‘बोइङ-७३७ म्याक्सलाई उडानमा विश्वभर रोक’ : अमेरिकी संघीय उड्ययन प्रशासन

154 Shares

काठमाडौं । अमेरिकी विमान निर्माता कम्पनी बोइङले आफ्नो ७३७ म्याक्स मोडलको सबै जहाजको उडानमा रोक लगाएको छ । अब अर्को निर्णय नभएसम्म ३७१ वटा बोइङ ७३७ म्याक्स विमान उड्ने छैनन् ।

आइतबार इथियोपियनको राजधानी अदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको बोइङ ७३७ म्याक्स विमान दुर्घटना भएको थियो, जसमा १५७ जनाको मृत्यु भएको छ ।
यो घटनालगतै बोइङ ७३७ म्याक्समाथि विभिन्न देशले रोक लगाएका थिए । यद्यपि, अमेरिकी अधिकारीहरुको दाबी थियो कि विमान सुरक्षित छ । भेटिएको नयाँ प्रमाण र भू–उपग्रहबाट दिइएका पछिल्ला विवरणहरुका आधारमा यो निर्णय लिइएको अमेरिकी संघीय उड्ययन प्रशासनले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार