प्रेम गीत-३’ की मुख्य नायिका कृष्टिना गुरुङ कस्ति छिन् ? (फोटोफिचर)

63 Shares

काठमाडौं । प्रेम गीत-३ चलचित्रको मुख्य नायिकाको रुपमा कृष्टिना गुरुङ छानिएकी छिन् । अडिसनमार्फत उक्त चलचित्र समूहले अन्ततः गुरुङलाई मुख्य नायिकाको रुपमा छानेको हो ।


उक्त चलचित्रकै लागि मोडल गुरुङ अमेरिकाबाट अडिसन दिन नेपाल आएकी थिइन् । मुख्य नायिकाको रुपमा अडिसन दिन २ हजार ७ सय १४ जना प्रतिस्पर्धीलाई पछिपार्दै गुरुङले बाजी मारेकी छिन् । चलचित्र निर्माता सन्ताष सेनका अनुसार २ हजार ७ सय १४ जनाबाट उत्कृष्ठ २५ छानिएको थियो । छानिएका २५ मध्ये उत्कृष्ठ ५ र अन्तिममा एक जना उत्कृष्ठलाई छान्दै चलचित्रको मुख्य नायिकाको टुंगो लगाएको हो ।
‘उत्कृष्ठ २५ मा छानिएका धेरैजसो राम्रै हुनुहुन्थ्यो, तर हामीले खोजेजस्तो ‘गीत’ पात्र क्रिष्टनामा पायौँ, त्यसैले उहाँलाई अनुबन्धित गरिएको हो,’ निर्माता सेनले भने । आँशुसेन फिल्मसको व्यानरमा निर्माण हुने चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्ने भएका छन् ।

यो पनि पढ्नुहोस ।

दुनियाँ नै चकित पार्ने ७ सेलिब्रेटीहरुको तस्वीर !

निर्माण समूहले कलाकारहरुमा शिव श्रेष्ठ, सुनील थापा, मनिष राउत, अनुभव रेग्मीलगायतलाई यसअघि नै फाइनल गरिसकेको थियो । अब चलचित्रको मुख्य अभिनेता र अन्य दुई बालकलाकारको छनौट बाँकी रहेको छ । त्यसपछि निर्माण समूहले चलचित्रको औपचारिक घोषणा गर्ने तयारी गरेको छ । ‘प्रेमगीत’को पहिलो र दोश्रो संस्करणमा ‘प्रेम’को भूमिका निभाएका प्रदिप खड्का नै तेश्रो संस्करणमा दोहोरिने पक्का छ । तर, निर्माण समूहले यसलाई औपचारिक रुपमा घोषणा भने गरिसकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार