कि, विसं २०६८ को राष्ट्रिय जनगणनाको तथ्यांकमा पनि कुलुङ लगायत १२ वटा किराती जातिहरुलाई अलग्गै जातिको रुपमा आइसकेको छ । हुन त कुलुङ लगायत अन्य किरातीहरु जो विसं २०६८ को जनगणनाअघि जानेर वा नजानेर राईमै गाभिएका थिए, उनीहरुलाई अलग्गै जातिको रुपमा आउन नदिन सकेको तिकडम र जालझेल गरेकै हो, राई यायोक्खा नामक एनजिओका हर्ताकर्ता राई र सर राईनी म्याडमहरु ।
त्यसैले आगामी फागुन १८, १९ र २० गते हुने भनिएको राई यायोक्खा नामक एनजिओको १० औं महाधिवेशनको सूचना वा भनौं समाचार सुनेर÷पढेर हामी कुलुङ लगायत किराती बन्धुहरु चिन्तित नबनौं, किनकि अन्ततः जीत हाम्रै हुने छ । किनभने, पैसाका लागि राई बन्ने÷भन्ने केही राईहरुले ! आखिरमा हार खाने छन् । किनकि, ऊ बेलाका महान दार्शनिक सुकरातले पनि सत्यको पक्षमा वकालत गर्दा ‘हेमलक’ नामक विष पिएर मर्न वाध्य भएका थिए । तर, त्यो बेलाको धर्मका ठेकेदार र धर्मभिरु समाजको अगाडि दार्शनिक सुकरातले विष पिएर मनृू परे तापनि आखिरमा उनी सही सावित भए÷सही थिए भन्ने त आज होइन, धेरैअघि प्रमाणि भैसकेको हो । त्यस्तै हो, कुलुङले सुरु गरेको जातीय स्वपहिचानको सुरुको आन्दोनल पनि । आज हेरौं, जसरी सुकरातले विष पिएर मर्नुपरे पनि उनले भनेको (पृथ्वी गोलो छ भन्ने) कुरो पछि आएर सही सावित भयो, त्यस्तै कुलुङ समुदायले सुरु गरेको जातीय स्वपहिचानको आन्दोलन पनि स्थापित हुँदै गएको छ ।
अन्तमा के भन्न सकिन्छ भने, कथित् राई जातिको नाममा खुलेको राई यायोक्खा नामक एनजिओको १० औं महाधिवेशनमा भाग लिन आएका विभिन्न किराती जातिका मान्छेहरुमध्ये धेरैले राई के हो ? भन्ने वास्तविकता नबुझेर, केही भ्रममा परेर, केही राई जात नभए पनि राईको नाममा दानापानी पाएसम्म राई भएरै खाऊँ, पछि देखाए जाएगा भनेर (यी वास्तविकता नबुझेका, भ्रममा परेकाहरुलाई राई यायोक्खाले बुझाउन पनि चाहँदन । किनभने राई जात वा जाति होइन भनी बुझाउने बित्तिकिै राईको नाममा आउने दानापानी रोकिन्छ ।) राई यायोक्खाको १० औं महाधिवेशनमा भाग लिन आएका किरातीहरुका सन्तानहरु जो प्रतिनिधि र पयैपेक्षक भएर आएका थिए उनीहरुले पनि आखिरमा राजनैतिक दलका कार्यकर्ताहरुकै संस्कार देखाए । किनभने, ती प्रतिनिधि र पर्यपेक्षेकहरुले पनि राजनैतिक दलका कार्यकर्ताहरुलेझैं ‘हाहा, हुहु’ मै ३ दिन बिताए । सायद धरान सहर पनि घुमे होलान् ! सेल्फी पनि खिचे होलान् । तर, भावी पुस्ताले यी किरातीका बच्चोहरुलाई हाम्रा भावी पुस्ताले क्षमा गर्ने छैनन् । [email protected]

Published On:  178पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार