बाबुआमाले फालेकी नानीलाई मकै बेचेर हजुरआमाले पाल्दै !

42 Shares

काठमाडौं । आमाले अनेक कष्ट व्यहोर्दै ९ महीना गर्भमा राखेर शिशुलाई अन्न, जल र श्वाससँगै ममता, स्नेह र संस्कारले सिञ्चिन गर्छिन् । कठोर प्रसव पीडा झेलेर सन्तानलाई यो सुन्दर पृथ्वीमा जन्माउछिन् । आफूले नखाई नखाई सन्तानको भोको पेट भर्छिन् । आफ्नो ज्यानको पर्वाह नगरी सदा सन्तानको जीवन रक्षा गर्छिन् ।


आफूले नखाएर पनि सन्तानको भोको पेट भराएउने जुनसुकै आमाको दैनिकी जस्तै बन्छ भन्दा दुईमत नहोला ? तर, कुनै आमाबाबु यस्ता पनि हुन्छन् ! जो पत्याउनै गाह्रो हुन्छ । जसले आफूले जन्म दिएकी सन्तानलाई फाल्न पनि पछि पर्दैनन् ! सुन्दा धेरैलाई विश्वास लाग्दैन ! तर, यो वास्तविक घटना हो । गोरखा घर भई हाल काठमाडौँ मनमैजु बस्दै आएकी तारा संग्रौलाले आफ्नो छोरीकी छोरीलाई मकै पोलेर पढाईरहेका छन् ।
अहिले कक्षा १ मा पढ्ने अञ्जु गिरीलाई उनकी आमाले जन्म दिएपछि फाल्न लागेकी थिईन् ! तर, अञ्जुकी हजुरआमा ताराले उनलाई फाल्न नदिई आफूलेनै पालनपोषण गर्ने जीम्मेवारी लिए । उनको आर्थिक अवस्था कमजोर छ । तर, उनको मन विशाल छ । उनी ती सानी नातीनिलाई पढाउनका लागि सहयोगी मनको खोजीमा छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार