सुमित पाठकको पहिलो म्युजिक भिडियो सार्वजनिक !

14 Shares

काठमाडौं । गायक सुमित पाठकको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । जी २१ डिजिटल युट्युब च्यानलबाट गायक पाठकको पहिलो म्युजिक भिडियो सार्वजनि गरिएको हो ।


नेपाल आइडलको अडिसन राउण्डमा गोल्डेन माइक विजेता पाठकले दर्शक र स्रोताका लागि पहिलो गीत बजारमा ल्याएका हुन् । गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाको शव्द, संगीतमा पाठकको पहिलो गीत सार्वजनिक गरिएको हो ।
गीतको म्युजिक भिडियोमा सुमित पाठक र शिक्षा संग्रौलाले जीवन्त अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन लोकेश बज्राचार्यले गरेका हुन् । यसअघि सुमितले विभिन्न गीतको कभर सङ्ग मात्र गाइरहेका थिए । यो म्युजिक भिडियोको गीतसँगै सुमिति जी २१ डिजिटल कम्पनमा एक वर्षका लागि अनुबन्धित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार