काठमाडौँ । किरात राई विद्यार्थी सङ्घ महेन्द्ररत्न क्याम्पस ताहाचलले विद्यार्थीको साहित्यिक सिर्जनाहरू संकलित पुस्तक ‘दर्पण’को विमोचन गरेको छ । सङ्घले शनिवार क्याम्पसमा एक कार्यक्रमको आयोजना गरी पुस्तक सार्वजनिक गरेको हो ।
पुस्तकलाई सङ्घको केन्द्रीय महासचिव रविन राई, केन्द्रीय सचिवालय सदस्य शुभमाङसुङ राई, केन्द्रीय सदस्य रमेश राई, कार्यसमिति अध्यक्ष सर्मिला राईले संयुक्त रूपमा सार्वजनिक गरे । पुस्तकमा क्याम्पसमा अध्ययनरत राई विद्यार्थीहरूसँगै गैर राई विद्यार्थी लेख रचनाहरू रहेको छ । ताहाचल इकाई कार्यसमिति यसरी पुस्तक पहिलो पटक प्रकाशित गरेको हो ।
किरावि केन्द्रीय महासचिव रबिन राईले किरात राई विद्यार्थी अधिकारका प्राप्तिको आन्दोलनसँगै अधिकार सुनिश्चताको आन्दोलनमा रहेको बताए । उनले भने, ‘राई विद्यार्थी आफ्ना भाषा, धर्म, संस्कार संस्कृतिको संरक्षणमा गर्दे शैक्षिक तथा राजनीतिक अधिकारको निम्ति निरन्तर संर्घष गर्दे आहेको छ । हामी हाम्रो अधिकारी सुनिश्चितका लागि पछिल्लो समय लोकसेवा आयोगले गरेको असमावेशी विज्ञापन विरुद्धमा छौँ ।
राई विद्यार्थीहरू हरेक क्षेत्रमा सृजनशील, जुझारु रहेको सन्देश दिएको बताउँदै सङ्घको आबद्ध भएर काम गर्दाका अनुभवले विश्वविद्यालय शिक्षापछि कर्म क्षेत्रका काम गर्न सहज हुने महासचिव राई बताए ।
किरावि सचिवालय सदस्य शुभमाङसुङ राईले संविधानको समावेशी सिद्धान्त विपरीत रहेको लोकसेवाको विज्ञापनलाई संविधान मर्म र भावना अनुसार आदिवासी जनजाति, महिला, दलित, मधेसी, अपाङ्ग, पिछडिएको क्षेत्र लगायतलाई आरक्षणको व्यवस्था गरी पुन तत्काल विज्ञापन गर्न माग गरे ।
कार्यक्रमका सभापति तथा ईकाइ कार्यसमिति अध्यक्ष शर्मिला राईले पहिलो पल्ट प्रकाशन गर्दा निकै मेहनत गर्नु परेको बताइन् । कार्यक्रम उनले यस पुस्तकलाई आगामी दिनमा पनि विद्यार्थीहरूको सिर्जनालाई समेट्दै निरन्तर प्रकाशित गर्ने बताइन् ।
कार्यक्रममा सङ्घका परिषद् सदस्य युजु खालिङ, पाण्डव राई इलाका कार्यसमितिहरूबाट जुन किरी, सर्मिला राई, ताहाचल अखिल क्रान्तिकारी कोषाध्यक्ष प्रकाश न्यौपानेसँगै राई विद्यर्थाीहरुको उपस्थिति रहेको थियो । भने कार्यक्रम सञ्चालन सचिव उद्धव राईले सञ्चालन गरेका थिए ।