माथिको शीर्षकले दिन खोजेको सन्देश के हो भने, राई शब्दको बारेमा जसले जे भने पनि, जत्ति नै चिच्याएर राई जातै हो, जसले राई जात होइन भन्छ, उसको नागरिकता मात्रै होइन, शैक्षिक प्रमाणपत्र, चारित्रिक प्रमाणपत्र, तीनपुस्ते, जग्गा-धनी पूर्जा ड्राइभिङ लाइसेन्स्, विदेश जान बनाएको पासपोर्ट, विद्यार्थी पचियपत्र ! आदिमा समेत राई छ ! भनेर कूतर्क गरे पनि विगतमा ‘राई’ शब्दले जात वा जाति जनाउँथेन । किनभने, नेपालका (खासगरी पूर्वका किराती जनताहरु जसलाई असली वा भनौं तालुकार राई, सुब्बा, मुखिया, देवान आदिले सर्वसाधार जनतालाईआप्mनो नामको पछाडि राई, सुब्बा, मुखिया, देवान आदि लेख्न दिँदैन थिए । यसरी त्यो बेला आप्mनो नामको पछाडि राई लेख्ने रैतीलाई कारबाही गरेको देख्ने र सम्झने राई वा तालुकदारका जेठो छोरोहरु यही काठमाण्डौमै थुपै्र भेटिन्छन्, यो केही नजान्ने कुलुङे ढाक्रे ! कुरो नपत्याए उनीहरुलाई भेटेर वास्तविकता के हो ? सोध्दा भैहाल्छ ।
यसरी विसं २०२१ मा आएको भूमिसुधार ऐन आएसँगै सर्वसाधार जनताले पनि जग्गा-जमीन दर्तासँगै राई लेख्न थाले । यसरी सर्वसाधार नागरिकहरुले आप्mनो नामको (त्यो बेला रैती भनिनेहरु) लाई जाति वाचक रुपमा मान्न/लेख्न थालेपछि हाल आएर यो ‘राई’ शब्दले नेपालका अन्य जातजातिसरह अलग्गै जातीय अस्तित्व अथवा भनौं जातीय स्वपहिचान भएका आठपहरिया, ओम्बुले/वाम्बुले, कागते, कुलुङ, कोयु, खालिङ, चाम्लिङ, छिन्ताङ, छिलिङ, जेरो, तिलुङ, थुलुङ, दुङमाली, दुमी, नाछिरिङ, पुमा, फाङदुवाली, बान्तावा, बाहिङ, बेलहारे, मेवाहाङ, याम्फु, राई, लिङखिम, लोहोरुङ, वालिङ, साम, साम्पाङ लगायत २८ वटा किराती जातिहरुको जातीय स्वपहिचान नै एक जाति ‘राई !’ मा गाभिएर नामेट हुन लागेको छ । त्यसैले कम्तिमा कुलुङ समुदायका अगुवाहरुले बेला घर्कन आँट्दा यो कुरो थाहा पाएर विगतमा खासगरी पृथ्वीनारायण शाह र उनका सन्तान एवम् श्री ३ माहजारहरु लगायतका शासकहरुले छोटे राजा बनाउन दिएको राई पद वा पगरीलाई जातिको रुपमा नमानौं भनी आप्mनो समुदायमा राई के हो ? कुलुङ के हो ? कुलुङले कुलुङ भएर चिनिँदा के फाइदा हुन्छ, कुलुङले कुलुङ छाडेर राई हुँदा बेफाइदा के हुन्छ ? भनी कुलुङ समुदायको उत्पत्ति-थलो सोलुखुम्बुको महाकुलुङ, कुलुङ समुदायको बाक्लो वस्ती भएको जिल्लाहरु संखुवासभा, भोजपुर, इलाम, झापा, सुनसरी, मोरङ र पातलो वस्ती भएको तेह्रथुम, ताप्लेजुङ, पाँचथर, उदयपुर, सर्लाही, सिन्धुली, काठमाण्डौ, ललितपुर, भक्तपुर, कास्की, धादिङ, मुस्ताङ, बागलुङ, लमजुङ लगायत जिल्लामा सकेसम्म पुगेरै नभए फोन, फेसबुक लगायत सामाजिक सन्जाल प्रयोग गरेर व्यापक छलफल र बहस गरेको थियो भने अहिले पनि यसबारेमा नबुझेका सर्वसाधारण कुलुङहरुलाई सम्झाउने र बुझाउने काम जारी छ, जारी रहने छ । तर, यसो भन्दैमा कुलुङ समुदायका सबै कुलुङहरु हामी कुलुङ हनैं भनेर प्रस्ट भएका छन् भन्ने होइन । केही कुलुङका कपूतहरु छन्, जो स्वयम् आपूm राई होइन, कुलुङ हो, कुलुङभित्रै २५०÷६० वटा भन्दा बढी थर र उपथरहरु छ, र, नै कुलुङ-कुलुङबीचमै विवाह हुन्छ । नत्र भने त राई भन्नेहरु पशुसरह हुन् त ? अवश्व नै राईहरु पशु त होइन्, जसले चेतनाको स्तर बढेसँगै नाता र कुल-बुटुम्बको व्यवस्था गरे । सो अनुसार विहा लगायतका प्रचलनहरु चलाए, थितिहरु बसाले । तर, यसरी राई शासकहरुले दिएको पद वा पगरी हो भनेर जान्दाजान्दै पनि प्रस्ट हुँदाहँुदै पनि आप्mनो नामको पछाडि कुलुङ पनि झुन्ड्याउने राई पनि भ्mुन्डाउनेहरुमा मकरध्वोज, दुर्पध्वोज, भुपध्वोज, डीबी सरोज, राजेश लगायतका व्यक्तिहरु छन् । ती मध्ये भुपध्जोजले त ‘कुलुङ संस्कृति एक अध्ययन’ नामक किताबमा राई जात वा जाति होइन, तालुकदारी वा पद/पगरी मात्रै हो भनेर प्रस्टसँग लेखेका छन् । सुरुमा हामीलाई (यो पंक्तिकारलाई पनि हामी राई होइनौं, कुलुङ हौं, राई त जात जात होइन, पद वा पगरी मात्रै हो भनी प्रशिक्षण दिने व्यक्ति पनि ती भुपध्वोज नै हुन् । हुन पनि उनले लेखेको कुलुङ संस्कृति एक अध्ययनमा उनले राई÷तालुकदारको घरमा काम पर्दा रैतीहरुले घर लौरी गएर सित्तैमा काम गरी दिनुपर्ने, दसैंमा रैतीहरुले जात अनुसारको कोसेली लिएर राईको घरमा टिको लगाउन जानुपर्ने, रैतीहरुले सिकार मारेर ल्याएमा त्यस्ता राई वा तालुकदारलाई बिलो (सित्तैमा मासु) दिनुपर्ने, जग्गा-जमीन र खर्कको तिरोभरो राईलाई बुझाउनुपर्ने, पाहाकुर, महकुरको पनि कर राईलाई नै बुझाउनुपर्ने अदि बारे प्रस्टसँग लेखेका छन् । उहिलेका बुढापाको एक बारको जुनीमा ‘बाँच्नु मात्रै पर्छ अनेक देखिन्छ !’ भनेर त्यसै भनेका होइन रहेछ । किनकि पछि तिनै भुपध्वोज १० हजार नेपाली रुपैंयाको लागि राई भएर राईवालाहरुको एनजिओ समाज कल्याण परिषद दर्ता नम्बर २६५६ रजिस्टर्क नम्बर राई ‘यायोक्खा’ स्मरणीय छ, ‘यायोक्खा’ बान्तावा जातिको भाषा हो । अब राईवाला सर म्याडमहरुले आप्mनो एनजिओको नाम आप्mै राई भाषा नाम राख्नुपर्ने देखिन्छ । जे भए पनि जब भुपध्वोज राई यायोक्खा नाम नामक एनजिओमा गए । उनले १० हजारको मदनेश्वरी राईको नाममा स्थापित पुस्कार पनि पाए । तर, कुलुङ समुदायमा उनले हालत के भयो ? उनी राई भएर कुलुङङ वस्तीहरुमा जाँदा कसरी लखेटिनु पर्यो ? भुपध्वोज र राई यायोक्खाका हर्ताकर्ताहरुलाई पनि राम्रोसँग थाहा छ । तापनि कुलुङ वस्ती पातलो भएको तेह्रथुम, ताप्लेजुङतिर अभैm पनि भ्रम छर्न सकिन्छ कि ? भनेर राई यायोक्खाले खर्चबर्च (पैसा) दिएको बेला जान्छन् । के गर्नु नुन खाएपछि जो कोहीले पनि नुनको सोझो चिताउनु र नुनको सोझो गर्नु कर्तव्य नै हो अतः केही समयअघि भुपध्वोज तेह्रथुम र ताप्लेजुङतिर लागे रे भन्ने सुनियो । तर उनको कुलुङलाई बनाउने मिसन सफल होला त ? किनभने विसं २०६८ को राष्ट्रिय जनगणनामा तेह्रथुमका आधाभन्दा बढी कुलुङहरुले कुलुङ लेखाएका छन् भने बाँकी रहेकाले पनि आगामी १२ औं विसं (२०७८) को जनगणनामा कुलुङ लेखाउने छन् ।
हुन पनि माथि, उल्लेखित २८ भन्दा बढी किराती जातिमध्ये विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनामा आठपहरिया, कुलुङ, खालिङ, चाम्लिङ, थुलुङ, नाछिरिङ, बान्तावा, बाहिङ, मेवाहाङ, याम्फु, लोहोरुङ, साम्पाङ र राई गरेर १३ वटा जातिको मात्रै अलग्गै जातीय जनसंख्या उल्लेख भएको छ । ओम्बुले÷वाम्बुले, कागते, कोयु, छिन्ताङ, छिलिङ, जेरो, तिलुङ, दुङमाली, दुमी, पुमा, फाङदुवाली, बेलहारे, लिङखिम, वालिङ, साम लगायत बाँकी किराती जातिहरुको जातीय जनसंख्याको अलग्गै तथ्यांक आएन, किनकि उनीहरुलाई राई ! जातिमै गाभियो । यस्तो किन भयो ? भन्दा नेपालका आम मानिसहरुमा राई भनेको नेपालको एक जाति हो अनि कुलुङ, बाहिङ, चाम्लिङ, बान्तावा, याम्फु, लोहोरुङ आदिचाहिँ राईभित्रको विभिन्न थरहरु हो भन्ने भ्रम रहेको छ । वास्तविकता त्यस्तो होइन । किनकि राई जात र कुलुङ, मेवाहाङ, बाहिङ, बान्तावा, याम्फु आदिचाहिँ राईको थर हुँदो हो त कुलुङ-कुलुङ, बाहिङ-बाहिङ, बान्तावा-बान्तावाबीच एकआपसमा कसरी विवाह हुन्छ ? नेपालको कुनै पनि जातजाति, समुदाय वा समूहले यसरी एकैथरी वा एकै गोत्रबीच विवाह गर्ने प्रचलन जीवित राखेका छन् ? तर, त्यसबारेमा भने हालसम्म ‘नेपालका मै हुँ !’ भन्ने विद्धानहरुले समेत प्रष्टसँग मुख खोलेर लेखेको वा बोलेको सुनिएको छैन ।
खासमा राई जात वा जाति नभएर नेपालको भगौलिक एकीकरणपछि पूर्वका किरातीहरु जस्तै लिम्बुलाई ‘सुब्बा’, सुनुवारलाई ‘मुखिया’, याक्खालाई ‘देवान’, थारुलाई ‘चौधराई÷चौधरी’ पदवी÷पगरी दिइए जस्तै कुलुङ, बाहिङ, मेवाहाङ, लोहोरुङ, बान्तावा, याम्फु आदिलाई पनि ‘राई’ पदवी÷पगरी दिइएको थियो । तत्कालीन राजा महेन्द्रको पालामा भूमिसुभार ऐन २०२१ लागू भएपछि (२०३३/०३४ तिर तीब्र गतिमा गाउँ÷वडा÷टोल) सम्म लागू भएपछि त्यो बेलासम्म ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधराई÷चौधरी’, ‘राई’हरुको मातहतमा÷जिम्मा–जमानीमा रहेको जग्गा–जमीन रैती (हालको भाषामा भन्नु पर्दा जनता) हरुको नाममा नापी/दर्ता भयो । यसरी रैतीहरुले पनि आप्mनो नामको पछाडि ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधराई÷चौधरी’, ‘राई’ लेख्न पाएका हुन् ।
यस्तो ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधराई÷चौधरी’, ‘राई’ पदवी÷पगरी पाएकाहरुको मातहतमा ‘कारबारी’, ‘बैदार’, ‘थरी’, ‘माथा’, ‘गौरुङ’, ‘करता’, ‘तोहले’ आदि पद पाएका मान्छेहरु पनि थिए । स्मरणीय छ, हाल लिम्बुले ‘सुब्बा’, सुनुवारले ‘मुखिया’, याक्खाले ‘देवान’, थारुले ‘चौधराई÷चौधरी’ लेख्न छाडिसके । त्यसैले अब कुलुङ, बाहिङ, मेवाहाङ, चाम्लिङ, साम्पाङ, खालिङ, लोहोरुङ, बान्तावा, याम्फु आदिले पनि ‘राई’को सिङको भारी बिसाएर आआप्mनो असली जातीय स्वपचिानले चिनिनुको विकल्प देखिदैन । यसैमा सम्पूर्ण किरातीहरुको भलाइ देखिन्छ । अझ प्रष्ट शब्दमा भन्नु पर्दा राई शब्दले कुलुङ, बाहिङ, मेवाहाङ, बान्तावा, याम्फु आदिलाई नसमेट्ने भएकोले बरु हामी खम्बु वा किरातमा जानुको विकल्प देखिदैन । माथि नै भनियो कि राई जात र कुलुङ लगायत अन्य किरातीहरु राईको थर होइन । किनभने, कुलुङ समुदायभित्रै २ सय ४० वटाभन्दा बढी थर र उपथरहरु छन्, र नै कुलुङ-कुलङबीचमा विवाहवारी हुन्छ । बुभ्mने नै हो भने राई पदवी÷पगरीले एकीकरण वा सम्मिलीकरण मात्रै गर्छ, यसले किरातीभित्रको जातीय विविधता, भाषिक विविधता, संस्कारगत विविधता, भेषभुषा, चाडबाड, रहनसहन, धार्मिक मूल्य–मान्यता लगायत विविधिकरणलाई अस्वीकार गर्छ । वास्तवमा कुलुङ लगायत किराती जातिहरु राई एकै हो ! भन्दै राई जातिको नाममा बान्तावाकरणमा सम्मिलीकृत हुन चाहँदैन ।
जस्तो यसको एउटा मात्रै उदाहरण भनेको विगतमा राईको भाषा भनेर बान्तावा भाषाको पाठ्यक्रम बाँकी सबै किराती भाषी बालबालिका पढ्ने स्कुलहरुमा लादियो । त्यस क्रममा संभवतः एकजना पनि बान्तावा भाषा वक्ता नभएको ओखलढुंगा, सोलुखुम्बु आदि जिल्लामा पनि बान्तावा भाषाको पाठ्यक्रम पठाइयो । फलतः ती जिल्लाका जिल्ला शिक्षा कार्यलयमा बर्षौंसम्म बान्तावा भाषाका पाठ्यक्रम कुहिएर बस्यो । संस्कार, संस्कृति, चालचलन र भेषभुषा पनि राईको भन्दै बान्तावाकै लादियो । जसको प्रभाव बान्तावाबाहेक अरु किरातीहरुमा अभैm पनि देखिन्छ । त्यसो त राईको आप्mनै मौलिक केही नभएकैले गर्दा वर्षमा दुईचोटि काठमाण्डौको टुँडीखेल, हात्तीवन, तिखेदेवल, नखिपोट, लगायत देशका अन्य सहरबजारका सार्वजनिक ठाउँहरुमा राईको चण्डी नाच ! भन्दै नाच्दा गुन्यु, चोली, दौरा, सुरुवाल, ढाकाटोपी र इस्टकोट लगाएर (केहीले बाहेक) उफ्रीपाफ्री गर्ने गर्छन् ।
खासमा राईको अस्तित्व रहेन भने, राई यायोक्खाका प्रमुखहरुले ‘राई !’ भजाउने आधार नहुने भएर नै ‘जसले राई होइन भन्दैछ, उसको नागरिकतामा मात्रै होइन, तीनपुस्तेमा समेत राई छ !’ भन्छन् । तर, कुनै पनि जातजाति वा भाषाभाषीको आपूm को हुँ ? भन्ने आधार नागरिकता नभएर ऐतिहासिक भूमि, इतिहास, वंश, पिता–पूर्खा, मातृभाषा, धर्म, संस्कार, संस्कृति, रहनसहन, भेषभुषा चालचलन आदि हो । त्यसैले आज आएर राई यायोक्खाका प्रमुखहरुले सार्वजनिक रुपमा स्वीकार नगरे तापनि सेफल्यान्डिङ चाहेका छन् । किनकि, कुलुङले सुरु गरेको जातीय स्वपहिचानको आन्दोलनले यो रुप लेला भन्ने एक रत्ति पनि सोचेका थिएनन् ।
माथि नै उल्लेख भएको छ कि, विसं २०६८ को ११ औं जनगणनामै १२ वटा किरातीहरु अलग्गै जातिका रुपमा आएका थिए भने लगभग तीन वर्षपछि (विसं २०७८ मा) हुने १२ औं राष्ट्रिय जनगणनामा किरातीहरुको जातीय संख्या बढेर कम्तिमा १७-१८ वटा हुने-पुग्ने अनुमान गर्न सकिन्छ भने राईको जनसंख्या पनि विसं २०६८ को गणनामा जसरी घटेर ६ लाख २० हजार चानचुन मात्रै भयो, त्यसरी नै विसं २०७८ को गणनामा अरु घट्ने निश्चित छ । किनभने विसं २०५८ को १० औं जनगणनामा राईको जनसंख्या ६ लाख ३६ हजार चानचुन थियो । यसरी हेर्दा विसं २०६८ को ११ औं जनगणनामा एक दशमलब पाँच प्रतिशतले मात्रै बढ्दा पनि राईको जनसंख्या बढेर ६ लाख ८०–८५ हजारदेखि ६ लाख ९५ हजार÷७ लाख चानचुन पुग्नुपर्नेमा घटेर ६ लाख २० हजार चानचुन भएको थियो ।
भूमिसुधार लागू भएसँगै राई भनेर चिनिएका खम्बुहरु अब ‘राई’ होइन, किरात/खम्बु भनेर असली पहिचानले चिनिने की ?
280
Shares