काठमाडौं । ढल्कुमा जेनी (नाम परिर्वतन)माथि भएको आक्रमणको भिडियो सार्वजनिक भएको छ । प्रहरीले आक्रमणमा संलग्न सन्तोष कार्कीलाई पक्राउ गरेसँगै घटनाको सीसीटीभी फुटेज पनि सार्वजनिक गरेको हो ।
जेठ ३२ गते राति करिव १० बजेतिर कुकुर लिएर सडकमा निस्किएकी उनीमाथि मोटरसाइकलमा आएका व्यक्तिले आक्रामण गरेका थिए । सिरिन्ज आक्रमण भएको आशंकामा उनलाई एचआईभीविरुद्धको औषधी र हेपाटाइटिसविरुद्धको भ्याक्सिन समेत दिइएको थियो । तर, कार्कीले भने ढलान काँटीले घोचेको दाबी गरेका छन् । अनलाईनखबरबाट