प्रदेश १ को नीति तथा कार्यक्रम : धरान-मूलघाटमा सुरुङ मार्ग (पूर्ण पाठसहित)

९० वर्ष पुगेका जेष्ठ नागरिकलाई ५ हजार नगदसहित सम्मान गर्ने

0 Shares

विराटनगर । प्रदेश नं १ सरकारले मुख्यमन्त्रीको नाममा रहेका कार्यक्रमलाई महत्व दिँदै नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश सरकारकाले आगामी आर्थिक बर्ष ०७६÷०७७ को नीति तथा कार्यक्रममा मुख्यमन्त्री उद्यमशीलता कार्यक्रम नयाँ ल्याएको भने अघिल्ला वर्षका केही मुख्यमन्त्री जोडिएका कार्यक्रमलाई निरन्तरता दिएको छ ।

चालु वर्षको नीति तथा कार्यक्रममा प्रदेशका १४ वटै जिल्लाका ५६ निर्वाचन क्षेत्रमध्ये सबै क्षेत्रमा मुख्यमन्त्री ग्रामीण सडक योजना सञ्चालनको कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइएको छ । प्रदेश प्रमुख प्रा. डा. गोविन्द सुब्बाले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा केही महत्वाकांक्षी योजनाहरु धरान–मूलघाट लगायतका क्षेत्रमा सुरुङमार्गको अध्ययन गर्ने लगायतका कार्यक्रम पनि समावेश गरेको छ ।
त्यसैगरी सुनसरीको धरान र धनकुटाको मूलघाट तथा अन्यत्र पनि सुरुङमार्ग निर्माणका लागि अध्ययन गर्ने योजना समेटिएको छ । त्यसैगरी प्रदेश सरकारले मुलुककै सबैभन्दा होचो भूभाग केचना र विश्वकै सर्वोच्च शिखर सगरमाथालाई सडकले जोड्ने सडकको कार्यक्रमलाई पनि यसपटक निरन्तरता दिएको छ ।
प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रममा कृषि क्षेत्रको यान्त्रिकीकरण, किसानलाई अनुदान दिनेदेखि बाली तथा पशुधनको विमा गर्ने, विश्वविद्यालयहरुसँगको सहकार्यमा किसानलाई तालिम दिनेसम्मका योजना समेटिएका छन् । भौतिक पूर्वाधार विकासतर्फको यो योजनालाई प्रदेश सरकारले उच्च प्राथमिकता दिएको छ ।

फाईल तस्वीर ।

त्यसैगरी सरकारको नीति तथा कार्यक्रममा कोसी राजमार्गको स्तरोन्नति, रानी किमाथांका सडक तथा विराटनगर विमानस्थलको स्तरोन्नतिका लागि संघीय सरकारसँग पहल गरिने जनाएको छ । सरकारले वृहत विराट क्षेत्रको विकास योजनाका लागि विशेष कार्यक्रम ल्याउने तयारी गरेको छ । त्यस्तै राजधानीको संरचना निर्माणलाई पनि प्राथमिकता दिएको छ ।
नीति तथा कायृक्रममा स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगार लगायतका क्षेत्रलाई पनि महत्व दिएको छ । प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा प्रदेशलाई पाँच वर्षभित्र मासु, अण्डा र माछामा आत्मानिर्भर बनाउने योजना समेत समेटेको छ ।
त्यसैगरी निजी क्षेत्रको लगानी आकर्षित गर्न कम्पनी निर्माण गर्ने, एकद्वार प्रणाली लागु गर्ने, विराटनगरमा प्रर्दशनी स्थल बनाउने, इटहरीमा सभा हल निर्माण गर्नेलगायतका कार्यक्रम समेटेको छ । प्रदेश सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रदेशका ९० वर्ष पुगेका जेष्ठ नागरिकलाई पाँच हजार नगदसहित सम्मान गर्ने लगायतका कार्यक्रम समावेश गरेको छ ।

नीति तथा कार्यक्रम पूर्ण पाठ हेर्नुहोस ।

नीति-तथा-कार्यक्रम_2076-77_Final_Last_Final

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार