लिम्बुवान विरोधी भन्दै प्रदेश १ का अर्थमन्त्रीलाई धनकुटामा कालोझण्डा

238 Shares

धनकुटा । चौबीसे गाउँपालिकाको राजारानीमा बुधबारदेखि सुरु भएको याक्थुङ चुम्लुङको २२ औं परिषद् बैठकमा सहभागी हुन पुगेका प्रदेश १ का अर्थमन्त्री इन्द्र आङ्वोलाई लिम्बुवान समर्थक कार्यकर्ताले कालोझण्डा देखाएका छन् ।

मन्त्रीलाई कालोझण्डा देखाउने ११ युवालाई प्रहरीले पक्राउ गरेर २ घण्टापछि छाडिदिएको छ । आफूलाई ‘लिम्बुवान स्प्रिङ’का कार्यकर्ता बताउने ती युवाले अर्थमन्त्री आङ्बोलाई ‘लिम्बुवान विरोधी’ भन्दै कालो झण्डा देखाएका थिए ।
किरात याक्थुङ चुम्लुङका अध्यक्ष योगराज वनेमले विरोध प्रर्दशनको कार्यक्रमलाई नकारात्मक रूपमा नअथ्र्याएको बताए । उनले लोकतान्त्रिक अभ्यास प्रयोग गरेर प्रर्दशन हुनु सामान्य भएको बताए । बिहीबारसम्म चल्ने याक्थुङ चुम्लुङको २२ औं परिषद् बैठकमा केन्द्रीय समिति, प्रादेशिक समिति, १४ जिल्ला समिति, विषयगत समितिहरूबाट प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार