मोडल परी तामाङ र युट्युबर राजकुमार कुँवर प्रहरी हिरासतमा

2.1k Shares

काठमाडौं । विवादास्पद मोडल परी तामाङ र फूल्चोकी मिडिया ग्रुप नामक युट्युब च्यानलका सञ्चालक राजकुमार कुँवरलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल युट्युबमार्फत सामाजिक मर्यादामा खलल र्पुयाउने सामग्री र उत्तेजक अन्तरवार्ता मोडल तामाङले दिएको र युट्युबर कुँवरले लिएको आरोपमा उनीहरु पक्राउ परेकी हुन् ।

महानगरीय प्रहरी परिसर, टेकुले उनीहरुसहित फूल्चोकी मिडिया ग्रुप नामक युट्युब च्यानलका कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तानलाई पनि पक्राउ गरेको छ । परिसरका प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीले उनीहरुलाई पक्राउ गरिएको पुष्टि गर्दै साइबार अपराध कसुर अन्तरगत म्याद थप गरेर अनुसन्धान भइरहेको बताए ।
सर्वसाधारणबाट व्यापक जनगुनासो आएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको बोगटीको भनाइ छ । मोडल तामाङले पछिल्लो समय विभिन्न युट्युब च्यानलमा दिएको अन्तवार्ता नेपाली समाजमा अपाच्य भएकाले त्यस्ता अन्तर्वाताकार र च्यानलालाई खोजीखोजी कारबाही गरिने पनि उपरीक्षक बोगटीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार