हट डाक्टरले फेरी बिकिनीवाला फोटो पोष्ट गर्दै भनिन् ‘मेरो प्रगतिमा समाजले डाहा गरे !’

  बुद्धवीर बाहिङ
119 Shares

बैंकक । पछिल्लो समय संसारकै सबैभन्दा हट डाक्टरको रुपमा छवि बनाएका नानमेवे स्यानले उनको प्रगतिमा समाजले डाहा गरेको आरोप लगाएकी छन् । सामाजिक सञ्जालमा बिकिनीवाला फोटो पोष्ट गर्दै स्यानले आफूले गरिरहेको प्रगतिमा म्यान्मारको सँस्कृतिसँग तुलना गरेर डाहा गरेको बताएकी हुन् ।


म्यान्मार हाई स्कूलमा प्रतिभाशाली विद्यार्थीको रुपमा कहलिएकी स्यानको आमाबाबुको इच्छा भने छोरी डाक्टर बनेको हेर्ने थियो । र उनले आमाबाबुको इच्छा अनुसारनै मेडिकल विद्यालयमा भर्ना भई २२ वर्षमै डाक्टर भए । तर, डाक्टर हुने उनको सपना थिएन । उनी त एक हट मोडल भएर मोडलिङ क्षेत्रमा रम्न चाहन्थे ।
उनले देखेको सपना डाक्टर नभई हट मोडलिङ क्षेत्र भएकाले डाक्टर भएको ५ वर्षपछि केहि विज्ञापनमा बिकिनी लगाएर फोटो सुट गरे । तर, उनले विज्ञापनमा सुट गराएको फोटोले म्यान्मारमा तहल्का मच्चायो । उनलाई विभिन्न आरोपहरु लगाइए । उनको हट फोटो देखेपछि म्यान्मारको सँस्कृतिमाथिको नाङ्गो हस्तक्षेपदेखि मोडलिङ र डाक्टर फरक–फरक पेशा भएकाले एउटा मात्रै पेशा रोज्न धेरैले सुझाए ।
अन्ततः त उनले बिरामीहरुको उपचार गर्ने डाक्टरी पेशा छोडेर मोडलिङ क्षेत्र रोजे । जो उनको सपना थियो । कुनै दिन हट मोडल भएर विश्वभर छाउने । उनलाई सेतो कोटको एक डाक्टरभन्दा बिकिनीवाला फोटोले विश्वभर चिनायो । विभिन्न सामाजिक सञ्जालदेखि विश्वभरिका अनलाईन, पत्रपत्रिकामा उनको फोटो छ्यापछ्याप्ती छापियो ।

यो पनि पढ्नुहोस ।

हट डाक्टर : जसले फेसबुकमा ६ फोटो पोष्ट गर्दा लाइसेन्सनै चट !

उनले दुई वर्षअघि मात्र केहि विज्ञापनमा खेल्ने मौका पाए । त्यसै विज्ञापनमा खिचिएको फोटो उनले सामाजिक सञ्जालमा पोष्ट गरिन् । तर, प्रतिक्रिया राम्रो आएन ! उनलाई राम्रो भन्नेभन्दा नराम्रो भन्नेको संख्या धेरै भयो । त्यो पनि उनकै देशमा । त्यसैले म्यान्मार मेडिकल काउन्सिलले उनलाई बिकिनीवाला फोटो सामाजिक सञ्जालबाट हटाउन दवाव दियो । तर उनले बिकिनीवाला फोटो हटाइनन् । अन्नततः गएको जनवरीमा उनको मेडिकलबाट पाएको डाक्टरको अनुमतिपत्र रद्द गरेको घोषणा काउन्सिलले गर्यो । उनको विरुद्धमा म्यान्मार काउन्सिलले यत्तिसम्मको निर्णय गर्यो की उनले सामान्य बिरामीलाई पनि अब कुनै मेडिकलमा गएर जाँच्न पाउदैनन् !
सामाजिक सञ्जालमा उनले पोष्ट गरेका बिकिनीवाला फोटोले म्यान्मारको सँस्कृतिमाथि पक्ष र विपक्ष गरी दुई कित्तामा उभ्याएर बहस चलायो । केहिले त यस्तो प्रतिक्रिया दिए की, जसले म्यान्मारको सँस्कृतिको खुल्ला रुपमा बिरोध गरिरहेको थियो । जसले जातिय समुदाय विरुद्ध युद्ध हुने खतरा थियो । रोखिन राज्यमा यस्तो फोटो र बहसले मुस्लिम रोहिनेया समुदायको धज्जी उडाईरहेको थियो । जसले क्रुर जातिय युद्ध हुने आशंका गरिएको थियो । त्यही कारणले बाध्य भएर म्यान्मार मेडिकल काउन्सिलले उनको डाक्टरी अनुमतिपत्र रद्द गर्यो ।


‘बिकिनीमा एक सुन्दरी युवती अनैतिक छ, त्यसैले धेरै क्रुर जातिय सदभाव बिथोल्न सक्छ । र ठूलो जातिय साँस्कृति द्धन्द्ध हुने सम्भावना छ ।’ यांगोनका एक स्वतन्त्र राजनीतिक विश्लेषक डेविड मेथिसनले भने, ‘हामी कुनै पनि रोकिइनमा के गरिरहेकी छिन्, भन्ने बारेमा भन्दा पनि सबै नैतिक जनताहरुको भनाई के छ ? उनीहरु के भन्दैछन्, भन्ने कुरा महत्वपूर्ण हो ।’
डा. स्यानको मामलाले सामाजिक सञ्जाल मात्र होइन, म्यान्मारको राजतन्त्रलाई पनि तताएको छ । झनै त्यहाँको स्वास्थ्य क्षेत्रमा त तहल्कानै मच्चाएको छ । संसारले मन पराएको बिकिनीवाला फोटो आखिर म्यान्मारमा चाँहि किन मन परेन ? होला सँस्कृति आफ्नो ठाउँमा छ । त्यसको छुट्टै महत्व र गरिमा छ । तर, मोडलिङ क्षेत्र भनेको अभिनय मात्र होइन, सुन्दर जीउडाल देखाउनु पनि त हो नी ? म्यान्मारमा स्यानको विरोधले राजतन्त्रलाई समेत रोचक बनाएको छ । न्यूयोर्क टाइम्सबाट

यो पनि पढ्नुहोस ।

हट सुन्दरी डाक्टरको जागिर जानुको रहस्य खुल्यो ! यस्तो बोल्ड फोटो भेटियो ! (फोटोसहित)

 

सबै तस्वीरहरु नानमेवे स्यानको फेसबुकबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार