दाङ–नयाँदिल्ली बस सञ्चालन

0 Shares

दाङ, १३ भदौ । राप्ती अञ्चल सार्वजनिक बस व्यवसायी समितिले अन्तर्राष्ट्रियस्तरमा बस सेवा सञ्चालन गरेको छ ।

समितिले पहिलोपटक दाङको भालुवाङदेखि भारतको राजधानी नयाँदिल्लीसम्मका लागि सिधा डिलक्स बस सेवा सञ्चालन गरेको समितिका अध्यक्ष सुरेश हमालले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार आजबाट दाङदेखि भारतको नयाँदिल्लीसम्मका लागि दिउँसो ११ः३० बजे बस सञ्चालन भएको हो । त्यसैगरी दैनिक सोमबार, बुधबार, शुक्रबार नेपालबाट भारतको दिल्लीका लागि बस छुट्ने र भारतको दिल्लीबाट नेपालका लागि आइतबार, बुधबार र शुक्रबार बस छुट्ने छ ।

यात्रुको बढ्दो मागसँगै नेपाल–भारत आवतजावत गर्ने यात्रुलाई सहज रुपमा सुरक्षित र भरपर्दो सेवा दिन समितिले बस सेवा सुरु गरेको अध्यक्ष हमालले बताउनुभयो ।

दाङको भालुवाङदेखि भारतको राजधानी नयाँदिल्लीसम्मका लागि रु दुई हजार भाडा तोकिएको छ । पहिलोपटक एउटा बसबाट सेवा आरम्भ गरे पनि यात्रुको मागअनुसार सेवा थप गरिने उहाँले जानकारी दिनुभयो । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार