काठमाण्डौं । काठमाडौं उपत्यकामा मनाईने सेतो मछिन्द्रनाथको रथ जात्रा शनिबार साँझबाट सुरु भएको छ। सेतो मछिन्द्रनाथको रथ साँझ ५ बजे जमलको तीन धाराबाट तानेर असनसम्म लगिएको छ।
सो रथलाई उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउँन रथलाई नगर परिक्रमा गराउँने चलन अनुसार रथलाई नगर घुमाएर असन लगिएको हो।

वर्षा र सहकालका देवता मानिने सेतो मछिन्द्रनाथको र्दशन गरे सुख,सुस्वास्थ्य, दीर्घायु तथा आर्थिक उन्नति हुने जनविश्वास छ।

रथ यात्राको दोस्रो दिन आइतबार असनबाट हनुमानढोकास्थित कालभैरवसम्म, तेस्रो दिन कालभैरवबाट लगनटोलसम्म पुर्याइन्छ। चौथो दिन लगनमा रथ घुमाइने परम्परागत मान्यता छ ।
सो मछिन्द«नाथ पाँचौँ दिन मूर्तिलाई सानो रथमा राखी लगनटोलबाट मच्छेन्द्रबहालसम्म यात्रा चलाइन्छ। यसरी चैत १५ गते सेतो मच्छेन्द्रनाथको रथ यात्रा सकिन्छ।
सो रथयात्रामा स्थानीय सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो।
